News

४ महिनामा १ अर्ब भन्दा बढी सिमेन्ट तथा क्लिंकर निर्यात 

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा नेपालले सवा १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ । भन्सार विभागले बिहीबार प्रकाशन गरेको तथ्यांक अनुसार नेपालबाट १ अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ । 

यस अवधिमा एक अर्ब १३ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने २ करोड ८७ लाख रुपैयाँ बराबरको लाइमस्टोन भारत निर्यात भएको भन्सार विभागले जनाएको छ । 

विभागअनुसार भारत निर्यात भएको  सिमेन्ट र क्लिंकरको परिमाण ८ लाख ६ हजार टन र लाइमस्टोन एक करोड ३ लाख किलो रहेको छ ।

२०७९ साउनदेखि सिमेन्ट निर्यात थालेको नेपालले सुरुवाती आर्थिक वर्षमा ७७ करोड ९३ लाखको सिमेन्ट भारत पठाएको थियो । चालु आर्थिक वर्षको चार महिनामै एक अर्ब १३ करोडको निर्यात गरेको छ । 

कात्तिकमा मात्रै २७ करोड ७७ लाखको सिमेन्ट तथा क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार असोजमा साढे ४३ करोडको सिमेन्ट निर्यात भएको थियो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It