Research

घरजग्गा बजारमा सेवाग्राहीको व्यवहार र बजार प्रवृत्ति विश्लेषणः माघ २०८०

बसोबास नेपालद्वारा प्रकाशित घरजग्गाको कारोबार सम्बन्धी 'मासिक प्रतिवेदन'ले नेपालको घरजग्गा बजारको वर्तमान अवस्थासम्बन्धी सूक्ष्म जानकारी प्रदान गरी सरोकारवालाहरूलाई उचित निर्णय गर्न सघाउने लक्ष्य राख्दछ ।
Pinterest LinkedIn Tumblr

विषयसूची

परिचय (Introduction)

यो घरजग्गाको कारोबार सम्बन्धी मासिक प्रतिवेदनको दोश्रो संस्करण हो । यस प्रतिवेदनमा सेवाग्राहीले उच्च प्राथमिकता दिएका स्थानहरू, बजार प्रवृत्ति (market trend), प्रपर्टी मूल्य, र सेवाग्राहीको व्यवहारमा दृष्टिगत गर्दै घरजग्गा बजारलाई आकार दिने प्रमुख पक्षहरूको खोजी गरिनेछ । यस प्रतिवेदनले नेपालको घरजग्गा बजारको वर्तमान अवस्थालाई सुक्ष्म जानकारी प्रदान गरी सरोकारवालाहरूलाई उचित निर्णय गर्न सघाउने लक्ष्य राख्दछ ।

प्रतिवेदनमा समाविष्ट विवरणहरू बसोबास डटकम तथा अन्य घरजग्गाका अनलाइन प्लेटफर्म र बसोबासको सेल्स टिमबाट संकलित तथ्यांक र अभ्यासमा आधारित छन् । बसोबासको सर्वेक्षणबाट प्राप्त तथ्याङ्कलाई सरकारले जारी गरेका घरजग्गा सम्बन्धी तथ्याङ्कसँग तुलनात्मक अध्ययन गरी व्यवहारिक निचोड निकालिएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय, नेपाल राष्ट्र बैंक, वित्तिय संस्था तथा वाणिज्य बैंकलगायतका आधिकारिक स्रोतबाट प्रक्षेपित तथ्याङ्कका आधारमा तयार गरिएको यो सामग्री बैंक तथा वित्तिय संस्था, सेवाग्राही, डेभलपर र एजेन्सीलगायत अन्य सरोकारवाला निकायका लागि सान्दर्भिक हुनेगरि तयार पारिएको छ ।

यस प्रतिवेदनमा गत माघमा बसोबाससँग जोडिएका सेवाग्राही र उनीहरूको मागमा आधारित छ । जसमा घरजग्गा खोजीरहेका ६५८ जना नमूना सेवाग्राहीहरू समावेश छन् । यो नमुना तथ्याङ्कका आधारमा निकालिएको तथ्यांक वास्तविक आंकडासँग मिल्दोजुल्दो छ ।

उद्देश्यहरू (Objectives):

  • नेपालको घरजग्गा बजारको वास्तविक अवस्था विश्लेषण र सेवाग्राहीको माग पत्ता लगाउनु,
  • बसोबास डटकमसँग सम्बन्धित नमूना खरिदकर्ताबाट सेवाग्राहीको व्यवहार विश्लेषणको मूल्याङ्कन गर्नु,
  • घरजग्गा बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने वित्तीय गतिविधिसँग सम्बन्धित तथ्याङ्क प्राप्त गर्नु ।

१. सेवाग्राहीको व्यवहार विश्लेषण (Buyer Behavior Analysis)

१.१ सेवाग्राहीबाट प्राप्त सोधपुछको अवस्थाः

‘सेवाग्राहीको व्यवहार विश्लेषण’ प्रतिवेदन माघ महिनामा बसोबास नेपालले प्राप्त गरेको सोधपुछमा आधारित छ । विभिन्न स्थानमा विभिन्न प्रकारका प्रपर्टीका लागि ६ सय ५८ जनाबाट प्राप्त भएको विवरणलाई यस प्रतिवेदनमा समावेश गरिएको छ । जसको विस्तृत जानकारी निम्नानुसार छः

