Featured

काठमाडौंका मुख्य व्यापारिक क्षेत्रका जग्गाहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । छोटो समयमै उच्च प्रतिफलका लागि घरजग्गामा लगानी गर्ने प्रवृत्ति बढ्दो छ । जग्गामा लगानी गर्दा अरू व्यवसायमा जस्तो हत्तपत्त घाटा बेहोर्नु पर्ने अवस्था आउँदैन । आवश्यकता परेको खण्डमा आफैं घर बनाएर बस्दा या बेच्दा पनि उच्च प्रतिफल लिन सकिने जग्गा भए त झनै सुनमा सुगन्ध हुन्छ । यसैबीच एस.के. भेन्चरले उपत्यकाका मुख्य व्यवसायिक क्षेत्रमा जग्गा बिक्री गरिरहेको छ ।

सिनामंगलस्थित प्लटिङमा रहेका व्यवसायिक तथा आवासीय जग्गा बिक्रीमाः

https://basobaas.com/property/land-for-sale-in-sinamangal-12619

काठमाडौंका मुख्य व्यापारिक क्षेत्रका जग्गाहरू बिक्रीमा

सिनामंगल प्लटिङमा व्यवसायिक तथा आवासीय दुवै प्रयोजनका लागि उपयुक्त हुने जग्गाहरू बिक्रीमा छन् । भीमसेनगोला सिनामंगलस्थित प्लटिङमा ३ देखि ५ आनाका जम्मा ८ वटा प्लटहरू छन् । पुरानो बानेश्वर चोकबाट १ किलोमिटरको दूरीमा रहेको प्लटिङसँग २६ फिट फराकिलो सडकको जोडिएको छ । प्लटिङ भित्र १३ फिटको सडक व्यवस्था रहेको छ । सो सडकसँग जोडिएका ८ प्लट मध्ये ५ प्लट बिक्री भइसकेका छन् भने अब ४ आना २ पैसादेखि ५ आना २ पैसाका तीनवटा प्लट बिक्री हुन बाँकी छन् । जसको मूल्य प्रतिआना ७५ देखि ८५ लाख रुपैयाँ तोकिएको छ । 

बुढानीलकण्ठ, देउवा चोक नजिकै ८ आना जग्गा बिक्रीमाः

https://basobaas.com/property/land-for-sale-in-budhanilkantha-12621

काठमाडौंका मुख्य व्यापारिक क्षेत्रका जग्गाहरू बिक्रीमा

बुढानीलकण्ठ देउवा चोक नजिकै ८ आना जग्गा बिक्रीमा रहेको छ । बुढानीलकण्ठ मन्दिरबाट ५०० मिटरको दूरीमा रहेको जग्गा २६ फीट फराकिलो कालोपत्रे सडकसँग जोडिएको छ । भने जग्गामा प्रवेशको लागि १३ फीटको सडकको पहुँच रहेको छ । शान्त र रमणीय वातावरणमा रहेको उत्तरी मोहडाको जग्गाको मूल्य प्रतिआना ६८ लाख रुपैयाँ तोकिएको छ । 

गोल्फुटार प्लटिङमा घडेरी बिक्रीमाः

https://basobaas.com/property/land-for-sale-in-golfutar-12877

काठमाडौंका मुख्य व्यापारिक क्षेत्रका जग्गाहरू बिक्रीमा

गोल्फुटार प्लटिङमा आवासीय प्रयोजनका लागि उपयुक्त १६ प्लट घडेरी छन् । काठमाडौंको गोल्फुटारस्थित प्लटिङका घडेरीहरू ३ आना देखि ५ आनासम्मका छन् । जसमध्ये १५ प्लट बिक्री भइसकेका छन् भने अब ४ आना क्षेत्रफलको १ प्लट मात्र बिक्री हुन बाँकी छ । हेम्स हस्पिटलबाट डेढ किलोमिटरको दूरीमा रहेको प्लटिङमा १३ फीटको सडकको पहुँच रहेको छ । उत्तरी मोहडा भएको उक्त जग्गाको मूल्य प्रतिआना ६० लाख रुपैयाँ तोकिएको छ । 

 

चप्पल कारखानास्थित प्लटिङको जग्गा बिक्रीमाः

https://basobaas.com/property/land-for-sale-in-chappal-karkhana-12623

काठमाडौंका मुख्य व्यापारिक क्षेत्रका जग्गाहरू बिक्रीमा

चक्रपथ, चप्पल कारखानास्थित प्लटिङमा आवासीय प्रयोजनका लागि उपयुक्त एक प्लट जग्गा बिक्रीमा रहेको छ । रिङरोडबाट १ किलोमिटरको दूरीमा रहेको प्लटिङका जम्मा  १४ प्लटमध्ये १३ प्लट बिक्री भइसकेका छन् । बिक्री हुन बाँकी प्लटसँग १३ फीट फराकिलो सडकको पहुँच छ । पूर्वी मोहडा भएको जग्गाको मूल्य प्रतिआना  ५० लाख रुपैयाँ तोकिएको छ । 

एस.के. भेन्चरका जग्गा तथा बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । अथवा, ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गरेर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It