Research

ग्रीन ग्रोथः अर्गानिक खानेकुराको भर्चुअल बजार

Pinterest LinkedIn Tumblr

काठमाडौं । खानेकुरा पेट भर्न तथा स्वादका लागि मात्र खाइँदैन । हामीले खाने गरेका खानाले मष्तिष्कको विकास र सोचलाई समेत निर्धारण गर्दछ । बढ्दो शहरीकरण र अस्तव्यस्त जीवनशैलीका कारण सबैको ध्यान भौतिक सेवा सुविधामा आकर्षित भइरहेको छ । यस्तोमा दैनिकीको एक महत्वपूर्ण पाटो अर्थात खानपानमा ध्यान नदिनुले जोकोहीको जीवनमा नकारात्मक असर गर्दछ । व्यस्त जीवनशैली र खानपानमा बढेको लापरबाहीलाई मध्यनजर गर्दै प्रविधिमैत्री सेवा दिइरहेको अनलाइन फुड कम्पनी हो ‘ग्रीन ग्रोथ’ ।

ग्रीन ग्रोथको सुरुवाती दिनः

ग्रीन ग्रोथले स्थापनाकालदेखि नै नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । सन् २०१५ को विनाशकारी भूकम्प पश्चात हरेक बजारमा सङ्कटको घडी सिर्जिएको थियो । सो अवस्थालाई अध्ययन गरी समस्याको हल खोज्न सौरभ ढकाल, दिपिका ज्ञवाली, समिता कपाली र निश्चल पोखरेल मिलेर अनुसन्धानमा लागे । खाना जीवन बचाउने एउटामात्रै आधार हो । तसर्थ यसमा अलि चासो दिनुपर्छ भनेर औपचारिक हिसाबले सङ्गठित भएर यसमा काम गर्न लाग्यौ । त्यसको ६/७ महिना पछि नाकाबन्दी भयो । भारतबाट सामानहरू आउन कम भयो । त्यसपश्चात् सबैलाई अब नेपाली कुराहरू खानुपर्छ भन्ने मनसाय देखिन थाल्यो । त्यसकारण यो उत्तम व्यवसाय हो भनेर औपचारिक रुपमा  ग्रीन ग्रोथ ग्रुप भनेर अलग्गै ग्रुप बनाएर सुरु गरियो ।

patlegau organic food farm

ग्रीन ग्रोथमा आवद्ध हुनु अघि उनीहरू स्टोरी साइकलमा नै आवद्ध थिए । यो स्टोरी साइकल भित्र नै जन्मिएको नयाँ आइडिया हो । अहिले भने अलग्गै कम्पनीको रुपमा काम गरिरहेको ढकालले बताए । जुम्लामा तालिम दिने क्रममा पुगेका सौरभ ढकालमाथि त्यहाँका बासिन्दाले उठाएको प्रश्नले जन्मिएको यो व्यवसायले आज ठूलो बजार ओगटेको छ । कम्पनीमा फुड क्युरेटर ढकाल सहित सामाजिक सञ्जाल र व्यवस्थापनमा समिता, आर्थिक पाटो दीपिका र ग्राहकका घरघरमा सामग्री लैजाने जिम्मा निश्चल सहित अर्का एकले सम्हालेका छन् ।

सुरुमा जुम्लाको सामान सुरु भएको ग्रीन ग्रोथ मा अहिले समग्र पार्टनर फार्महरू गरेर १५/१६ जना काम गरिरहेका छन् । हाल ग्रीन ग्रोथसँग केही पार्टनर फार्महरू छन् । ति फार्महरूमा के के उत्पादन हुन्छ भन्ने जानकारी उत्पादनकर्ताले  स्वयमले अनलाइनमा राख्छन् । सो सामान अनलाइनमा आइसकेपछि अपरेसन टिमले सोसियल मिडियाबाट मार्केटिङ सुरु गर्दछ र ग्राहकहरूको अर्डर आएपछि घर घरमा पुर्याइन्छ । 

