News

दुई पटक जग्गा किनबेच हुँदापनि जग्गाधनी बेखबर

Pinterest LinkedIn Tumblr

काठमाडौं । वीरगञ्जमा जग्गाधनीलाई थाहै नदिइ दुई पटक जग्गा किनबेच भएको पाइएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा पर्ने साबिक नगवा बि को कित्ता नम्बर ३४०२ को ७ धुर ८ कनवा जग्गा जालसाजी गरी किनबेच भएको हो ।

जग्गा नापजाँचका क्रममा छिमेकीले थाहा पाई सम्पर्क गरेपछि जालसाजी गरी जग्गा किनबेच भएको खबर बाहिरिएको हो । 

जालसाजी भएको थाहापाएपछि मङ्गलबार नै महतो दम्पत्ती जिल्ला मालपोत कार्यालय पुगेका थिए । 

उक्त जग्गा २०६६ साल मङ्सिर २३ गते राजेन्द्र महतोले श्रीमती उर्मिलाको नाममा नामसारी गराएका थिए । त्यसपछि उनीहरू मालपोत नै गएका छैनन् । तर उनीहरूको जग्गा जिल्ला मालपोत कार्यालय पर्साबाट दुई पटक सम्म नामसारी भएको छ । 

सो जग्गा प्रथम पटक उक्त जग्गा मालपोत कार्यालय पर्साबाट २०७५ असोज ५ गते वीरगन्ज १५ निवासी सुमित्रा देवीको नाममा नामसारी भएको छ । त्यसैगरी २०७५ फागुन २९ गते पुनः बारा जिल्ला मोतिसर १ निवासी सुशीला देवीको नाममा नामसारी भएको मालपोत कार्यालयको जग्गाधनी दर्ता स्रेस्तामा देखिएको छ । 

जिल्ला मालपोत कार्यालय पर्साले भने जग्गाधनी बिना जग्गा किनबेच र नामसारी केही पनि हुन नसक्ने भन्दै ती स्रेस्ताको कागजात लिएर कार्यलय आउन आग्रह गरेको छ । यता जग्गाधनी भने आफ्नो जग्गा फिर्ता आउने हो कि होइन भन्नेमा चिन्तामा छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It