Lifestyle

साउथ अफ्रिकाको प्रसिद्ध पेरि पेरि चिकेनको स्वाद अब चावहिलमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यकामा राम्रो इन्टेरियर डिजाइन भएको रेष्टुरेन्टहरू खोजीमा दरबारमार्ग, झम्सिखेल जस्ता ठाउँहरूमा नै पुग्नुपर्ने हुन्छ । सोहीकुरालाई मध्यनजर गर्दै फरक स्वादका लागि चावहिलको गणेशस्थान नजिकै भरत प्लाजामा ‘फ्रय्राङ्गो’ रेस्टुरेन्ट सञ्चालनमा छ । 

साउथ अफ्रिकाको प्रसिद्ध ‘पेरि पेरि चिकेन’ स्वादिष्ट परिकारहरूको स्वाद चखाउने उद्देश्यले विपिन खड्काले सञ्चालनमा ल्याएका हुन् ।

एल सेपको स्पेसलाई डिजाइन गर्न केही जटिलता देखिएपनि रेस्टुरेन्टको साँघुरो भागलाई प्राइभेट सिटिङको रुपमा व्यवस्था गरि रेस्टुरेन्टलाई व्यवस्थित बनाइएको देखिन्छ । झट्ट हेर्दा मौरीको घार जस्तै देखिने हेग्जागन सेपमा निर्मित फ्य्राङ्गोले जो कोहीलाई पनि आकर्षण गर्छ । 

frango

 ‘सेमि डाइनिङ इनफर्मल रेस्टुरेन्ट’ को रूपमा डिजाइन गरिएको फय्राङ्गो लाइभ म्युजिकका साथ उत्कृष्ट स्वादका लागि प्रसिद्ध छ । जुन पारिवारिक जमघटका साथै अफिस मिटिङका लागि समेत उपयुक्त देखिन्छ । ग्राहकको सहजताका साथै ‘फास्ट फुड’ को अनुभव गराउन रेस्टुरेन्टमा टिभी डिस्प्लेको समेत व्यवस्था गरिएको छ । जहाँबाट ग्राहकले रेस्टुरेन्टमा उपलब्ध चिकेनका परिकारहरूको जानकारी लिन सक्छन् । 

रेस्टुरेन्टको स्पेसल मेनु आइटमले नामलाई सुहाउँदो बनाएको छ । गाढा खैरो रङ, डार्क वुड र लग्जरियस सिटिङ थिमले रेस्टुरेन्टलाई थप आकर्षक बनाएको छ । 

हिजोआज प्रायः रेष्टुरेन्टमा आल्मुनियम, रड जस्ता सामाग्रीको बढि प्रयोग भएको पाइन्छ । तर फ्य्राङ्गोलाई प्रकृतिमैत्री बनाउन काठबाट निर्मित सामाग्रीहरूको प्रयोगमा जोड दिइएको छ । 

frango

रेस्टुरेन्टका भित्ताहरूमा विभिन्न आकृति चित्रित ‘म्युरल वाल आर्ट’ को प्रयोग त सामान्य नै भइसक्यो । तर फ्य्राङ्गोको अवधारणालाई मुरल आर्ट र फोटो फ्रेमहरूको माध्यमबाट प्रस्तुत गर्न खोजिएको छ । 

वालहरूको खालीपनमा थप सौन्दर्य प्रदान गर्न भर्टिकल सेटअपमा इनडोर प्लान्टलाई सजाइएको छ । काठको प्रयोग गरि कसैको भनाइ वा उद्धरणहरूको प्रयोग गरिएको छ । यसले ग्राहकलाई रेस्टुरेन्टको नामअनुसारकै अनुभुति दिलाउन खोजेको जस्तो देखिन्छ ।  

ग्राहकलाई पोजेटिभ भाइब्स दिन डिजाइन र रङहरूको प्रयोग गर्दा समेत वास्तुशास्त्रलाई विशेष ध्यान दिएको देखिन्छ । रेस्टुरेन्टमा विशेषत गाढा रङ्गहरूको प्रयोग गरिएको छ । वास्तुशास्त्रमा होटल वा रेस्टुरेन्टमा सुन्तला, रातो र पहेँलो कलरहरू प्रयोग गर्न सुझाव दिइएको छ । सोही मान्यतालाई आत्मसाथ गर्दै फ्य्राङ्गोमा सुन्तला, रातो र पहेँलो रङ्गहरूको संयोजन देख्न सकिन्छ । यी रङ्गहरूले आनन्दको अनुभूती प्रदान गर्नुका साथै खानाको रूचि जगाउँछ । त्यस्तै, रेस्टुरेन्टको भित्ताहरूमा जस्तै लोगोमा पनि सुन्तला रङ्गको प्रयोग भएको छ । 

frango

त्यसैगरी, फ्लोरिङमा समेत वास्तुशास्त्रको मान्यता अवलम्बन गरिएको छ । रेस्टुरेन्टको फ्लोरमा रातो र खैरो किसिमको टायलको प्रयोग गरिएको छ । वास्तुशास्त्रमा दक्षिण पुर्व दिशालाई अग्निसँग सम्बन्धित मानिन्छ । उत्तर दिशा पानीसँग सम्बन्धित मानिन्छ । यी दुई विजातीय तत्त्वको बीचमा संघर्ष रहन्छ । सोहीअनुरूप वास्तुसँग तालमेल मिलाउन दक्षिण पूर्वमा रातो र उत्तर पूर्वतर्फ खैरो किसिमको टायल प्रयोग गर्न सुझाव दिन्छ । 

प्रकाशले खानाको स्वाद मात्र नभई भावनात्मक वातावरण सिर्जना गर्छ भनेझैँ फ्य्राङ्गोमा पनि लाइटलाई निकै रचनात्मक तवरले स्थापित गरिएको छ । जसका लागि सिलिङमा षट्कोण जस्तै देखिने हेग्जागन सेपमा एलइडी लाइटलाई फिट गरिएको छ । पिल्लरहरूको खालीपन मेट्न पिल्लर कभरजस्तै लुकमा लाइटको प्रयोग गरिएको छ । यसले गर्दा रातको समयमा थप आकर्षण प्रदान गर्दछ । 

यदि तपाईं पनि अफ्रिकन पेरिपेरि चिकेनको मजा लिन चाहनु हुन्छ भने चावहिलको फ्य्राङ्गो भिजिट गर्न सक्नुहुन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It