News

काठमाडौंका प्रमुख व्यापारिक केन्द्रमा जग्गाको भाउ के-कति छ ?

Pinterest LinkedIn Tumblr

काठमाडौँ । पछिल्लो समय हरेक क्षेत्रमा आधुनिकिकरण बढ्दै गइरहेको छ । यद्यपि मान्छेहरूमा शहरमोह भने घटेको छैन । देशका विभिन्न स्थानमा शहर विस्तार हुने क्रम त बढेको छ नै तर अझैपनि देशको राजधानीमा थोरै भएपनि जग्गा र एउटा घरको रहर मानिसमा छ । खाली जग्गाहरू भरिँदै गएका छन् । काठमाडौं उपत्यकामा बचेका केहि जग्गाहरूको भाउ समेत छोइनसक्नु बढेको छ । देशको राजधानीका प्रमुख व्यापारिक केन्द्रको रुपमा चिनिएका नयाँ सडक, दरबारमार्ग, बानेश्वर, कलङ्की, चावहिल लगायतका स्थानमा जग्गा भेटिनै मुस्किल छ । 

जग्गाको मूल्य सरकारी मूल्यांकनमा कम देखिएपनि वास्तविक खरिद बिक्रीको मूल्य बढि भएको पाइन्छ । तर सरकारले प्रत्येक बर्ष जग्गाको न्यूनतम मूल्यांकन गरेर दररेट कायम गर्ने गरेको छ ।

काठमाडौँ उपत्यकाभित्र नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये, छ वटा मालपोत कार्यालय त काठमाडौँ जिल्लामा नै छन् । तीमध्ये सहरी क्षेत्र भित्र कार्यक्षेत्र रहेको मालपोतमा डिल्लीबजार मालपोत कायालय पर्छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै हरेक मालपोत कार्यालयले आ-आफ्नो कार्यक्षेत्रभित्रका जग्गाको न्यूनतम मूल्याङ्कनसम्बन्धी विवरण सार्वजनिक गर्छन् । सोही अनुरुप भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले चालु आर्थिक वर्षका लागि मुख्य सहरी क्षेत्र भित्रका जग्गाको न्यूनतम मूल्याङ्कनको विवरण सार्वजनिक गरेको छ । 

मालपोत ऐन, २०३४ अनुसार डिल्लीबजारको कार्यक्षेत्रमा रजिष्ट्रेशन हुने लिखतमा थैली अङ्क कायम गर्ने प्रयोजनका लागि जग्गाको न्यूनतम मूल्याङ्कन समितिले न्यूनतम मूल्याङ्कन गरेको हो । बजारमा सरकारी निकायबाट भएको मूल्याङ्कन भन्दा कारोबार दशौँ गुणा बढीमा हुने गरेको छ । 

सहरी क्षेत्रभित्र सबैभन्दा महँगो जग्गा भने नयाँ सडक, ठमेल, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क, जमल लगायतका क्षेत्रको जग्गा रहेको छ । 

मालपोत कार्यालयले तय गरेको मूल्याङ्कनअनुसार हनुमानढोका पूर्व नयाँ सडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशम्सेर सालिक हुँदै इन्द्रचोकसम्म नयाँ सडक पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पीश्चम पुरानो नगरपालिका भवन चोकसम्म, नयाँ सडक खिचापोखरी, धरहरासम्मको मूल सडकमा जोडिएका जग्गाको प्रतिआना मूल्याङ्कन मात्रै रु ६६ लाख बराबर तोकिएको छ । 

यस्तै केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गा, हनुमानढोका जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल, राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्वविश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटो जोडिएका महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मूल सडकको दायाँबायाँ क्षेत्रका जग्गाको सरकारी मूल्यांकन पनि प्रतिआना रु ६६ लाख बराबर नै तोकिएको छ । 

माइतीघर–सिंहदरबार पश्चिम गेट–पुतलीसडक कृष्ण पाउरोटी हात्तिसार, जयनेपाल कान्तिपथ, जमल दरबारमार्ग र घण्टाभरदेखि कमलादीमोड सम्मका मूलसडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना रु ६६ लाख रहने गरी प्रस्तावित गरिएको छ ।

जमल रानीपोखरी, वीर अस्पताल, नेपाल वायु सेवा निगम गोश्वारा हुलाक त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना रु ६६ लाख नै न्यूनतम मूल्याङ्कन तोकिएको छ । 

रत्नपार्क पुरानो बसपार्क सहिदगेट हुँदै सुनधारा चोकसम्म, सिंहदरबार पीश्चमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोमा जोडिएका जग्गाको दायाँबायाँ पनि प्रतिआना रु ६६ लाख नै न्यूनतम मूल्याङ्कन हुने गरी निर्धारण गरिएको छ । 

चःमती जग्गा एकीकरण आयोजनाको मूल सडकसँग जोडिएका जग्गाको नयूनतम मूल्याङ्कन प्रतिआना रु २८ लाख ६० हजार, नयाँ बजार नगरविकास आयोजनाका जग्गाको प्रतिआना रु २६ लाख ४० हजार बराबर तोकिएको छ । 