सेवाग्राहीको मागसंख्याप्रतिशत (%)
घर२६२४०%
जग्गा१०९१७%
अपार्टमेन्ट९२१४%
व्यवसायिक भवन३५५%
प्रपर्टी भाडामा६५१०%
हाउजिङ९५१४ %
कूल६५८१०० %
तालिका नं. १

तालिका नं. १ मा उल्लेख गरिएको ‘सेवाग्राहीबाट प्राप्त सोधपुछ’लाई वृतचित्रमा प्रस्तुत गर्दाः

वृत्तचित्र नं. १

वृत्तचित्र नं. १ मा देखाइए अनुसार, माघको मासिक अनुसन्धानमा सेवाग्राहीले खोजेका प्रपर्टिका प्रकार निम्नानुसार छन्ः 

कूल सोधपुछमध्ये अधिकतम ४० प्रतिशत शेयर आवासीय घरका लागि पाइएको छ । न्यूनतम ५ प्रतिशत व्यवसायिक भवनका लागि सोधपुछ भएको पाइएको छ । त्यस्तै; जग्गा, अपार्टमेन्टका, प्रपर्टी भाडा र हाउजिङका लागि प्राप्त सोधपुछले क्रमशः १७, १४, १० र १४ प्रतिशत शेयर ओगटेको छ ।

१.२ प्रपर्टीका प्रकार (आवासीय, व्यवसायिक, जग्गा, आदि ) अनुसारको मूल्यदर (Pricing according to property type: residential, commercial, land, etc.)

क. तलको तालिकाले सेवाग्राहीबाट सोधपुछ गरिएका घरका मूल्यदरको प्रतिनिधित्व गर्दछ ।

मूल्यदर (करोडमा)सोधपुछ संख्याप्रतिशत (%)
१ – २५५२१
२ – ३१०२३९
३ – ४४२१६
४ – ५२८११
५ – ६१८
६ >१७
कूल२६२१००
तालिका नं. २

तालिका नं. २ को तथ्यांकलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. १

लेखाचित्र नं. १ मा देखाइए अनुसार, माघको मासिक अनुसन्धानमा सेवाग्राहीले सबैभन्दा बढी खोजेका घरको मूल्यदर निम्नानुसार छन्ः 

अधिकतम शेयर ३९ प्रतिशत (२–३) करोड खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ६ प्रतिशत (६ >) करोड खण्डले ओगटेको छ । त्यस्तै; (१–२), (३–४), (४–५), र (५–६)  करोड खण्डले क्रमशः २१ प्रतिशत, १६ प्रतिशत, ११ प्रतिशत र ७ प्रतिशत शेयर पाएका छन् ।

ख. तलको तालिकाले सेवाग्राहीबाट सोधपुछ गरिएका जग्गाको मूल्यदरको प्रतिनिधित्व गर्दछः

जग्गाको मूल्यदर (करोडमा)सोधपुछ संख्याप्रतिशत(%)
< २०१४१३
२० – ४०३३३१
४० – ६०३५३२
६० – ८०१६१५
८० >१११०
कुल१०९१०० 
तालिका नं. ३

माथिको तालिकालाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. २

लेखाचित्र नं. २ मा देखाइए अनुसार, माघको मासिक अनुसन्धानमा सेवाग्राहीले सबैभन्दा बढी खोजेका जग्गाको मूल्यदर निम्नानुसार छन्ः

अधिकतम शेयर ३४ प्रतिशत (४०–६०) लाख प्रतिआना खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर १० प्रतिशत (८०≥) लाख प्रतिआना खण्डले ओगटेको छ । त्यस्तै; < २०, (२०–४०), र (६०–८०) लाख प्रतिआना खण्डले क्रमशः १३ प्रतिशत, २९ प्रतिशत र १४ प्रतिशत शेयर पाएका छन् ।

ग. सेवाग्राहीबाट अपार्टमेन्टका लागि आएका सोधपुछको संख्याः

प्रकार सोधपुछ संख्याप्रतिशत (%)
1BHK१७१९
2BHK३८४१
3BHK२४२६
4BHK१३१४
कूल ९२१००
तालिका नं. ४ 

तालिका नं. ४ लाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. ३

लेखाचित्र नं. ३ मा देखाइए अनुसार, माघको मासिक अनुसन्धानमा अपार्टमेन्टमा सेवाग्राहीबाट निम्नानुसारको सोधपुछ पाइएको छः 