उपभोक्ता, उत्पादक, बिक्रेता र बजारमा ग्रीन ग्रोथः

हाल ग्रीन ग्रोथ ले विभिन्न स्थानमा रहेका कृषि फार्मसँगको सहकार्यमा अनलाइनमार्फत तरकारी तथा खाद्यान्न बिक्री गरिरहेको छ । जुम्लाको रातो चामल, मुस्ताङको स्याउ, इलामको चिया अनि सिन्धुलीका ताजा जुनार सुन्तला खान चाहने ग्राहकका लागि त ग्रीन ग्रोथ अवसर नै बनेको छ ।

organic food

सानो प्रयासबाट सुरु भएको ग्रीन ग्रोथ सुरूमा त फलफुलमा मात्र सिमित थियो । यद्यपि पछिल्लो समय अर्गानिक फार्मबाट उत्पादित तरकारी उपभोक्तासम्म पुर्याउने राम्रो प्लेटफर्म साबित भएको छ । त्यतिमात्रै नभएर यसबाट १० जनाले रोजगारीको अवसर पनि पाएका छन् ।

organic food list

जेसुकैका लागि होस्, नेपालको मार्केट व्यवस्थित छैन । यहाँको प्रतिस्पर्धा पनि स्वस्थ छैन । उनीहरूका लागि पनि सुरूका दिनमा यसलाई चुनौति दिनु नै सोचनीय थियो । ढकाल भन्छन्- ‘एउटा अव्यवस्थित मार्केटमा आफुलाई व्यवस्थित लैजानु कम चुनौतीपूर्ण थिएन । तसर्थ सजिलो र कम प्रतिस्पर्धा हुने, अरुको भाग खोस्न नपर्ने हुनाले अनलाइन मार्केट सुरु गरियो ।’ 

ग्रीन ग्रोथले हरेक साता ग्राहकको रोजाइका तरकारी, फलफूल तथा आवश्यक खाद्यान्न डालोमा हालेर घरघरमै पुर्‍याउँदै आएको छ । साप्ताहिक बकेट अनुसार तरकारी खाने र सिजन अनुसार फलफुल खाने गरि हाल औसतमा १५०० ग्राहक छन् । ग्राहकहरूको अर्डर आएपछि मात्र फार्मबाट फलफूल तरकारी ल्याउने गरेको ढकाल बताउँछन् । कम्पनीले ६ महिना/एक वर्ष अघि देखि नै तालिम दिने सर्टिफिकेसन चेकजाँच गरेर मात्र किसानसँग सहकार्य गर्दछ । 

online food delivery

बजारमा लिमिटेड प्रडक्ट हुने बितिकै महँगो हुने भयो । त्यसैले  गर्दा प्रडक्सनमा ध्यान दिनु पर्यो । त्यसका लागि ग्रीन ग्रोथकाे विभिन्न पर्टर फारमहरुमा जैविक रुपमा कसरी सस्टेनेबल फुडको प्रक्टिस गराउने उत्पादन कसरी बढाउने कामहरू भइरहेको छ ।  अर्को तर्फ फुड मात्र अर्गानिक भएर मात्र हुँदैन जिवनशैली नै वातावरण मैत्री हुनुपर्छ भनेर डेकोर क्राफ्टका सामानहरू पनि इन्टरड्युस गरेका छौ । जसले गर्दा अहिले धनिया हब्सहरु धेरैले घरमा नै उत्पादन गर्न सिकाउदै जाँदा हाल यस्ता सामाग्रीको माग नै हुँदैन ।

खानेकुरा आयातको कुरा गर्नपर्दा, साताको तिन दिन हरियो सागसब्जी र खाद्यान्न डेलिभरी गरिन्छ । त्यसमा कोही ग्राहकले साताको तीनै दिन तरकारी मगाउँछन् भने कोहीले फलफूल मात्र । त्यसको हिसाबले अहिले ५०/६० लाखको हाराहारीमा कम्पनीको भ्यालु रहेको ढकाल बताउँछन् । कृषकहरुले सामान पठाइसके पछि ग्रीन ग्रोथले प्याकेजिङमा काम गर्दछ । सगँसगै फुडट्रयाकर र अनलाइन डेलिभरीमा काम  गर्दछ । 

