Development

१ अर्ब ६८ करोड लागतमा नारायणी नदीमा नयाँ सिग्नेचर पुल बन्दै

Pinterest LinkedIn Tumblr

काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत गैंडाकोट र नारायणगढको बीचमा रहेको नारायणी नदीमा नयाँ मोटरवेल पुल निर्माण हुने भएको छ । पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका छन् ।

signature bridge silanyas

हाल नारायणी नदीमा रहेको पुलदेखि उत्तरतर्फ निर्माण हुने अत्याधुनिक सिग्नेचर पुल आगामी तीन वर्षभित्र निर्माण हुने बताइएको छ ।

४ सय २० मिटर लम्बाइको सो पुलको चौडाइ १२ मिटर हुनेछ । सो चार वटा पिल्लर हुने पुलमा साइकल लेन समेत निर्माण हुनेछ ।

नयाँ पुल हालको भन्दा अग्लो बन्ने पुलको तल्लो भागबाट सानातिना पानी जहाज आवतजावत गर्न मिल्नेगरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी पुलको ठेक्का सम्झौता भएको थियो । सोही कम्पनीले तयार गरेको पुलको डिजाइन महाशाखाले स्वीकृत गरेको हो ।

नयाँ बन्ने पुलको लागत भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा रहेको छ । ठेक्का भएको ४ वर्ष भित्र सक्ने सम्झौता भए पनि एक वर्षको समय बितिसकेको छ ।

ठेकेदारले गरेको डिजाइन अनुसार पुलको २ ठाउँमा टावर राखिनेछन् । पुलमा सवारी हिँड्न ७.५ मिटर छुट्टाइने छ भने बाँकी भागमा फुटपाथ र साइकलसमेत चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।

हाल नारायणी नदीमा २०३८ सालमा बनेको पुलबाट गाडी आउजाउ गर्छन् । हाल सो पुल निकै पुरानो र जीर्ण भएकाले नयाँ आकर्षक पुल बनाउन लागिएको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It