Lifestyle

किन झुण्ड्याइन्छ पसल र गाडीमा कागती र खोर्सानीको माला ?

Pinterest LinkedIn Tumblr

काठमाडौंसामान्यतया घर, अफिस, पसल तथा सवारीसाधनमा कागती र खोर्सानी झुन्ड्याउँने गरिन्छ । यसरी कागती र खोर्सानी झुन्ड्याउँदा नकारात्मक ऊर्जाको प्रभाव कम हुने जनविश्वास छ । वास्तुशास्त्र, धार्मिक मान्यता तथा वैज्ञानिक पक्षबाट पनि यसको महत्वबारे चर्चा गरिएको छ ।

वास्तुशास्त्रः

वास्तुशास्त्रले वास्तु सम्बन्धी दोषहरू हटाउन घर तथा अफिस र सवारीसाधनमा कागती र खोर्सानी झुन्ड्याउन सुझाएको छ । कागती र खोर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउछन् । घरमा कागतीको बोट मात्र हुँदा पनि वातावरण स्वस्थ रहने र सोचमा पनि सकारात्मक प्रभाव पार्ने वास्तुशास्त्रमा उल्लेख छ । यसले भविष्यमा हुनसक्ने दुर्घटना टार्ने पनि विश्वास छ ।

Lemon-And-Chillies-Hanging

कागतीको अमिलो गुण र खोर्सानीको तिखो पिरो गुण हुने भएकाले यसलाई नराम्रो नजरबाट बचाउने सबैभन्दा प्रभावकारी उपाय मानिन्छ । यसरी कागती र खोर्सानी झुन्ड्याउँदा बाहिरी मानिसको नजरमा कागती र खुर्सानीमा परेमा उसको एकाग्रता खल्बलिने र धेरै समयसम्म घर वा पसल हेर्न सक्दैन । जसकारण घर वा पसलमा नराम्रो नजर लाग्दैन भन्ने विश्वास छ ।

वैज्ञानिक पक्षः

कागती र खोर्सानीमा एन्टिअक्सिडेन्ट र एन्टी ब्याक्टेरियल गुण हुन्छ । यसलाई घरको ढोकामा झुन्ड्याउँदा हावामा रहेको ब्याक्टेरिया र भाइरस कम हुन्छ । यसरी झुन्ड्याउनु धागोमा कागतीको रस फैलन्छ र सुगन्ध दिन्छ । त्यसको गन्धका कारण झिंगा र कीरा घरभित्र पस्न पाउँदैनन् । यसले वरपरको वातावरणलाई पनि शुद्ध बनाउँछ । घर र पसल बाहिर कागती र खोर्सानी झुन्ड्याउँदा यसको कडा गन्धका कारण किरा र कीटाणु भित्र पस्न पाउँदैनन् ।

धार्मिक मान्यता

Lemon-And-Chillies-Hanging

धार्मिक मान्यताअनुसार समुन्द्र मन्थनका बेला विभिन्न रत्नहरू सहित महालक्ष्मी र जेष्ठा नाम गरेकी देवी पनि प्रकट भएकी थिइन् । महालक्ष्मी सौभाग्यको प्रतीक थिइन भने जेष्ठा दुर्भाग्यको प्रतीक थिइन् । जेष्ठालाई अमिलो र पिरो मनपर्थ्यो । यसो हुँदा यसरी घरको मुख्य द्वारमा कागती र खोर्सानी झुन्ड्याउँदा सोही खाएर फर्किने भएकाले घरमा दुर्भाग्य प्रवेश नगर्ने विश्वास छ । 

कागती र खोर्सानीलाई घरभित्र एकसाथ राखिएमा घरमा जेष्ठा देवी प्रवेश गर्छिन् । र तीनै देवीको प्रभावले घरमा कलह, गरिबी प्रवेश गर्ने विश्वास छ । त्यसैले घरभित्र कागती र खोर्सानीलाई एउटै टोकरीमा वा एकै ठाउँमा राख्नुहुँदैन भनिएको छ । यसले सम्बन्धमा तिक्तता र तितोपना आउँछ । त्यसैले यसलाई सँधै छुट्टाछुट्टै झोलामा राख्नुपर्ने मान्यता छ । 

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It