Market

घरजग्गालाई व्यवसायिक बनाउन कस्तो निती चाहन्छन् व्यवसायीहरू ?

Pinterest LinkedIn Tumblr

काठमाडौं ।  नेपाल जग्गा तथा आवास विकास महासंघ, शहरी विकास मन्त्रालय र भूमि मन्त्रालयको संयुक्त आयोजनामा दुई दिने नेपाल रियल इस्टेट सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा सरकारका सम्बन्धित मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक र रियल इस्टेट क्षेत्रमा ख्याति प्राप्त अन्तरराष्ट्रिय विज्ञहरू तथा घरजग्गा व्यवसायीहरूलगायत २६० जना सहभागी थिए ।

सम्मेलनमा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले हाउजिङ क्षेत्र समस्या नै समस्यामा रहेको बताए । कुनै पनि आयोजना निर्माणका लागि कम्पनीहरूले ५ वटा निकायबाट स्वीकृत गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । साथै निर्माणपछि सम्पन्नताको प्रमाणपत्र लिन समेत सोही स्थान धाउनुपर्ने अवस्था छ । जसले गर्दा स्वीकृति र सम्पन्नको प्रमाणपत्र लिन मात्रै २/३ वर्ष लाग्ने गरेको उनी बताउँछन् । सो व्यवस्थाले संस्थागत व्यवसायीहरू आजित भएको उनको भनाइ छ ।

Nepal Real Estate Conference

संस्थागत कारोबारमा तोकिएको हदबन्दी सम्बन्धी व्यवस्था र करको दायरका कारण व्यवसायीहरू मर्कामा परेका छन् ।  साथै व्यक्ति मार्फत् गरिने कारोबारमा कम कर लाग्ने हुँदा संस्थागत व्यवसायी प्रभावित भएको उनले बताए । 

हालको व्यवस्थाअनुसार, एउटा भवनको कर तिर्दा कम्पनीले प्रति वर्गफिट ३५ रुपैयाँ र व्यक्तिले १२ रुपैँया मात्र तिर्नुपर्छ । त्यसैगरी सरकारले निर्माणको अवधि तोकेर प्रति वर्गफिटको कर तिर्नुपर्ने व्यवस्था छ । साथै संयुक्त आवासमा पनि पास गर्न चुनौति रहेको भन्दै यो विभेदपूर्ण व्यवस्था हटाइनुपर्ने व्यवसायीहरूको माग छ ।

सरकारको तर्फबाट बोल्दै नेपाल राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले संस्थागत कम्पनीहरूलाई नीति तथा ऐन कानुनको बाधा रहेको स्वीकार गरे । हाल घरजग्गा कारोबार पारदर्शी, व्यवस्थित र मर्यादित हुन नसक्दा समस्या भोग्नुपरेको उनको भनाइ छ ।

Nepal Real Estate Conference

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् संस्थागत कम्पनीहरूलाई उच्च प्राथमिकतामा राखेको पौडेलले बताए । ‘राष्ट्र बैंकले आवासीय र पहिलो आवासको लागि काम गरिरहेको छ । सरकारले दर्ता भएका कम्पनीहरूबाट मात्रै कारोबार होस् भन्ने छ । साथै पारदर्शीमा जोड दिएका छन्,’ उनले भने, ‘घरजग्गा कारोबारमा पारदर्शी नभएकाले राष्ट्र बैंकले डिजिटलमा जोड दिएको छ । जग्गा मूल्याङ्कनमा पनि सरकारको मूल्य र कारोबार मूल्यमा निकै ठूलो खाडल छ । त्यसैले डिजिटलमार्फत् स्पष्ट तथ्याङ्क होस् भन्ने छ ।’

नेपालको अर्थतन्त्रमा घरजग्गा क्षेत्रको ठूलो योगदान रहेको हुँदा यस क्षेत्रलाई बैंकहरूले प्राथमिकतामा राखेको बैंकर्सहरू बताउँछन् । बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी भन्छन्, ‘मानिसहरूमा घरजग्गा कारोबारलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाले परिवर्तन ल्याउनुपर्ने देखिन्छ ।’

Nepal Real Estate Conference

घरजग्गा कारोबारलाई अनुत्पादक क्षेत्रको रूपमा हेरिएकाले यस क्षेत्रमा समस्या देखिएको उनले बताए ।

भूकम्प तथा कोभिडमा समेत घरजग्गा कारोबारमा उछाल आएको भएपनि अहिले सरकारले नै अर्थतन्त्र चलायमान बनाउन अंकुश लगाएकाले समस्या भएको नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेसकुमार अग्रवालको भनाइ छ । 

‘अधिकांश व्यक्तिहरूको जमानतका लागि घरजग्गा धितो राखेका छन्,’ उनले भने, ‘अहिले उक्त धितोमा राखेको घरधनीहरू उच्च समस्यामा छन् ।’

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It