Research

बढ्दैछ घर छोडेर भाडामा बस्ने चलनः आफ्नै घरमा बस्ने परिवार संख्या कति ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । देशभर सहर भनी वर्गीकरण गरिएका नगरपालिका क्षेत्रभित्र १८ प्रतिशत परिवार भाडाका घरमा बसोबास गरिरहेको पाइएको छ ।

जनगणना २०७८ को तथ्यांक अनुसार नगरपालिका क्षेत्रभित्र ८६ प्रतिशत परिवार आफ्नै स्वामित्वका घरमा बसोबास गर्ने गरेका छन् ।

जनगणना २०७८ अनुसार नेपालमा ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवार छन् । जसमध्ये ८६ प्रतिशत परिवार आफ्नै घरमा बस्छन् । १२.८ प्रतिशत परिवार भाडाका घरमा बस्छन् । बाँकी भने सरकारी वा संस्थागत कार्यालय र अन्य प्रकारका आवासीय एकाइमा बसोबास गरेको पाइएको छ ।

सहरमा भने ग्रामीण भेगको तुलनामा धेरै मानिस भाडाको घरमा बसेको तथ्यांकले देखाएको छ । ग्रामीण भेगमा भने अझै पनि ९७ प्रतिशत परिवार आफ्नै स्वामित्वका घरमा बसोबास गर्छन् ।

घरको स्वामित्व नभएका परिवार संख्यामा वृद्धि

तथ्यांक अनुसार नेपालमा घरको स्वामित्व नभएका परिवार संख्या बढ्न थालेको देखिएको छ । २०४८ सालको जनगणना अनुसार नेपालमा ९२.६ प्रतिशत परिवारको आफ्नै घर थियो । ३० वर्षमा आफ्नै स्वामित्वको घरमा बसोबास गर्ने परिवार संख्या ६ प्रतिशतले घटेको छ ।

भौगोलिक क्षेत्र अनुसार पहाडी क्षेत्रमा २० प्रतिशत परिवार भाडाको घरमा बस्छन् । हिमालमा ५ प्रतिशत र तराई क्षेत्रमा ९ प्रतिशत परिवार भाडाको घरमा बस्छन् । 

प्रदेश अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै ३० प्रतिशत परिवार भाडाको घरमा बस्ने गरेको पाइएको छ । भने मधेशमा सबैभन्दा कम २.३ प्रतिशत परिवार भाडाको घरमा बस्ने गरेको पाइएको छ । यसले काठमाडौं उपत्यकाको बढी प्रतिनिधित्व गरेको देखिएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It