Research

यी हुन् घरजग्गामा प्रयोग हुने २१ भूमि शब्दावलीहरूः

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरजग्गाको क्षेत्र लगभग सबैले जानेको विषय जस्तो लाग्छ । यद्यपि यस क्षेत्रमा प्रयोग हुने औपचारिक शब्दावलीहरू अन्यौलपूर्ण हुन्छन् । जटिल शब्दावलीको प्रयोगले सेवाग्राही र सेव प्रदायकबीच असमझदारीता निम्त्याउन पनि सक्छ । त्यसैले घरजग्गा क्षेत्रमा प्रयोग हुने गरेका जटिल शब्दलाई आजको लेखमा सरलीकरण गरिएको छः

थैलीः घरजग्गा किन्दा अथवा बेच्दा मालपोतमा खुलाउने कारोबार रकम नै थैलि रकम हो ।  

फिल्डबुकः जग्गाको नापीका लागि प्रयोगमा ल्याइएको किताबलाई फिल्डबुक भनिन्छ । 

सँधियारः आफ्नो घर-जग्गाको साँधमा घर-जग्गा भएको वा सिमाना जोडिएको व्यक्ति तथा छिमेकी सँधियार हुन् । 

अधोभूमिः घरको भुइँतला, छिडीभन्दा मुनितिरको कोठा–चोटा, तल्लो भुइँ, होचो जमिनलाई अधोभूमि भनिन्छ । 

अपुतालीः छोरा छोरी वा सन्तान नभएका व्यक्तिको जायजेथा सम्पत्तिको उपभोग गर्ने निकटतम व्यक्ति वा उत्तराधिकारी नहुने व्यक्तिको सम्पतिलाई अपुताली भनिन्छ । मृतकको ऋण धन वा सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानून बमोजिम हकवालामा सर्ने कार्यलाई कानूनले अपुताली अर्थ्याएको छ ।

अबण्डाः सगोलमा रहेको पारिवारिक सम्पत्तिलाई अंशियारहरूबीच भागवण्डा लगाउने प्रक्रियालाई अंशबण्डा भनिन्छ ।

अबादः बाँझो जग्गामा खनजोत र खेतीकिसानी गर्ने तथा नयाँ बस्ती बसाउने काम । 

अष्टलोहः बाचुञ्जेल पालन पोषण गर्ने र मरे पछि बाँकी रहेको सबै चलअचल सम्पत्ति खान पाउने गरी दिइएको लिखत ।

खर्कः गाईवस्तुको गोठ राख्न र चराउन राखिएको बाँझो रैकर जग्गा । 

तरेलीः भिरालो जमिन ।

दशगजा क्षेत्रः दुई देशबीचको सीमारेखाबाट दुवैतर्फ १०/१०गज चौडा खाली छाडिएको जमिनको भाग । अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार यस्तो दशगजा क्षेत्र कुनै पनि देशको स्वामित्व रहेको मानिँदैन ।

दायः अंशियारहरूमा बाँडिने वा भागबन्डा हुने पैतृक सम्पत्ति । 

दायादः कुनै व्यक्तिको मृत्युपछि उसका सम्पत्तिको पहिलो हकदार ।  

दायादाः मृतकको सम्पत्तिको पहिलो हकदार स्त्री ।  

नक्सा ट्रेसः  सक्कल नक्सालाई पारदर्शी कागजमा उतार ट्रेस गरी तयार गरिएको दोस्रो प्रति । 

नापी खेस्राः नापीको समयमा स्थलगतरूपमा तयार गरिने नक्सा । 

नालिसः  कुनै व्यक्ति वा संस्थाद्वारा आफुमाथि अन्याय भएको लागेमा उचित दण्ड– सजाय वा क्षतिपूर्तिका निम्ति अदालत वा सम्बन्धित अधिकारीसमक्ष गर्ने रीतपूर्वकको उजुरी, फिराद, इजहार, नालेस । 

पर्ती जग्गाः बाँझो, खेतीपातीमा चल्ती नभएको जग्गा ।

पोतः जग्गाधनीले सरकारलाई तिर्नुपर्ने कर, जग्गाको कर, तिरो, कुत । 

रैकर जग्गाः साविकदेखि लगत र भोगको आधारमा तोकिए बमोजिमको तिरो राज्यलाई बुझाउँदै आएको जग्गा । 

लम्बरी जग्गाः दर्ता भएको जग्गा, नम्बरी जग्गा, रैकर जग्गा । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It