News

९ महिनामा ४२ करोडको सिमेन्ट तथा क्लिङ्कर निर्यात

By BabinaApril 23, 20231 min read
९ महिनामा ४२ करोडको सिमेन्ट तथा क्लिङ्कर निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट ४२ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको छ । नेपालले साउनदेखि चैत मसान्तसम्म २३ करोड रुपैयाँ बराबरको क्लिङ्कर र १८ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको हो । 

चैतमा मात्र १२ करोड बराबरको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको चैतसम्म सिमेन्ट तथा क्लिंकर निर्यातको अवस्थाः

क्र.सं चालु आ.व. को महिना (सम्म) कारोबार (रूपैयाँमा ) परिमाण (टनमा)
१. साउन  ४९ लाख २९ हजार  ३३,१५७ 
२. भदौ  ८९ लाख ६० हजार ४२,२१२ 
३. असोज  २ करोड १५ लाख ७९ हजार ६०,८४८ 
४. कात्तिक  ३ करोड ५१ लाख २४ हजार ६६,१२४ 
५. मंसिर  ४ करोड २० लाख ७ हजार १,०८,७८६
६. माघ  १६ करोड ७० लाख ३३ हजार ३,०४,६५२ 
७. फागुन  ३० करोड ५५ लाख ४४ हजार  ४,४२,९,९९ 
८. चैत   ४२ करोड ३१ लाख ८९ हजार ४,६४,३२९ 

स्रोतः भन्सार विभाग

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, स्टिललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक दश करोड बढिको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणासँगै निर्यातको संख्यामा वृद्धि भएको छ । 

सो व्यवस्था गरेसँगै दुई नेपाली सिमेन्ट उद्योग पाल्पा र अर्घाखाँची सिमेन्टले ‘तानसेन’ ब्रान्ड र अर्घाखाँची ब्रान्डको सिमेन्ट भारत निर्यात सुरु गरेको थियो । 

हाल अर्घाखाँची सिमेन्ट भारतको उत्तर प्रदेशमा निर्यात भइरहेको छ । निर्यात र विद्युत् महसुलमा छुट पाउने भएपछि उद्योगी उत्साहित छन् । 

सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै दुई करोड २० लाख टन छ । 

cement and clinker exportsCement Manufacturers Associationcurrent fiscal yearCustoms DepartmentStatus of exports till March

You May Also Like

More stories from Basobaas