Development

सरकारले चासो नदेखाएपछि निजी क्षेत्रले निर्माण गरेको सुरूङमार्ग

Pinterest LinkedIn Tumblr

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित सुरूङमार्गमा सवारीसाधन चल्न थालेका छन् । तिन महिना अघि खुलेको सुरुङमा ट्याक्टर, बोलेरो र मालवाहक सवारीसाधन चल्न थालेका हुन् । 

नासा हाइड्रोपावर कम्पनीले निर्माण प्रस्ताव गरेको लप्ची खोला जलविद्युत् आयोजनाले यो सुरुङमार्ग निर्माण गरेको हो । नासाले लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणको तयारी गरेको छ । 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका दायाँतर्फको कठिन भीरमाबाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्गको प्रस्ताव गरिएको थियो । तर सरकारले आर्थिक लाभ नहुने भनि निर्माणमा चासो नदेखाएपछि निजी क्षेत्रले नै सुरूङमार्ग निर्माण सुरू गरेको थियो । 

हाल सुरुङमार्गको मुखबाट पाँच सय मिटर टाढासम्म यातायात सञ्चालन हुन सक्ने अवस्था बनेको छ । उक्त सुरुङमार्गको लम्बाइ ११ सय मिटर रहेको छ । उचाइ छ मिटर र गोलाई सात मिटर छ । 

सरकारले चासो नदेखाएपछि निजी क्षेत्रले निर्माण गरेको सुरूङमार्ग
सरकारले चासो नदेखाएपछि निजी क्षेत्रले निर्माण गरेको लामाबगर सुरूङमार्ग

माथिल्लो भेगका अत्यन्तै कठिन भिर, सानो देउराली, अँधेरी खोला र हुरहुरे नजिक सडकको ट्र्याक खोल्ने काम जारी रहेको जनाइएको छ ।

लामाबगरबाट २० किलोमिटर उत्तरमा आयोजनाको हेडजक्रस रहेको छ । हेडवक्र्ससम्म पुग्न पहुँच मार्गका रूपमा यही सुरुङ मार्ग आवश्यक भएकाले स्वदेशी जनशक्ति र सिपबाटै सुरुङ मार्ग निर्माण गरेको हो । 

लामाबगरको सुरुमा कठिन भिर भएकाले हेलिकोप्टरमार्फत एक्साभेटर र तेल लुम्नाङ र थाम्चेम्बुमा पु-याएर हेडवक्र्स र आयोजनास्थलमा १२ किलोमिटर सडक ट्र्याक खोलिएको छ । 

सुरूङमार्ग सञ्चालनमा आएपछि लुम्नाङ र लप्ची दोलखाका हिमालपारिका गाउँका स्थानियमा खुसी छाएको छ । अब लप्चीसम्म पनि सडक पुग्ला भन्ने स्थानीयमा आशा पलाएको छ ।  

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It