Property

विशेष छुटसहित ग्राण्डी टावरका अपार्टमेन्ट बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । टोखास्थित ग्राण्डी टावरका अपार्टमेन्ट खरिदमा विशेष छुट दिइने भएको छ । बसोबास प्रपर्टी इभेन्ट अन्तर्गत सिमीत समयका लागि अपार्टमेन्ट खरिदमा सेवाग्राहीले २० लाख देखि २ करोडसम्म छुट पाउने भएका हुन् । 

घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउन उद्देश्यले आयोजना हुन लागेको प्रपर्टी इभेन्टमा ग्रान्डी टावरका सुविधासम्पन्न अपार्टमेन्टहरू समावेश छन् । 

३० रोपनी जग्गामा फैलिएको ११ वटा टावरमा जम्मा ३८६ युनिट अपार्टमेन्ट छन् । जसमध्ये हाल ७० युनिट लग्जरियस अपार्टमेन्ट बिक्रीमा रहेका छन् । 1BHK, 2BHK र 3BHK का यी अपार्टमेन्टहरू केही सेमि फर्निस्ड र केही पुरै फर्निस्ड छन् । इभेन्टमा सहभागी भइ घर बुकिङ गर्ने ग्राहकहरूले मात्रै छुट दावी गर्न पाउनेछन् ।  

ग्राण्डी टावर नै किन?

सिई कन्स्ट्रक्सनले निर्माण गरेको ग्रान्डी टावरका हरेक अपार्टमेन्ट विलासी र आरामदायी जीवनयापन लक्षित छन् । शान्त वातावरण र विभिन्न सेवासुविधाको पहुँचका कारण यी अपार्टमेन्ट किन्नु फाइदाजनक छ, जस्तो किः

उपयुक्त स्थान र शान्त वातावरण

रिङरोड-टोखा कोरिडोर विकास परियोजना नजिकै रहेको यो टावरमा आधुनिक जीवनशैली सुहाउँदो सेवासुविधा उपलब्ध छन् । शान्त वातावरण यहाँको मुख्य विशेषता हो । 

गुणस्तरीय निर्माण सामग्रीको प्रयोग 

आकर्षक सेवासुविधासहितको यस अपार्टमेन्टमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको छ । जसले गर्दा टावरलाई भुकम्प प्रतिरोधात्मक पनि बनाएको छ ।

यातायात तथा पार्किङ 

रिङरोडबाट २ किलोमिटरको दूरीमा अवस्थित ग्रान्डी टावर उपत्यकाभित्र तथा बाहिरका ठाउँहरूमा यात्राका लागि पनि पायक पर्ने स्थानमा छ । हरेक युनिटका लागि एउटा कार पार्किङ छुट्याइएको छ, भने विशेष अवसरमा हुने पार्किङको समस्यालाई मध्यनजर गर्दै थप पार्किङ स्पेसको समेत व्यवस्था गरिएको छ । 

अन्य सुविधा

ग्रान्डी टावरका हरेक अपार्टमेन्टमा तातो/चिसो पानीका लागि सोलार, लिफ्ट, जेनरेटर सहितको बिजुली ब्याकअप, इन्टरनेट जस्ता सुविधाहरू छन् । खेलकुदका लागि टेनिस कोर्ट, ब्याडमिन्टन कोर्ट, स्विमिङ पुलको समेत व्यवस्था रहेको छ । परिवार, साथीभाइ, इष्टमित्र र छरछिमेकीसँग गफ गर्दै खाजा तथा खानाको मज्जा लिन अपार्टमेन्टमै रेस्टुरेन्टको व्यवस्था गरिएको छ । विशेष छलफल तथा कार्यक्रमका लागि टावरमा कम्युनिटी हलको समेत व्यवस्था गरिएको  छ ।

इभेन्ट र विशेष छुट जारी भएका प्रपर्टीको बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्
Pin It