Market

देउवापुत्र जयवीरको नाममा भएको ७३ रोपनी जग्गा गैरकानुनी भएको आशंका

Pinterest LinkedIn Tumblr

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सांसद् आरजु राणा देउवाका छोरा जयवीर सिंहले पछिल्लो ५ वर्षमा ७३ रोपनी जग्गा खरिद गरेका छन् । २०७४ देखि २०७८ को अवधीमा जयवीरको नाममा उक्त जग्गा पास गरिएको पाइएको हो ।

काठमाडौंको चपली, बर्दियाको ढोढरी र कास्कीको ढिकुरपोखरी लगायतका विभिन्न स्थानका जग्गामा उनको स्वामित्व रहको छ । चलनचल्तीको बजार मूल्यअनुसार ती जग्गाको अनुमानित मूल्य एक अर्ब भन्दा बढी हुन आउँछ । तर यो अवधिमा जयवीरको आम्दानी खुल्ने कुनै सम्पत्तिको स्रोत नभेटिएपछि यो विषय विवादित बनेको हो ।

कहाँ–कहाँ कति जग्गा जोडियो ?

जयवीरको एकलौटी हक लाग्नेगरी २०७४ चैत १४ गते काठमाडौंको चपलीमा झण्डै दुई रोपनी जग्गा खरिद भएको पाइएको छ । व्यवसायिक तथा बसोबासको उक्त क्षेत्रमा कित्ता नं २२, ३८६, ३९९ र ४७९ रहेको जग्गा जयवीरको नाममा खरिद गरिएको छ । ती जग्गाको कुल क्षेत्रफल ९६६ वर्गमिटर रहेको छ । हालको बजार मूल्यअनुसार सो जग्गालाई न्युनतम १२ करोड रुपैयाँ छ ।

त्यस्तै, २०७७ देखि २०७८ सम्म खरिद भएका अधिकांश जग्गा कास्कीको ढिकुरपोखरीको छ । २०७७ देखि ०७८ सम्म जयविरको नाममा ढिकुरपोखरीको कित्ता नंबर १९१८, १९१९, १९२०, १९२१, १९१८, १९२०, १९२१, १९१९, २२, ३८६, ३९९, ४७९ का २२ रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा नामसारी भएका छन् ।

एक वर्षको अवधीमा खरिद गरिएका यी सबै जग्गा स्थानीय देवका अधिकारीको नामबाट जयवीरको नाममा नामसारी गरिएका हुन् ।

त्यसैगरी, जयवीरको नाममा ९ महिनाको अवधिमा पोखराको २२ रोपनी जग्गा खरिद गरिएको छ । बर्दियामा पनि सोही समयावधीभित्र जग्गा खरिद भएको पाइएको छ । जयवीरकै नाममा २०७५ सालमा बर्दियामा २५ हजार ८४ वर्ग मिटर क्षेत्रफलको जग्गा खरिद गरिएको छ । कित्ता नं २०८ र ३११ रहेका ती जग्गा एकैदिन किनिएको हो ।

कोरोना महामारीपछि नेपाल फर्किएका छोरा जयवीरका यसअघि बेलायतमा बस्दै आएका थिए । नेपाल फर्किएको छोटो समयमै उनको नाममा यत्तिका सम्पत्ति जोडिएको हो । यद्यपि उनले बेलायत बसेर पनि यत्तिका घडेरी जोड्ने गरी उल्लेख्य काम गरेको पाइदैन । 

जयवीरले ४ बर्षमा अर्बौंको जग्गा खरिद गरिरहँदा त्यसको स्रोत के हो भन्नेबारे देउवा र आरजु दुवै मौन छन् । सम्पत्ति विवरण पेश गर्ने कानूनअनुसार आफ्नो, श्रीमती, बाबुआमा र छोरा छोरीको नाममा रहेको प्रत्येक सम्पत्ति र त्यो सम्पत्ति खरिद गर्दाको आयस्रोत स्पष्ट देखाउनुपर्छ । तर देउवा दम्पत्तिले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा छोराको नाममा खरिद भएको यी जग्गाको विवरण कतै उल्लेख भएको छैन । स्रोत नखुलेका यी जग्गा गैरकानुनी र भ्रष्टाचारबाट प्राप्त भएको आशंका गरिएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It