News

उपत्यकामा मेलम्चीको पानी वितरण हुन थाल्यो, बाह्रै महिना पानी वितरण

By BabinaDecember 12, 20222 min read
उपत्यकामा मेलम्चीको पानी वितरण हुन थाल्यो, बाह्रै महिना पानी वितरण

काठमाडौं । आइतबारदेखि काठमाडौं उपत्यकामा पूनः मेलम्ची खानेपानी आपूर्ति सुरु भएको छ । प्राकृतिक प्रकोपको जोखिम न्युनिकरणका लागि विगत ६ महिनाअघि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउने ढोका बन्द गरिएको थियो ।  

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाबाट बन्द गरेको सुरुङमार्ग खुला गरी महाँकालचौर ट्याङ्कीबाट पानी वितरण सुरू गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि उपत्यकावासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाएका छन् ।

पुनः उपत्यकामा मेलम्ची खानेपानीको वितरण सुरु, माग अनुरुपको आपूर्ति अझैहुन सकेन

त्यसैगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले मेलम्ची आयोजनाले केही दिनमै उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिने र हरेक दिन विभिन्न क्षेत्रमा पानी आउने बताए ।

मेलम्ची आयोजनाले गत चैत ११ गते पहिलो पटक मेलम्ची खोलाको पानी काठमाडौंमा वितरण सुरु गरेको थियो ।  तर, सोही वर्ष असारमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले हेडवर्कलाई पूर्णरुपमा क्षति पुर्याएकाले आपूर्ति अवरुद्ध भएको थियो । 

उपत्यकामा खानेपानीको माग र वितरणको अवस्थाः

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानी माग भएपनि हाल आपूर्ति १२ करोड लिटरको हाराहारीमा छ । मेलम्ची आयोजनाबाट १७ करोड लिटर पानी थपिँदा समेत उपत्यकामा खानेपानीको माग पूरा गर्न हम्मेहम्मे देखिन्छ ।

उपत्यकामा विभिन्न वितरण केन्द्रबाट काठमाडौं उपत्यका लिमिटेडले विस्तार गरेको पुरानो पाइपलाइनबाट चौबिसै घण्टा आलोपालो पानी वितरण हुनेछ । काठमाडौंका लागि काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिकाको कार्यक्षेत्रबाट वितरण हुन्छ । 

पुनः उपत्यकामा मेलम्ची खानेपानीको वितरण सुरु, माग अनुरुपको आपूर्ति अझैहुन सकेन

त्यसैगरी ललितपुरबाट ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका बाट वितरण गरिन्छ । भक्तपुरको सन्दर्भमा भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी भण्डारण गरि वितरण हुने जनाइएको छ ।

विभिन्न पानी ट्यांकी र खानेपानी वितरणको मात्राः
  • महांकाल पानी ट्यांकीबाट ८५ लाख लिटर, 
  • ललितपुर खुमलटारको नयाँ ट्यांकीबाट १ करोड ९० लाख लिटर, 
  • बालाजु पुरानो ट्यांकीबाट ३६ लाख, 
  • कीर्तिपुर नयाँ पोखरी ६० लाख, 
  • टिगानी मध्यपुर थिमीको नयाँ ट्यांकीबाट ३० लाख, 
  • कटुन्जे भक्तपुरको नयाँ ट्यांकीबाट ६० लाख, 
  • बाँसबारी महाराजगन्ज पुरानो ट्यांकीबाट २० लाख, 
  • पानीपोखरी महाराजगन्ज नयाँ ट्यांकीबाट ४५ लाख, 
  • मीनभवन पुरानो ट्यांकीबाट ३० लाख लिटर र 
  • अनामनगर पुरानो ट्यांकीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।

पुनः उपत्यकामा मेलम्ची खानेपानीको वितरण सुरु, माग अनुरुपको आपूर्ति अझैहुन सकेन

वर्षायाममा मेलम्ची खानेपानीमा बेलाबेला अवरुद्ध हुने गरेको छ । सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजना पहिरो र बाढीको उच्च जोखिम क्षेत्रमा छ । एसियाली विकास बैंकले तयार पारेको प्रतिवेदनअनुसार आयोजनाको  पुनर्निर्माण गर्नुपर्ने  मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । साथै प्रतिवेदनले मेलम्चीबाट काठमाडौं उपत्यकामा पानीको नियमित आपूर्ति सुनिश्चित गर्न स्थायी समाधानमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

Demand of waterDrinking water in the valleyMelamchi river at Sindhupalchok districtmelamchi water supply

You May Also Like

More stories from Basobaas