अधिकतम शेयर ४१ प्रतिशत 2BHK अपार्टमेन्ट खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर १४ प्रतिशत (4BHK) अपार्टमेन्ट खण्डले ओगटेको छ । त्यस्तै; 1BHK र 3BHK खण्डले क्रमशः १९ र २६ प्रतिशत शेयर पाएका छन् ।

घ. सेवाग्राहीबाट व्यवसायिक भवनका लागि आएका सोधपुछको संख्याः

एकाइ (वर्गफिटमा)सोधपुछको संख्या प्रतिशत (%)
१००० <   
१०००-२००० १४
२०००-३००० २०
३०००-४००० ११३१
४००० > २६
कूल३५१००
तालिका नं. ५

तालिका नं. ५ को तथ्यांकलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. ४

लेखाचित्र नं. ४ मा देखाइए अनुसार, माघको मासिक अनुसन्धानमा व्यवसायिक भवनमा सेवाग्राहीबाट निम्नानुसारको सोधपुछ पाइएको छः 

अधिकतम शेयर ३१ प्रतिशत  (३०००-४०००) खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ९ प्रतिशत (१००० <) अपार्टमेन्ट खण्डले ओगटेको छ । त्यस्तै; (१०००-२०००), (२०००-३०००), र (४००० >) वर्गफिट खण्डले क्रमशः १४, २० र २६ प्रतिशत शेयर पाएका छन् ।

१.३ सम्भावित खरिदकर्ताले प्राथमिकता दिएका स्थानहरू (Location preferences by potential buyers)

क. तलको तालिकामा सेवाग्राहीले रुचाएका स्थानहरूलाई क्रमबद्ध रुपमा राखिएको छः

क्र.संस्थानसंख्या 
१.बुढानिलकण्ठ६३
२.भैँसेपाटी५५
३.इमाडोल५१
४.सानोभर्याङ४५
५.धापाखेल४२
६.धापासी४०
७.गोंगबु३२
८.बालुवाटार २६
९.बालकोट२३
१०.लाजिम्पाट२२
११.स्युचाटार२०
१२.ग्वार्को१७
१३.बालकुमारी१७
१४.न्यूरोड१७
१५.टोखा१७
१६.धुम्बाराही१५
१७.शङ्खमूल१५
१८.भङ्गाल१४
१९.भरतपुर, चितवन १३
२०.कार्यविनायक१३
२१.टिकाथली१२
२२.मैतिदेवी११
२३.नख्खिपोट११
२४.एकान्तकुना११
२५.सानेपा११
२६.किर्तिपुर
२७.झम्सिखेल
२८.काभ्रे
२९.डिल्लिबजार
३०.भैरहवा
३१.ठमेल
३२.लैनचौर
 कूल६५८
तालिका नं. ६

तालिका नं. ६ अनुसार, गत महिनामा सबैभन्दा बढि (६३) संख्यामा बुढानीलकण्ठ क्षेत्रका लागि सोधपुछ प्राप्त भएको पाइएको छ । र, सबै भन्दा कम लैनचौर क्षेत्रका लागि (३) संख्यामा सोधपुछ प्राप्त भएको छ । र अन्य सोधपुछ भएका क्षेत्रमा भैँसेपाटी, इमाडोल, सानोभर्याङ, धापाखेल, धापासी, र गोंगबु क्षेत्रका लागि क्रमशः ५५, ५१, ४५, ४२, ४० र ३२ वटा सोधपुछ प्राप्त भएको छ । त्यसैगरी धापाखेल, गोंगबु, लाजिम्पाट, सानोभर्याङ, न्यूरोड, स्युचाटार क्षेत्रमा क्रमशः २४, २०, १८, १७, १७, १६ संख्यामा सोधपुछ प्राप्त भएको छ । 

