Research

कस्ता घरजग्गा बिक्री गर्दा कति लाभ कर तिर्नुपर्छ ?

By BabinaJuly 2, 20242 min read
कस्ता घरजग्गा बिक्री गर्दा कति लाभ कर तिर्नुपर्छ ?

काठमाडौं । कुनै व्यवसाय वा जागिरबाट गरेको आम्दानीमा कर लाग्छ, त्यसैगरी आफ्नो स्वामित्वमा रहेको घरजग्गा बिक्री गरेबापत पनि आम्दानीमा कर लाग्छ । हामीले कमाएको यो अतिरिक्त पैसालाई “पूँजीगत लाभ” भनिन्छ । तर, कस्तो खालको घरजग्गाको कारोबार वा हक हस्तान्तरणमा कर लाग्छ भन्ने कुरा कारोबारको प्रकृति हेरी फरक-फरक नियम लागू हुन्छ । अर्थात लाभकर नलाग्‍ने थुप्रै व्यवस्था कानुनले गरेको छ । 

आयकर ऐनले कस्तो घरजग्गा करयोग्य हो र कस्तो कर योग्य हैन भनी वर्गीकरण गरेको छ । नेपालको कानूनले सामान्यतयाः व्यापार व्यवसायमा नलगाइएको घर-जग्गालाई गैर-व्यावसायिक करयोग्य सम्पत्ति मानेको छ ।

विभिन्न परिस्थितिको लेखाजोखा गरेर मात्र कुनै निजी सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति हो वा होइन भन्ने कुरा निर्क्यौल गरिन्छ । अर्थात, निजी सम्पत्ति किनबेच गर्दा त्यस सम्पत्तिको परिभाषा व्यवसायिक करयोग्य सम्पत्ति भनेर गर्न सक्ने अवस्था रहेको खण्डमा मात्र पूँजीगत लाभकर लागू हुन्छ ।

लाभ कर नलाग्ने अवस्थाः

सबै प्रकारको सम्पत्ति खरिद-बिक्रीमा लाभ कर लाग्दैन । आफ्नो परिवारका सदस्यबीच हक हस्तान्तरण गर्दा लाभकर तिर्नुपर्दैन । साथै स्वामित्व अवधि, कारोबार गरिएको रकम र कारोबार हुनेहरूको नाता सम्बन्धका आधारमा पनि कर लाग्छ कि लाग्दैन भनी कानुनले व्याख्या गरेको छ । तीन पुस्ते मा जग्गा हस्तान्तरण गर्दा कुनैपनि लाभ कर तिर्नु पर्दैन । त्यस्तै बेच्न लागेको घर तथा जग्गा १० वर्ष वा सो भन्दा अघि देखि  भोगचलन रहि आएको छ भने, त्यसमा पनि लाभ कर लाग्दैन । भने कुनै प्राकृतिक व्यक्तिको १० लाख रुपैयाँभन्दा कम मूल्यमा हक सम्पत्तिको हस्तान्तरण गरेको अवस्थामा लाभ कर लाग्दैन ।

लाभ करका दरहरूः

आयकर ऐन, २०५८ ले कुनै प्राकृतिक व्यक्तिको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवनको निःसर्गमा भएको लाभमा लाग्ने कर निःसर्ग भएको सम्पत्तिमा रहेको स्वामित्वको अवधिको आधारमा फरक दरले कर लाग्ने व्यवस्था गरेको छ ।

५ वर्षभन्दा कम भन्दा कम समय स्वामित्वमा रहेको छ भने त्यस्तो गैरव्यावसायिक करयोग्य सम्पत्ति बेच्दा नाफाको साढे ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर ५ प्रतिशत थियो । त्यस्तै, ५ वर्षभन्दा बढी समय स्वामित्वमा रहेको  गैरव्यावसायिक करयोग्य सम्पत्ति बेच्दा भने ५ प्रतिशत पूँजीगत कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर २.५ प्रतिशत मात्र थियो ।

आर्थिक ऐन, २०७५ ले आयकर ऐनमा गरेको संशोधनबाट १० लाख रुपैयाँ कायम भएको हुँदा २०७५ साउनदेखि कुनै प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको १० लाख रुपैयाँ मूल्यभन्दा बढी मूल्यमा निःसर्ग भएको जग्गा तथा घरजग्गा गैर व्यावसायिक करयोग्य सम्पत्तिमा पर्ने उल्लेख छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

Capital gain taxRates of capital gain taxreal estatetax

You May Also Like

More stories from Basobaas