News

आफ्नो स्वामित्वमा भएका विभिन्न २० जिल्लाका जग्गा बेच्दै एन आइसी एसिया बैंक

Pinterest LinkedIn Tumblr

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका जग्गा बिक्री गर्ने भएको छ । गत बिहिबार विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशित गर्दै बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानका गैरबैंकिङ जग्गा बिक्री गर्ने जनाएको हो । 

बैंकले विभिन्न देशभरबाट ७२ स्थानको जग्गा बिक्रीका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर–बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ ।

खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाले विभिन्न शर्तहरुको अधिनमा रही सूचना प्रकाशित भएको मितिदेखि १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ । 

१. काठमाडौं  
  • काठमाडौं महानगरपालिका ६ 
  • काठमाडौंको चन्द्रागिरी ५
२. ललितपुर 
  • ललितपुर महानगरपालिका १३ मा रहेको जग्गा र सो जग्गामा बनेको घर ।
३. चितवन 
  • भरतपुर महानगरपालिका १८, 
  • साविक पञ्चकन्या गाविस ८ मा रहेको घरजग्गा,
४. मोरङ
  • मोरङको रतुवामाई नगरपालिका, 
  • विराटनगर महानगरपालिका १६, 
  • विराटनगर उपमहानगरपालिका २१ 
  • सुनवर्षी नगरपालिका ५ 
  • साविक कटहरी गाविस ३ मा रहेको जग्गा ।
५. सुनसरी
  • इनरुवा नगरपालिका २ 
  • दुहवी नगरपालिका ९ मा रहेको घरजग्गा ।
६. पाँचथर 
  • पाँचथरको फिदिम नगरपालिका ४,
७.धनकुटा
  •  धनकुटा नगरपालिका ३, 
  • धनकुटा नगरपालिका ५,
  • साविक निगाले गाउँ विकास समिति गाविस ८ मा रहको जग्गा ।
८.कास्की
  • पोखरा महानगरपालिकामा रहेको घरजग्गा ।
९. रुपन्देही
  • बुटवल उपमहानगरपालिका ११ मा रहेको घरजग्गा ।
१०.दाङ
  •  घोराही उपमहानगरपालिका १२, 
११.नवलपरासी
  • बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका ४,
  • बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका ९, 
१२.बारा
  • कलैया नगरपालिका ७ र 
  • उत्तर झिटकैया गाविस १ का विभिन्न स्थानमा रहेका जग्गा
१३. पर्सा 
  • पर्साको धोविनी गाउँपालिका ४ का विभिन्न स्थानमा रहेका घरजग्गा, 
  • पोखरिया नगरपालिका ४
  • वीरगञ्ज महानगरपालिका १२ 
  • वीरगञ्ज महानगरपालिका १३, 
१४. मकवानपुर
  • हेटौंडा उपमहानगरपालिका १७ 
१५. रौतहट
  • चन्द्रपुर नगरपालिका १०, 
  • बृन्दावन नगरपालिका ६, 
  • गरुडा नगरपालिका ६,
  •  गरुडा नगरपालिका ५ 
  • फतुवा विजयपुर नगरपालिका १० का विभिन्न स्थानमा रहेको जग्गा र उक्त जग्गामा बनेका घर ।
१६. मुगु
  • साविक श्रीनगर गाविस ४, 
  •  श्रीनगर गाविस ५, 
  •  श्रीनगर गाविस ६,  
  •  श्रीनगर गाविस ७,
  • साविक कार्कीवाडा गाविस ३ 
  • कार्कीवाडा गाविस ४ मा रहको जग्गा ।
१७. कालिकोट
  • खाँडाचक्र नगरपालिका ६ मा रहेको घरजग्गा ।
१८. जुम्ला
  • साविक महतगाऊँ गाविस ३, 
१९. सुर्खेत 
  • विरेन्द्रनगर नगरपालिका २, 
  • विरेन्द्रनगर नगरपालिका३, 
  • विरेन्द्रनगर नगरपालिका ६ र 
  • विरेन्द्रनगर नगरपालिका १० मा रहेको घरजग्गा।
२०. बर्दिया
  • बर्दियाको बढैयाताल गाउँपालिका ८ का विभिन्न स्थानमा रहेको घरजग्गा ।

बैंकले यति ठूलो घरजग्गा बिक्री गरेपछि बैंकको नाफा बढ्ने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा नम्बर वान बनेको यस बैंकले यस पटक यी सबै घरजग्गा बिक्री गरेपछि झन नाफा उच्च रुपमा वृद्धि हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It