त्यसैगरी; बालुवाटार, बालकोट, लाजिम्पाट, र स्युचाटार क्षेत्रका लागि क्रमशः २६, २३, २२ र २० वटा सोधपुछ प्राप्त भएको छ । ग्वार्को, बालकुमारी, न्यूरोड,  टोखा क्षेत्रका लागि १७/१७, धुम्बाराही र शङ्खमूल क्षेत्रका लागि १५/१५ वटा; भङ्गालका लागि १४ वटा; भरतपुर, चितवन र कार्यविनायकका लागि १३/१३ वटा; टीकाथलीका लागि १२ वटा; मैतिदेवी, नख्खिपोट, एकान्तकुना र सानेपा क्षेत्रका लागि ११/११ वटा सोधपुछ प्राप्त भएको छ । किर्तिपुर र झम्सिखेल क्षेत्रका लागि ९/९, काभ्रे क्षेत्रका लागि ७, डिल्लिबजार र भैरहवाका लागि ६/६, ठमेल क्षेत्रका लागि ५ वटा सोधपुछ प्राप्त भएको छ ।

ख. सम्भावित खरिदकर्ताले रुचाएका ५ मूख्य स्थानहरू (Top 5 location preferred by potential buyers)

क्र.संस्थानसंख्या प्रतिशत (%)
१.बुढानिलकण्ठ६३१०
२.भैँसेपाटी५५
३.इमाडोल५१
४.सानोभर्याङ४५
५.धापाखेल४२
अन्य४०२६१
तालिका नं. ७

सम्भावित खरिदकर्ताले रुचाएका ५ मूख्य स्थानलाई लेखाचित्रमा प्रस्तुत गर्दा, 

वृत्तचित्र नं. २

वृत्तचित्र नं. २ मा देखाइए अनुसार, सम्भावित १० प्रतिशत अर्थात् ६३ जना खरिदकर्ताले सर्वाधिक रुचाएका क्षेत्रमा बुढानीलकण्ठ रहेको पाइएको छ । त्यस्तै; खरीदकर्ताले रुचाएका क्षेत्रहरूमा भैँसेपाटी, इमाडोल, सानोभर्याङ र धापाखेलमा क्रमशः ८ प्रतिशत, ८ प्रतिशत, ७ प्रतिशत, र ६ प्रतिशत रहेको पाइएको छ ।

२. बजार प्रवृत्ति र मूल्य विश्लेषण (Market Trends and Pricing Analysis)

२.१ उपत्यकाभित्रका विभिन्न स्थानमा चलेको औसत प्रपर्टी मूल्य अवस्था (Property price trends at various locations within the valley)

क. काठमाडौं जिल्लाका विभिन्न क्षेत्रमा चलेको प्रपर्टिको औसत मूल्यांकन अथवा (अधिकतम-न्यूनतम) तालिकामाः

क्र.सं.स्थान ( काठमाडौं)मूल्यदर २०२४(न्यूनतम-अधिकतम)
१. बसुन्धरा४५ – ६० लाख प्रति आना
२.बुढानीलकण्ठ२७ – ६५ लाख प्रति आना
३.गोकर्णेश्वर१७ – ३५ लाख प्रति आना
४.कपन२७ – ५५ लाख प्रति आना
५.सितापाइला१७ – ६५ लाख प्रति आना
६.बालुवाटार५५ – १ करोड ३५ लाख प्रति आना
७.हात्तीगौंडा३६ – ७० लाख प्रति आना
८.महाराजगञ्ज७० – १ करोड २० लाख प्रति आना
९.धापासी३५ – ६५ लाख प्रति आना
१०.कलंकी३५– ७५ लाख प्रति आना
११.टोखा२१ –  ४५ लाख प्रति आना
१२.भंगाल२५ – ५३ लाख प्रति आना
१३.जोरपाटी२७ – ७० लाख प्रति आना
१४.बानेश्वर६५ –  १ करोड ५ लाख प्रति आना
१५.काँडाघारी२५ –  ४६ लाख प्रति आना
१६.लाजिम्पाट५५ – ९० लाख प्रति आना
१७.गोल्फुटार३६ –  ६० लाख प्रति आना
१८.सामाखुशी४५ –  ८० लाख प्रति आना
१९.सुकेधारा५० – ७२ लाख प्रति आना
२०.बालाजु३२ – ८० लाख प्रति आना
२१.चावहिल३५ –  १ करोड ८० लाख प्रति आना
२२.मन्डिकाटार२१ –  ७० लाख प्रति आना
२३.धुमबाराही४८ –  ७० लाख प्रति आना
२४.विशालनगर६५ – ९० लाख प्रति आना
२५.पेप्सीकोला३५ – ६२ लाख प्रति आना
२६.तारकेश्वर१७ – ४५ लाख प्रति आना
२७.बाफल४० – ६५ लाख प्रति आना
२८.बौद्ध३५ – ६५ लाख प्रति आना
२९.गोदावारी१५.५ – २० लाख प्रति आना
३०.बाँसबारी३५ – ६५ लाख प्रति आना
३१.ठमेल१ – ३ करोड प्रति आना
३२.नक्साल६० – १ करोड २५ लाख प्रति आना
३४.चण्डोल६० – १ करोड २५ लाख प्रति आना
३५.मूलपानी२२ – ३५  लाख प्रति आना
३६.स्युचटार२५ – ६५  लाख प्रति आना
३७.कोटेश्वर६० – ८० लाख प्रति आना
३८.गोंगबु३५ –  ८० लाख प्रति आना
३९.सानोभर्याङ४० – ६५ लाख प्रति आना
४०.गोठाटार३० – ४० लाख प्रति आना
४१.स्वयम्भू४० – ६५ लाख प्रति आना
तालिका नं. ८

