News

घरजग्गा बजार व्यवस्थापनका लागि वृहत छलफल हुँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । यही असोज २५ गते बसोबास डटकमले ‘रियल स्टेट डिस्कसन’ कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा घरजग्गा कारोबारसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरिनेछ ।

बिहिबार बेलुका साढे ४ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा नेपाल रियल इस्टेट अर्गनाइजेसन (एनरियो) को पनि प्रतिनिधित्व रहनेछ । कार्यक्रम शङ्खमुलस्थित ‘ए वान’ क्याफेमा हुनेछ । 

कार्यक्रममा हालको घरजग्गा बजारको ट्रेन्ड, अवस्था र बजारलाई कसरी थप व्यवस्थित बनाएर अघि बढ्न सकिन्छ भन्नेबारे वृहत छलफल हुनेछ । 

छलफल कार्यक्रममा घरजग्गा क्षेत्रमा आवद्ध ५० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It