News

फिर्केखोलाको सीमाङ्कन सकियो, एक सय ४७ वटा घर खोलामाथि

Pinterest LinkedIn Tumblr

काठमाडौं । पोखरा बजारको मध्य भाग भएर बग्ने फिर्के खोला सीमाङ्कनको काम सकिएको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले सुरु गरेको सीमाङ्कनको काम भदौ ३ गते सम्पन्न भएको हो । 

पोखरा–१७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सीमाङ्कन अधेँरीकुनामा दुईवटा खोल्सी जोडिएको ठाउँभन्दा माथिसम्म पुगेर सकिएको छ । 

सीमाङ्कनका क्रममा खोला मानवीय अतिक्रमण भएको पाइएको छ । खोला अतिक्रमण  २५ वटा सामाजिक संघ संस्थाका भवन, ८७ कच्ची र ३५ व्यक्तिगत पक्की घर निर्माण भएको पाइएको छ । 

सीमाङ्कन भएको क्षेत्रमा पाँच सय ८४ पिल्लर तथा दुई सय ३९ चिह्न खोलाको दायाँबायाँ गाडिएको छ । एक सय ४७ भवन मापदण्ड बाहिर निर्माण गरिएको महानगरपालिकाले जनाएको छ । 

बर्सादको समयमा फिर्के खोलामा सीमाको चिह्न लगाउनै गाह्रो भएकाले थप वास्तविक सीमाङ्कनका लागि डिजिपिएस (सेटलाइट) प्रविधि राम्रो हुने महानगरले जनाएको छ । हाल टेपबाट नाप जाँच गरिएको हुँदा सही डाटा प्राप्त गर्न डिजिपिएस प्रविधिले मापन गर्ने बारेमा छलफल गर्ने महानगरले जनाएको छ । 

महानगरले पहिलो चरणमा खोला भागको यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, सम्वर्द्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु गर्नेछ । 

फिर्के खोलामाथि निर्माण गरिएका अतिक्रमित संरचना हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने छ । महानगरले यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहित फुट ट्रयाक निर्माण गर्नेछ । अतिक्रमित संरचना हटाइसकेपछि मात्र पर्यटन विकास परियोजना लागू हुनेछ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It