तालिका नं. ८ अनुसार काठमाडौंका विभिन्न क्षेत्रमा चलेको जग्गाको मूल्यदर निम्नानुसार छन्ः 

बसोबास सेल्स टिम तथा अन्य सरोकारवालाहरूबाट प्राप्त जानकारी अनुसार काठमाडौं जिल्लामा जग्गाको अधिकतम मूल्यदर ठमेल क्षेत्रमा १ देखि ३ करोड प्रति आना रहेको छ । अन्यमा बसुन्धरा क्षेत्रमा जग्गाको मूल्य ४५ देखि ६० लाख प्रति आना रहेको छ । त्यसैगरी; बुढानीलकण्ठ, गोकर्णेश्वर, कपन, सितापाइला, बालुवाटार, हात्तीगौंडा, महाराजगञ्ज, धापासी, कलंकी, टोखा, भंगाल, जोरपाटी, बानेश्वर, काँडाघारी, लाजिम्पाट, गोल्फुटार, सामाखुशी, सुकेधारा, बालाजु, चावहिल, मन्डिकाटार, धुमबाराही, विशालनगर, पेप्सीकोला, तारकेश्वर, बाफल, बौद्ध, गोदावारी, बाँसबारी, नक्साल, चण्डोल, मूलपानी, स्युचटार, कोटेश्वर, गोंगबु, सानोभर्याङ, गोठाटार, स्वयम्भूलगायतका क्षेत्रहरूमा जग्गाको मूल्य क्रमशः (२७ – ६५ लाख), (१७ – ३५ लाख), (२७ – ५५ लाख), (१७ – ६५ लाख),  (५५ – १ करोड ३५ लाख), (३६  – ७० लाख), (७० – १ करोड २० लाख), (३५ – ६५ लाख), (३५ – ७५ लाख), (२१ – ४५ लाख), (२५ – ५३ लाख), (२७ – ७० लाख), (६५ – १ करोड ५ लाख), (२५ – ४६लाख), (५५ – ९०लाख), (३६ – ६०लाख), (४५ – ८० लाख), (५० – ७२ लाख), (३२ – ८० लाख), (३५ – १ करोड ८० लाख), (२१ – ७० लाख), (४८ – ७० लाख), (६५ -९० लाख), (३५ – ६२ लाख), (१७ – ४५ लाख), (४० – ६५ लाख), (३५ – ६५ लाख), (१५.५ – २० लाख), (३५ – ६५ लाख), (६० – १ करोड २५), (६० – १ करोड २५ लाख), (२२ – ३५ लाख), (२५ – ६५ लाख), (६० – ८० लाख), (३५ –  ८०), (४० – ६५ लाख), (३० – ४० लाख), (४० – ६५ लाख) प्रति आना रहेको छ ।