तरकारी फार्मलाई डिजिटल बाटोमा डोहोर्याउँदै ग्रीन ग्रोथः

ढकाल भन्छन्, ‘पछिल्लो समय देखि फुड ट्य्राकर मार्फत् फार्महरुलाई डिजिटल्ली म्यापिङ गर्ने गरेका छौ । जस्तो पातले गाउँमा एउटा फार्म छ । त्यसलाई डिजिटल म्यापमा जोडेर त्यहाँ उत्पादन हुने सबै सामानहरू ट्य्राक गरि त्यसको सम्पुण हार्डभेष्ट चक्र यानिकी फसल चक्र रेकर्ड गरिन्छ । जब तयार भएर आउँछ र उपभोक्ताकोमा जान्छ त्यसमा एउटा क्युआर कोड राखिएको हुन्छ । त्यसलाई स्क्यान गरेर उपभोक्ताले उत्पादन चक्र कहिले फलेको कसको बारीमा फलेको पत्ता लगाउन सक्छन् । त्यसलाई फुड ट्य्राकर भनिन्छ । यो विशेष गरि फलफूलमा सुरु गरिएको छ । सिन्धुलीको जुनार, आँप र स्याउ जस्ता तिनओटा प्रडक्टमा परिक्षण भइसकेको छ भने पाइलोटिङ राम्रो भइरहेको छ ।

organic food

संकटको घडीमा ग्रीन ग्रोथः

भुइँचालो, नाकाबन्दी कोरोना महामारी ग्रीन ग्रोथका लागि अवसर बनेर आएको थियो । प्रायः नेपालीका लागि कहर बनेको त्यो समय ग्रीन ग्रोथका लागि सफलताको बाटो बन्न पुग्यो । बारम्बार आउने यस्ता विपद्ले आम सर्वसाधारणको जनजीवन कष्टकर बनिरहेको छ । अब उपभोक्तामा पनि विस्तारै स्थानीय उत्पादन प्रयोग गर्नुपर्छ भन्ने धारणा बस्न थालेको छ । 

नुन चिनी बाहेक घरको भान्छामा चाहिने सम्पुर्ण सामान ग्रीन ग्रोथमा उपलब्ध छ । घरमा खाना मात्र नभएर सम्पुर्ण जीवनशैली नै वातावरणमैत्री हुनु जरूरी छ । जसका लागि ग्री ग्रोथले डेकोरका सामग्री पनि बजारमा ल्याएको छ । यहाँ माटोका भाडा, बाँसका सामान, घाँसबाट बनेको डालो, चिया छान्ने छन्जा आदि पाइन्छ । 

राम्रो स्वास्थ्यका लागि तुलनात्मक रुपमा महंगो खाद्यसामग्री

भौगोलिक विविधताको कारणले सामान ट्रान्सफर गर्न खर्च धेरै लाग्ने हुनाले अर्गानिक फुड केही हदसम्म महँगो पर्न आउँछ । रसायनको प्रयोग नहुने हुनाले उत्पादनको लागत तुलनात्मक रुपमा बढि पर्न जान्छ ।  प्रविधिको प्रयोग ट्रयाकिङ म्यापिङ गरि ग्राहकलाई विश्वसनियता प्रदान गर्ने हुनाले अझ महँगो पर्छ ।  साथै अर्गानिक सर्ट्टिफिकेसन, गुड एग्रिकल्चर प्राक्टिस, पि जि एस् जस्ता अलग अलग सर्ट्टिफिकेसन प्रोसेसमा जाने ढकाल बताउँछन् ।