रविभवन क्षेत्रमा 

कार्यालयले वडा १३ अन्तर्गत विष्णुमति खोला पुलदेखी रविभवन वडा न १४ सीमासम्म र  कालिमाटी चोकदेखी बल्खुसम्म जग्गाको मूल्यांकन प्रति आना ३३ लाख रुपैयाँ पुगेको छ । 

टेकु कालिमाटी मूल सडकको विष्णुमती पुलदेखी उत्तरतर्फको सिमानासम्म २१ लाख रहेकोमा ४ लाख रुपैयाँ वृद्धि भइ प्रतिआना २५ लाख पुर्याइएको छ । कालीमाटी टंकेश्वर परोपकार विद्यालयको विष्णुमती पुल पश्चिम हुँदै शिक्षा क्याम्पस ताहाचाल चोकबाट सितापाइला रिङरोडसम्म प्रति आना सरकारी मूल्यांकन २१ लाख रुपैयाँ पुगेको छ ।

सोल्टीमोडदेखि छिन्नतला पुस्तकलयसम्म र वाफलदेखी स्युचाटारसम्म १८ पुगेको छ । गाइबाच्छापाटी चोकबाट पश्चिम चक्रपथसम्म आनाको १८ लाख बनाइएको छ । 

कंलकी क्षेत्र 

सोल्टीमोड नगर-१३ को सिमानादेखि कंलकी चोक र बल्खु चोकसम्म ३३ लाख बनाइएको छ । कलंकीचोकदेखी त्रिभुवन राजपथ साविकको तीनथाना गाविसको सिमानासम्म १९ लाख बनाइएको छ । यस्तै रिङरोड खसीबजार बल्खु खोला पुलदेखी कुलेश्वर विश्वविद्यालय पथसम्म आनाकै १७ लाख बनाइएको छ। 

बल्खु चोकदेखी कीर्तिपुर नगरपालिकाको गेटसम्म आनाको १८ लाख पुर्याइएको छ । कलंकी चोकदेखी वडा नं १४ को सिमाना खुडकुले सम्म पक्की सडकमा १७ लाख र कच्ची सडकमा १५ लाख पुर्याइएको छ । 

चन्द्रगिरी नगरपालिकाले त्रिभुवन राजपथ छोएको दायाँबायाँ ३ लाख रुपैंया वृद्धि गरिएको छ ।मालपोत कार्यालयका अनुसार पक्की र कच्ची सडकमा १ लाख ५० हजार वृद्धि गरिएको छ। वडा ११, १२, १४ नैकाप/सतुङगलमा ५० हजारदेखी ३ लाख सम्म वृद्धि गरिएको छ । 

यस्तै वडा नं ३,४ थानकोट क्षेत्रमा त्रिभुवन राजपथले छोएको दायाँबायाँ ३ लाख वृद्धि गरी प्रति आना १५ लाख बनाइएको छ । थानकोट कच्ची र बाटो नभएको ठाउँमा ५० हजार वृद्धि गरिएको छ। वडा २ वाडभन्ञ्याङ त्रिभुवन राजपथले छोएको जग्गा प्रतिआना २ लाख वृद्धि गरी १० लाख बनाइएको छ। यस्तै ध्याम्पेडोल वाडभञ्याङ सडकमा २ लाख ५० हजार वृद्धि गरी प्रति आना ६ लाख पुर्याइएको छ। यस्तै कच्ची/गोरेटो बाटोमा ५० हजार बढाइएको छ । 

वडा नम्बर१३ र १ नैकाप पुरानो भञ्ज्याङ/दहचोकमा ५० देखी १ लाख रुपैयाँ वृद्धि गरिएको छ । वडा नं ८ मातातीर्थमा पक्की सडकमा १ लाख ५० हजार वृद्धि गरी प्रति आना ५ लाख बनाइएको छ। कच्ची सडकमा १ लाख र गोरेटोमा ५० हजार वृद्धि गरिएको छ । यस्तै वडा ९ मच्छेगाँउमा बाटो नभएको जग्गामा २५ हजार वृद्धि बाहेक अन्यमा यथावत राखिएको छ । 

सीतापाइला क्षेत्र 

सीतापाइला चोकदेखी छाउनी वडा नं १३ को सीमासम्म आनाको २० लाख बनाइएको छ । भगवान पाँउदेखी भगवती विष्णुमती लिंक रोड पुलदेखी डल्लु पुलसम्म पक्की सडकमा आनाको १९ लाख बनाइएको छ । 

डल्लु आवास स्यम्भू चोकदेखी विरेन्द्र मार्ग १० किलोमिटरसम्म, भगवान पाँउबाट डल्लु पुलसम्म, भगवान पाँउबाट बनस्थली निस्कने सिद्धिचरण मार्ग र परिक्रमा मार्ग स्वयम्भूको पक्की बाटोमा आनाको १८ लाख बनाइएको छ । 