ख. ललितपुरका विभिन्न क्षेत्रमा चलेको जग्गाको मूल्यदर

क्र.सं.स्थान (ललितपुर)मूल्यदर (न्यूनतम-अधिकतम)
१. भैंसेपाटी३५ लाख – १ करोड ३० लाख प्रति आना
२.नखीपोट२५ – ६५ लाख प्रति आना
३.नख्खु२८.५ – ७० लाख प्रति आना
४.सानेपा६५ लाख – १ करोड २० लाख प्रति आना
५.इमाडोल३२ – ५५ लाख प्रति आना
६.टीकाथली२८ – ३५ लाख प्रति आना
७.हात्तीवन३५ – ५५ लाख प्रति आना
८.धापाखेल२० – ३५ लाख प्रति आना
तालिका नं. ९

तालिका नं. ९ अनुसार  ललितपुरका विभिन्न क्षेत्रमा चलेको जग्गाको मूल्यदर निम्नानुसार छन्ः

बसोबास सेल्स टिम तथा अन्य सरोकारवालाहरूबाट प्राप्त जानकारी अनुसार ललितपुर जिल्लामा जग्गाको अधिकतम मूल्यदर भैँसेपाटी क्षेत्रमा ३५ लाख – १ करोड ३० लाख प्रति आना रहेको पाइएको छ । त्यसैगरी अन्य क्षेत्रहरू नखिपोट, नख्खु, सानेपा, इमाडोल, टीकाथली, हात्तीवन, धापाखेलमा क्रमशः २५ – ६५ लाख प्रति आना, २८.५ – ७० लाख प्रति आना, ६५ लाख – १ करोड २० लाख प्रति आना, ३२ – ५५ लाख प्रति आना, २८ – ३५ लाख प्रति आना, ३५ – ५५ लाख प्रति आना, २० – ३५ लाख प्रति आना रहेको छ ।

२.२ घरकर्जामा सेवाग्राहीको चासो (Consumer interest in home loan)

हामीले प्राप्त गरेको तथ्यांक, सेवाग्राहीको व्यवहार ढाँचा र बजारको अन्तर्दृष्टि विश्लेषण को माध्यमबाट घरकर्जामा सेवाग्राहीको चासो र वर्तमान परिदृश्यलाई प्रस्तुत गरिएको छ ।

क. घरकर्जाका लागि सेवाग्राहीबाट प्राप्त सोधपुछको अवस्था

घरकर्जामा इच्छुक/अनिच्छुकसंख्या प्रतिशतमा 
घरकर्जामा इच्छुक देखिएका२०२३१
घरकर्जामा इच्छुक नदेखिएका४५६६९
कूल१००
तालिका नं. १० 

माथिको तालिकालाई वृत्तचित्रमा प्रस्तुत गर्दा,

वृत्तचित्र नं. ३

वृत्तचित्र नं. ३ मा देखाएअनुसार, घरजग्गा कर्जामा इच्छुक रहे नरहेका सेवाग्राहीहरू छुट्याउँदा २०२ जना इच्छुक देखिएका छन्, जुन कूल सेवाग्राहीको ३१ प्रतिशत हो । त्यसैगरी, घरकर्जामा इच्छुक नदेखिएका सेवाग्राहीहरू ४५६ जना अर्थात् ६९ प्रतिशत रहेका छन् ।

ख) मासिक घरजग्गाको मूल्यमा देखिएको उतारचढाव (Monthly Real Estate Price Fluctuations)

तालिका नं. २ र ३ मा उल्लेख गरिएको जग्गाको मूल्य पछिल्लो महिनामा पनि स्थिर रहेको पाइएको छ । यसको अर्थ गत महिना घरजग्गाको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

ग) सेवाग्राहीले रुचाएका प्रपर्टीका आकार र सुविधाहरू (Trends in property sizes and amenities sought by buyers)

अ. अत्यधिक रूचाइएका प्रपर्टीका आकार (Trends in property sizes)

प्रायजसो सेवाग्राहीले प्रपर्टीको खरिदमा बैंकबाट प्राप्त हुने घरकर्जासँग निर्भर रहने गरेको पाइन्छ । जसले गर्दा बैंकबाट राम्रो मुल्यांकन पाउनेगरी अधिकांशले ३ आनाभन्दा बढी जग्गा खोजिरहेको पाइएको छ । यसबाहेक बंगलामा बस्न चाहने सेवाग्राहीले आठ देखि १६ आना जग्गामा चासो देखाएका छन् ।

आ. सेवाग्राहीले खोज्ने सुविधाहरू (Amenities sought by buyers)

