News

नागरिकको शान्ति सुरक्षाका लागि २ करोडको जग्गा दान

Pinterest LinkedIn Tumblr

काठमाडौं । बाराको महागढीमाई नगरपालिका-७ का वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहले जग्गा दान गरेका छन् । उनले प्रहरी चौकी वडा कार्यालय र मुसहर समुदायको धर्मशाला निर्माण गर्नका लागि २ करोड मूल्य बराबरको जग्गा दान गरेका छन् । 

सिंहले दान गरेको २ कठ्ठा ३ धुर जग्गामा निर्माण हुने संरचनाले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, वडा कार्यालयबाट सहज र सुलभ रूपमा सेवा प्रवाह गर्न र विपन्न वर्गको पहुँचमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

समाजसेवामा निरन्तर समर्पित वडाका  दातृ निकायको सहयोगमा अध्यक्ष सिंहले गाउँ समाजमा मात्र नभई अन्य ठाँउमा समेत दीनदुःखीलाई सहयोग गर्दै आएका छन् । 

गाउँसमाजको विकासलाई पनि विशेष प्राथमिकता दिने उनले सिचाइका लागि डिप  बोरिङ्ग, स्वच्छ सफा खानेपानीको लागि पानी ट्याङ्की निर्माण, प्रहरी चौकीमा रंगरोगन, झ्यालढोका निर्माणमा सहयोग गरेका थिए । 

वडालाई नमुना वडाको रूपमा विकास गर्ने लक्ष्यअनुरूप मुसहर समुदायका लागि तेलकुवामा दलित धर्मशाला निर्माण, अधुरो बाटो निर्माण, कार्यालयमा इन्टरनेट सेवा जोड्ने लगायतका काम अगाडि बढाएका थिए । 

शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी त्यही अनुरूप सेवा प्रदान गर्ने उद्देश्यका साथ वडा अध्यक्ष सिंह अगाडि बढिरहेका छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It