Lifestyle

जाडोमा दही कसरी खाने ? यी हुन् जान्नैपर्ने उपायहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । दही एक स्वस्थ र प्रोबायोटिक पदार्थ हो जसमा उच्च मात्रामा प्रोटिन, भिटामिन र खनिज कम कार्बोहाइड्रेट हुन्छ । जसलाई विशुद्ध दही तथा अन्य खानेकुरामा स्वाद बढाउने पदार्थका रुपमा पनि प्रयोग गरिन्छ । यद्यपि चिसो लाग्ने डरले जाडो महिनामा दूधजन्य खानेकुरालाई कम प्राथमिकता दिइन्छ ।

तर, के साँच्चै जाडोमा दही खानु जोखिमपूर्ण हुन्छ ? जाडोयाममा दहीको उपयोग कसरी गर्ने ? यसबारे जानकारी आजको लेखमाः

जाडोमा दही खान हुन्छ ?

विज्ञानअनुसार, जाडोयाममा दही मज्जाले खान मिल्छ । चिकित्सकहरू पनि जाडो महिनामा देखिने विभिन्न समस्याबाट प्रतिरक्षा गर्ने हुँदा दही खान सुझाव दिन्छन् । दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बी १२, पोटासियम, म्याग्नेसियमका साथै धेरै एन्टिब्याक्टेरियल गुणहरू हुन्छन् ।

दही जाडोमा उपभोग गर्न उपयुक्त खाना वा मिठाई/डेजर्ट हो । यसमा हुने प्रोबायोटिक र भिटामिनहरूले कुनैपनि मौसममा शरीरको प्रतिरक्षा प्रणाली सुधार गर्न मद्दत गर्दछ । यद्यपि श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूले बेलुका ५ बजेपछि दही खानु हुँदैन ।

आयुर्वेदले के भन्छ ?

आयुर्वेदका अनुसार, जाडोमा दहीबाट बच्नुपर्दछ, किनकि यसले तपाईंको ग्रन्थीबाट स्राव बढाउँछ, जसले म्यूकस स्रावलाई पनि बढाउँछ । दहीले दम, साइनस वा रुघाखोकी जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूलाई गाह्रो बनाउन सक्छ । तसर्थ, आयुर्वेदले जाडोमा र विशेष गरी रातको समयमा दहीबाट बच्न सल्लाह दिन्छ ।

यदि तपाईं जाडोमा निर्धक्क भएर दही खान चाहनुहुन्छ भने तलका उपायहरू काम लाग्न सक्छन्ः

दालचिनीको धुलोमा मिलाएर खानेः दालचिनीमा एन्टिफङ्गल, एन्टिभाइरल, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । यसले चिसोका कारण लाग्ने रोगबाट जोगाउन मद्दत गर्छ । जाडोमा दालचिनीको धुलो दहीमा मिसाएर खाँदा फाइदा हुन्छ ।

अलैँचीको धुलोमा मिलाएर खानेः अलैँचीले शरीरलाई तताउँछ । यसको सेवन गर्नाले पेट सम्बन्धी रोगहरू जस्तै वान्ता, अपच, पेट दुख्ने समस्याहरू हट्छन् । जाडोमा अलैँचीको धुलो दहीमा मिसाएर खाँदा शरीरलाई फाइदा गर्छ ।

ल्वाङको धुलोमा मिलाएर खानेः ल्वाङमा एन्टिअक्सिडेन्ट हुन्छ जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले हड्डी, दाँत र नङ बलियो हुन्छ । जाडोमा दहीमा ल्वाङको धुलो हालेर खान सकिन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It