News

फेरि घट्यो घरजग्गा कारोबार, राजश्व संकलनमा वृद्धि

By BabinaJuly 17, 20243 min read
फेरि घट्यो घरजग्गा कारोबार, राजश्व संकलनमा वृद्धि

काठमाडौं । गत महिनामा सुधार देखिएको घरजग्गा कारोबार असारमा पुनः गिरावट देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघदेखि वैशाखसम्म स्थिर रहेको घरजग्गा कारोबार जेठमा ह्वात्तै बढेको थियो । तर, उक्त कारोबार असारमा भने घटेको हो ।

असारमा देशभर ४६ हजार १ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ । जेठमा देशभरका मालपोत कार्यलयबाट  ६१ हजार १ सय ६१ घरजग्गाको लिखत पारित भएको थियो । 

कहाँ, कति भयो किनबेच ?

काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ । कलंकीबाट ८ सय १८ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम टोखा मालपोत कार्यलयबाट १ सय ६४ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, भक्तपुरबाट १२ सय १६ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ । मालपोत कार्यालय लगनखेलबाट ११ सय २९ र मालपोत कार्यालय गोटीखेलबाट १८ वटा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट २ हजार १ लिखत पारित भएको छ भने सबैभन्दा कम मालपोत कार्यालय, सिर्दीवासबाट ४ संख्यामा लिखत पारित भएको छ ।  

राजस्व संकलनको अवस्थाः

कारोबार घटे पनि असारमा राजस्व भने उल्लेख्य वृद्धि भएको देखिन्छ । असारमा सरकारले घरजग्गा कारोबारबाट ४ अर्ब ६१ करोड २५ लाख रूपैयाँ राजस्व प्राप्त गरेको छ । जुन जेठको तुलनामा २८ करोडले बढी हो । गत जेठमा ४ अर्ब ३३ करोड ९२ लाख ९ रुपैयाँ संकलन भएको थियो ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

चैतमा सरकारले सेवाकर बापत देशभरबाट कुल ३० करोड ८ लाख ९ हजार ९ सय ६५ रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब ९५ करोड ५३ लाख १२ हजार ३ सय ४९ रुपैयाँ संकलन गरेको छ । र पुँजीगत लाभकरबाट १ अर्ब ७२ करोड ४७ लाख २ सय ४७ रुपैयाँ संकलन गरेको छ । 

चैतमा उपत्यकाका मालपोत कार्यलयहरूले नै सबैभन्दा बढि राजस्व संकलन गरेका छन् । 

उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र. सं  मालपोत कार्यालय लिखत पारित राजस्व संकलन 
१. मालपोत कार्यालय कलंकी, काठमाडौं ८१८ २५ करोड २ लाख ९१ हजार २ सय ६६
२. मालपोत कार्यालय साँखु, काठमाडौं ५२४ ११ करोड २९ लाख ११ हजार ६ सय ५१ 
३. मालपोत कार्यालय चावहिल, काठमाडौं ५०५ २१ करोड ७७ लाख ३६ हजार ५ सय ४० 
४.  मालपोत कार्यालय मनमैजु, काठमाडौं २६८ ७ करोड ९६ लाख ९६ हजार २९ 
५.  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं २५८ ४० करोड ३१ लाख ९ हजार २ सय ३० 
६.  मालपोत कार्यालय टोखा, काठमाडौं १६४ ५ करोड ९५ लाख ९८ हजार ८ सय २

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

उपत्यका बाहिरको कारोबारको अवस्थाः
क्र. सं  मालपोत कार्यालय लिखत पारित राजस्व संकलन 
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी २००१ १३ करोड २ हजार १ सय ९०
२. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा १८०१ ५ करोड ८१ लाख २६ हजार १ सय ९३ 
३. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १५७९ ९ करोड ४४ लाख ८३ हजार ६ सय २५ 
४.  मालपोत कार्यालय बेलवारी, मोरङ १३८३ ६ करोड १३ लाख १४ हजार २ सय ९१
५.  भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १३०८ २ करोड ८९ लाख १९ हजार ४६ 

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

देशभरबाट सबैभन्दा धेरै राजस्व संकलन भएका मालपोतहरूः
क्र. सं  मालपोत कार्यालय राजस्व संकलन 
१. भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर ५१ करोड ८८ लाख १८ हजार ६ सय ९३ रुपैयाँ
२. भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर ४६ करोड ६० लाख ७७ हजार ४ सय ३९ रुपैयाँ
३. भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं ४० करोड ३१ लाख ९ हजार २ सय ३० रुपैयाँ
४.  मालपोत कार्यालय कलंकी, काठमाडौं २५ करोड २ लाख ९१ हजार २ सय ६६ रुपैयाँ
५.  मालपोत कार्यालय चावहिल, काठमाडौं २१ करोड ७७ लाख ३६ हजार ५ सय ४० रुपैयाँ

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

Ashad real estate revenue collection 2079Monthly transactionreal estate transactionrevenue collection

You May Also Like

More stories from Basobaas