News

एनएमबी बैंकले ११.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने

Pinterest LinkedIn Tumblr

काठमाडौं । एनएमबी बैंकले स्थिर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब चिन्ता छोड्नुहोस्, ढुक्कसँग आफ्नो सपनाको घर रोज्नुहोस्’ योजनासहित स्थिर ब्याजदरमा घर कर्जा योजना ल्याएको हो ।

बैंकले स्थिर ब्याजदरमा ७ वर्षका लागि ११.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने छ । 

बैंककाअनुसार स्थिर ब्याजदरमा कर्जा लिने सेवाग्राही हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनबाट झन्झटमुक्त हुनेछन् । 

स्थिर ब्याजदरमा कर्जा नलिई अन्य तर्फ लिँदा भने बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम तोकी ब्याजदर निर्धारण गर्ने गरेको छ । 

हाल बैंकको आधार दर १०.०८ प्रतिशत रहेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It