organic food orange

उनि थप्छन् “ हाम्रो माथिल्लो मुस्ताङमा एउटा फार्म छ । त्यहाबाट काठमाडौं सामान ल्याउन २ लाख खर्च लाग्छ । त्यसमा पाँच हजार सामान अट्छ । त्यसरी हेर्दा  प्रति केजि २० रूपैयाँ पर्न आउँछ । त्यस्तै सिन्धुली बाट काठमाडौं सामान ल्याउदा प्रति केजि १० रूपैयाँ पर्न जान्छ । त्यसलाई प्याकेजिङ र प्रविधिको प्रयोगगरि डेलिभरी गर्न खर्च लाग्छ । हामीले मुल्य मात्र हेरेर हुँदैन । बजारमा पाइने जस्तो पायो त्यस्तै खानेकुरा खाएर बिरामी परेर लाखौं खर्च गर्नु भन्दा सुरूवात देखी नै विशादी रहित खान सकियो भने सबैलाई फाईदा हुन्छ ।” 

farmer growing organic food

ललितपुरको पाटन, काठमाडौंको ताहाचल कोटेश्वर क्षेत्रमा अर्गानिक फुड राम्रो आपूर्ति हुने गरेको छ । चितवन सिराहा, लहान, सिन्धुली, पोखरा जस्ता साना शहरहरुमा पनि सामान पुग्ने गरेको छ । उपत्यका बाहिर भने कम्पनी आफैले डेलिभरी गर्दैन । पार्टनर फार्महरूद्वारा डेलिभरी  गराइन्छ । 

अर्गानिक फुडका लागि बजार अवस्थाः

काठमाडौंमा जनसंख्या धेरै भएकाले माग धेरै भएको जस्तो देखिन्छ तर उपत्यकामा ठूलो बजारमा सानो मार्केट खोज्नु पर्ने हुन्छ तर साना शहरमा ठूलो मार्केट रहेको छ । जस्तो लालबन्दीमा सानो बजार छ । जहाँ १०० जना ग्राहक छन् भने काठमाडौमा  १००० जना ग्राहक भएको भन्दा फाइदा हुन्छ । एकै ठाउँमा सामान पुर्याउन सकिन्छ । त्यो हिसाबले डाइभर्स गर्न खोजिरहेको संस्थापक बताउँछन् ।

organic food shop 

 हाल अनलाइनमा पहुँच हुने सिमित मानिसहरुको सामान पुग्ने गरेको छ । गुणस्तरीय सामान खाने मानिसहरू छन् तर पहुँचमै खोज्ने हुनाले माग र आपूर्ति मिल्दो नभइसकेको बताउछन् ।

ग्रीन ग्रोथको भावी योजनाः 

कम्पनीले बायो डाइनामिक अर्थात् मुन साइन हेरेर बिरूवा रोप्ने, हुर्काउने, फल टिप्ने टेकनिक अपनाउने योजना बनाएको छ । त्यस्ता फारमहरूलाई पार्टनर  बनाएर काम थालनी गरिसकेको छ । साथै प्रोसेसिङ गरेर यानिकी डेलिभरी गर्नु अघि प्रोसेसिङ सेन्टरमा राखेर सफा गरेर मात्र डेलिभरी गर्ने योजना रहेको संस्थापक ढकालले सुनाए । 

organic food and craft

उनि थप्छन् “नाम ग्रीन ग्रोथ’ भएपनि हामी काम भने स्लो ग्रोथ गर्छौ । प्रकृतिमैत्री दृष्टिकोणमा काम गरेको भएपनि राजश्व कम देखिन्छ । उत्पादनको गुणस्तर, सर्टिफिकेसनमा काम गर्ने हुनाले बजारमा स्टार्टअप भनेर विश्वास जित्न भने मुश्किल नै छ तर हामीले राम्रो गरिरहेका छौं ।

गुणस्तरिय उत्पादन र भेराइटीका सामान उपलब्ध भएकाले ग्राहकहरूले ग्रीन ग्रोथ नै रोज्ने गरेका छन् । पर्यावरणमैत्री जीवनशैलीलाई सहयोग गर्न एउटा घरमा चाहिने स्थानिय सामान पुर्याउन कम्पनी प्रयासरत छ । आगामी दिनमा खानेकुरामा मात्रै सिमित नभई घर तथा अफिसमा उपयोग हुने फर्निचरमा समेत सेवा दिने उनीहरूको सोच छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It