अधिकांश सेवाग्राहीले आवासिय घरमा आधुनिक सुविधाको खोजी गरेको पाइएको छ । जसमा मोड्युलर किचन, अट्याच दराज तथा पार्केटिङ, प्यानलिङ र अट्याच बाथरुम आदि छन् । 

३. सेवाग्राहीको व्यवहार विश्लेषणलाई प्रभाव पार्ने तत्वहरू (Factors affecting buyers behavior Analysis)

घरजग्गाको कारोबारमा बैंकिङ क्षेत्र र कर्जा प्रवाह, सरकारी नीति तथा कार्यक्रम, मौद्रिक नीति जस्ता विभिन्न पक्षले प्रभाव पार्छ । यस सेग्मेन्टमा, माघ महिनामा परिमार्जन तथा परिवर्तन भएका घटनाहरूको संक्षिप्‍त समीक्षा गरिएको छ ।

३.१ माघ महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर(Deposit interest rates of commercial banks):

माघ महिनाका लागि वाणिज्य बैंकहरूले निर्धारण गरेको निक्षेपको ब्याजदर गत महिनाको दरलाई नै कायम गरेका छन् ।

वाणिज्य बैंकद्वारा माघ महिनाका लागि तोकिएको घरकर्जा दर (Home loan rates set by commercial banks for the month of Magh):

क्र.सं बैंकको नामब्याजदर सेवा शुल्क
१.एनआईसी एसिया बैंक१३.३९ % (स्थिर)_
२.कुमारी बैंक१०.७५ % (स्थिर व्याजदर ७ वर्ष)_
३.प्रभु बैंक१२.९९ % (स्थिर व्याजदर ५ वर्ष)_
४.लक्ष्मी सनराइज बैंक१०.३५ देखि १३.३५ % _
५.नेपाल बैंक लिमिटेड८.८३ देखि १३.३३ % ०.७५ % 
६.राष्ट्रिय वाणिज्य बैंक८.५० % (भूकम्प पीडित), ८.५७ % (सैनिक), ९.४१ % (२ करोड भन्दा माथिका लागि)०.७५ % 
७.नेपाल इन्भेस्टमेन्ट बैंक ९.४१ देखि १४.४१ % ०.७५ % 
८. सिद्धार्थ बैंक१०.९९ % (७ वर्ष) _
९.सिटिजन बैंक १२.५० % (हाउजिङ कर्जा) _
१०.माछापुच्छ्रे बैंक लिमिटेड१०.२८ देखि १२.२८ % (=२ करोड)_
११.नबिल बैंक९.९९ %  (७ वर्ष) _
१२.एभरेष्ट बैंक१०.३७ देखि १२.३७ % ०.७५ % 
१३.साङ्ग्रिला  डेभलपमेण्ट बैंक १०.९९ देखि १४.९८ % _
१४.एनएमबि बैंक११.४९ % (२० वर्ष)_
१५.प्राइम कर्सियल बैंक१०.४३ देखि १५.४३ % _
१६.सानिमा बैंक१०.९५ देखि १२.९४ % _
१७.मुक्तिनाथ विकास बैंक१०.९८ देखि १५.४८ % _
१८.ग्लोबल आइएमई बैंक९.६० देखि १३.१० % _
१९.नेपाल एसबीआई बैंक१०.६६ देखि १३.१६ % _
२०.हिमालयन बैंक१०.५९ देखि १५.५९ % ०.७५ % 
२१.स्टाण्डर्ड चार्टर्ड बैंक९.७३ देखि ११.७३ % _
२२.महालक्ष्मी बैंक १०.७१ देखि १४.४६ % _
२३.कृषि विकास बैंक१३.९३ % (१० वर्ष)_
तालिका नं. ११

तालिका नं. ११ मा देखाएअनुसार, पुष महिनाका लागि वाणिज्य बैंकहरूले दिएको घरकर्जाको अधिकतम ब्याजदर कृषि विकास बैंकको १३.९३ प्रतिशत रहेको छ । र, न्यूनतम ब्याजदर राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितका लागि ८.५० प्रतिशत (भूकम्प पीडित), सैनिकका लागि ८.५७ प्रतिशत तोकेको छ । पुस महिनामा बैंकहरूले दिएको निक्षेपको अधिकतम ब्याजदरको तुलनामा र माघ महिनामा दिएको अधिकतम ब्याजदर यथावत छ ।

