News

नबिल बैंकले गोठाटारमा भएको घरजग्गा बिक्री गर्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ सम्पति ब्रिक्री गर्ने भएको छ ।  बैंकले साविक नेपाल बङ्गलादेश बैंक लिमिटेडको स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्ने भएको हो ।

बैंकले काठमाडौं जिल्ला गोठाटार गाविस वडा नम्बर ८ मा रहेको कित्ता नम्बर ३५२, ३५४ र ३८३ क्षेत्रफल क्रमशः १०९.५८ वर्गमिटर १.६८ वर्गमिटर र २१५.८० वर्गमिटर(घरसमेत) बिक्री गर्नेछ ।

बैंकले आज एक सूचना जारी गर्दै गैर बैकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्न लागिएको जानकारी दिएको हो ।

गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बैंकको सूचनामा उल्लेख छ । 

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनी/संस्थालाई शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आह्वान गरेको छ । सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात माघ ११ गतेसम्म बोलपत्र पेश गरिसक्नु पर्नेछ ।

शर्तबन्देजसहितको बोलपत्र फाराम बैंकको कर्जा असुली विभाग, बिजुली बजार, काठमाडौंबाट कार्यालय समयभित्र खरिद/प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It