News

भूकम्पको अनुदानमा बनेका १६ हजार भन्दा बढि घरहरू खाली 

Pinterest LinkedIn Tumblr

काठमाडौं । दोलखामा भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माणका क्रममा बनेका धेरै घरहरू खाली नै रहेको पाइएको छ । शहर बसाइ सर्न थालेपछि जिल्लामा भुकम्पको अनुदानमा बनेका १६  हजारभन्दा बढि घरहरू खाली नै रहेको पाइएको हो ।

२०७८ सालको जनगणना जिल्लामा बनेका ७८ हजार २२९ घरमध्ये ४५ हजार ९५४ घर प्रयोगमा छन् । भने १६ हजार ९१ अर्थात् २० प्रतिशत घर खाली छन् ।

कालिञ्चोक गाउँपालिका-४, घिमिरेटोलका ३६ घरपरिवारमध्ये १४ घरमा मात्र मानिस बस्ने गरेका छन् । बाँकी २२ घरपरिवार अनुदान लिएर गाउँमा घर बनाएर बसोबास चाहिँ काठमाडौँमा गर्दै आएका छन् । 

गाउँमा सडक र विद्युत् पुगेको भए पनि गाउँमा बस्न चाहने मान्छे थोरै छन् । गाउँमा बिरामीलाई औषधी ल्याइदिने र स्वास्थ्य चौकीसम्म लगिदिने मान्छेसम्म छैनन् । सो क्षेत्रका अधिकांशले गाउँबाहिर रहेका छोराको नाममा अनुदान लिएर घर निर्माण गरेका छन् । ती अनुदानमा बनेका अधिकांश  दुईकोठे घरमा ताला लागेको छ ।

भूकम्पपछि जिल्लामा ७४ हजार भूकम्पपीडित लाभग्राही सूचीकृत भएका थिए । जिल्लाभर ६७ हजारले भूकम्पपीडितको घर बनाएर तेस्रो किस्ता लिएको सघन सहरी भवन निर्माण आयोजनाको तथ्याङ्क छ । 

स्थानीय तहले गाउँ गाउँमा सडक, शिक्षा, यातायात, खानेपानीलगायतका पूर्वाधारमा लगानी गरे पनि नागरिक बाहिरिने क्रम नघटेका छैनन् । भूकम्पपछि जिल्लाभर अत्याधुनिक विद्यालयका भवन बने पनि अध्ययन गर्ने विद्यार्थी भने बर्सेनि घट्दो छ । 

भीमेश्वर नगरपालिका–१, पानीपोखरीमा निर्माण भएका रातो जस्तापाताले छाइएका एकनासका देखिने एकीकृत बस्तीका घरमा पनि ताला लागेको छ । ५७ परिवारका लागि निर्माण गरिएको सो बस्तीमा हाल १० परिवार मात्रै बस्ने गरेको छन् । अहिले गाउँमा घर कुर्ने काम ६० वर्ष कटेका वृद्धवृद्धाको बनेको छ । 

स्रोतः गोरखापत्र

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It