यसैगरी चमती आवास क्षेत्रका लागि मात्र ८ देखी ११ मिटर चौडा पक्की सडकमा प्रति आना १८ लाख बनाइएको छ । यस्तै ४ देखी ८ मिटरसम्मको पक्की सडकमा  प्रति आना १६ लाख पुर्याइएको छ । भने  चार मिटरको चौडा बाटो भएको घडेरीलाई १३ लाख बनाइएको छ । 

नागार्जुन नगरपालिकाका वडा नं ९, १० मा पक्की सडक, कच्ची सडक र गोरेटो बाटो रहेको जग्गामा ५० हजार वृद्धि गरिएको छ । 

यस्तै वडा नम्बर ४ र ५ सितापाइला क्षेत्रमा पक्की सडकमा २ लाख, कच्ची/गोरेटोमा १ लाख र बाटो नभएको स्थानमा पनि ५० हजार वृद्धि गरिएको छ । वडा नं ६, ७ डाडापौवा/रामकोट क्षेत्रमा पक्की सडकमा १ लाख कच्ची/गोरेटोमा पर्ने जग्गामा ५० वृद्धि गरिएको छ। वडा नं ८ भिमढुङगा, सीतापाइला भीमढुङगा धादिङ जाने मुल सडकसम्म १ लाख वृद्धि गरिएको छ । 

भीमढुङगा बसपार्कदेखी भीमसेनस्थान जाने ढलान बाटोमा १ लाख ५० हजार वृद्धि गरिएको छ । यस्तै पक्की/कच्ची/गोरेटो बाटोमा १/१ लाख वृद्धि गरिएको छ । 

यसैगरी वडा नम्बर १,२,३ बालाजु क्षेत्र सानो भर्याङदेखि तीनघरे, ठूलो भर्याङ नामगेल, ढुङगेधारा देखी बुद्धचोकसम्म सम्म २ लाख वृद्धि गरिएको छ। वडा नं ४,५,६,७,८ र ९ को पक्की सडकमा २ लाख, कच्ची र गोरेटो बाटोमा पर्ने जग्गामा प्रति आना १ लाख वृद्धि गरिएको छ । 

दक्षिणकाली नगरपालिका

यो नगरपालिकाको चल्नाखेल दक्षिणकाली मूल सडकले छोएको, पक्की, कच्ची बाटोमा रहेको जग्गा आनाको ५० हजार रुपैयाँ वृद्धि गरिएको छ। यस्तै छैमले क्षेत्रमा ५० देखी १ लाख सम्म जग्गाको मूल्यांकन वृद्धि गरिएको छ । नगरपालिकाको टल्कुडेचौर,फर्पिङ भिमसेनस्थान, सोखेल र शेषनारायण क्षेत्रमा ५० देखी १ लाख रुपैयाँ वृद्धि गरिएको छ । 

जग्गाको मूल्याङकन मालपोत नियमावली २०३६ को नियम ५(ख)को उपनियम ४ बमोजिम जग्गासँग बाटो जोडिPको नजोडिएको र सोको प्रकार, जग्गा प्रयोजनको अवस्था, जग्गाको वस्तुगत अवस्थिती र चालू आर्थिक वर्षमा कारोबार भएको सोही क्षेत्रको खरिद विक्री मूल्यलाई आधार मानिन्छ ।

बुढानिलकण्ठ 

बुढानिलकण्ठ नगरपालिका वडा नं.६ र ७ नारायणथान जाने पिच सडकसंग जोडिएको जग्गाको न्युनतम मुल्याङ्कन प्रति वर्गमिटर ५५ हजार रहेको छ ।  सहायक पिच सडकका जग्गाहरू प्रति वर्गमिटर ३४ हजार रहेको छ । कच्ची गोरेटो बाटो भएका जग्गाहरू प्रति वर्गमिटर २४ हजार ५ सय रहेको छ । त्यस्तै गोरेटो बाटो भएका जग्गाहरू १२ हजार र बाटो नभएका जग्गाहरू प्रति वर्गमिटर ६ हजार ५ सय रहेको छ ।  

चाबहिल क्षेत्र

चाबहिल चोकदेखि पासाङ ल्हामू चोकसम्म, पासाङ ल्हामू चोकदेखि साविकको जोरपाटी गाविस सिमानाको मूल सडकसँग जोडिएका जग्गाहरुको न्युनतम मूल्यांकन प्रतिआना ४४ लाख रुपैयाँ यथावत राखिएको छ । बौद्ध स्तुपा तिनचुली रामहिटी हुदैँ जोरपाटी गा वि स तर्फको मूल सडकसगँ जोडिएका जग्गाहरू २६ लाख ४० हजार रहेको छ । 

मालपोत कार्यलयले सार्वजनिक गरेको मुल्यदरमा तपाईको धारणा के रहेको छ हामीलाई कमेन्ट गरेर जानकारी गराउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It