News

सीजी अब कृषिमा पनि, व्यवसायिक खोर्सानी खेती सुरु

Pinterest LinkedIn Tumblr

काठमाडौं । चौधरी ग्रुप अन्तरगत सीजी एग्रोले व्यवसायिक कृषि सुरु गरेको छ । मंगलबार विनोद चौधरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमातर्फत् सीजी एग्रोले पाल्पामा ५०० रोपनीमा अकबरे खोर्सानी खेती गर्ने पहिलो व्यावसायिक उद्यम सुरु गरेको जानकारी दिएका हुन् ।

पाल्पाको अकबरे खोर्सानी खेती अवलोकन गरेको तस्बिर सार्वजनिक गर्दै चौधरीले प्राकृतिक कृषि अपनाउनु पृथ्वी माताको सेवा गर्नु जस्तै भएको बताएका छन् ।

उनी लेख्छन्, ‘प्राकृतिक कृषि अपनाउनु भनेको माटोको गुणस्तर र उत्पादकत्व जोगाएर पृथ्वी माताको सेवा गर्नु जस्तै हो । सीजी एग्रोले पाल्पामा ५०० रोपनीमा अकबरे खोर्सानी खेती गर्ने पहिलो व्यावसायिक उद्यम सुरु गरेको छ । यसले दिगो कृषि अभ्यासहरूलाई बढावा दिनेछ र खेतलाई बजारसँग जोड्नेछ ।’

सीजी अब कृषिमा पनि, व्यवसायिक खुर्सानी खेती सुरु

कम्पनीले चौधरी ग्रुपको पिरो चाउचाउमा चाहिने खोर्सानी आफैं उत्पादन गर्न अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु गरेको हो । पाल्पामा उत्पादित खोर्सानी केही कम्पनीले आफ्नै उद्योगमा खपत गर्छ भने बाँकी बजारमा बिक्री गर्ने उद्देश्य कम्पनीको छ ।

सीजी एग्रोले यसअघि युरिया मलको कारोबार गर्दै आएको थियो । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It