४. घरजग्गा कारोबार, लिखत पारित र राजस्व संकलन (Real estate transactions and revenue collection):

४.१ माघ महिनामा देशभरका विभिन्न मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार, लिखत पारित तथा राजश्व संकलन (Real Estate Transactions and Revenue Collection Across Shipping Offices in the month of Magh)

क. तलको रेखाचित्रमा गत महिनामा देशभरका मालपोत कार्यालयबाट संकलित राजश्वको विवरण प्रस्तुत गरिएको छः

लेखाचित्र नं.

लेखाचित्र नं. ५ अनुसार, गत महिनामा देशभरका मालपोत कार्यालयबाट संकलित राजश्व निम्नानुसार छः

गत महिनामा भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरले अधिकतम (३१ करोड ६१ लाख १६ हजार २ सय ४ रुपैयाँ) राजश्व संकलन गरेको पाइएको छ । त्यसैगरी गत महिना उल्लेख्य राजश्व संकलन गर्ने मालपोत तथा भूमि सुधार कार्यालयहरूमा भू.मा.का भक्तपुर (२६ करोड ७ लाख ६२ हजार ५ सय ८०), भू.मा.का डिल्लीबजार (१७ करोड ६६ लाख ४५ हजार ९८ रुपैयाँ), मा.का चावहिल (१५ करोड ८२ लाख नौ सय ९५ रुपैयाँ), मा. का कलंकी (१९ करोड ९३ लाख ८७ हजार ७ सय ८५ रुपैयाँ) र मा.का कास्की (१२ करोड ६६ लाख ७५ हजार ७ सय १९ रुपैयाँ) रहेका छन् । 

ख) तलको रेखाचित्रमा गत महिनामा देशभरका मालपोत कार्यालयबाट भएको घरजग्गाको लिखत पारित प्रस्तुत गरिएको छः

रेखाचित्र नं.

रेखाचित्र नं. ६ अनुसार, गत महिनामा देशभरका मालपोत कार्यालयबाट भएको घरजग्गाको लिखत पारित अर्थात कारोबारको विवरण निम्नानुसार छः

गत महिनामा भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट अधिकतम २ हजार ९२ संख्यामा घरजग्गा लिखत पारित भएको पाइएको छ ।  

यसबाहेक, भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट २ हजार ३२; भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट १९ सय; मालपोत कार्यालय बेलबारी, मोरङबाट १६ सय ८३; भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीबाट १४ सय; र भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर, महोत्तरीबाट १२ सय ९२ संख्यामा घर जग्गाको लिखत पारित भएको पाइएको छ ।

ग. माघ महिनामा काठमाडौंका विभिन्न मालपोत कार्यालयबाट संकलित राजस्वः

क्र.संमालपोत कार्यालयलिखत पारितराजश्व संकलन
१.मालपोत कार्यालय कलङ्की, काठमाडौं६६७१९,९३,८७,७८५
२.मालपोत कार्यालय चावहिल, काठमाडौं४४७१५,८२,८८,९९५
३.मालपोत कार्यालय साँखु, काठमाडौं४०८७,८०,९९,३३३
४.मालपोत कार्यालय, मनमैजु, काठमाडौं३०९६,९८,०१,८६८
५.भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं२०५१७,६६,४५,०९८
६.मालपोत कार्यालय टोखा, काठमाडौं१७६४,६८,६७,०६२
तालिका नं. १२

तालिका नं. १२ मा प्रस्तुत भएअनुसार, काठमाडौं जिल्लामा अधिकतम (१९ करोड ९३ लाख ८७ हजार ७ सय ८५ रुपैयाँ) राजश्व संकलन गर्नेमा मालपोत कार्यालय कलंकी, काठमाडौं रहेको छ । अन्य मालपोत कार्यालयका तुलनामा मालपोत कार्यालय टोखाले न्युनतम  (४ करोड ६८ लाख ६७ हजार ६२ रुपैयाँ) राजश्व संकलन गरेको छ । र अन्यमा मालपोत कार्यालय चावहिल, मालपोत कार्यालय साँखु, मालपोत कार्यालय, मनमैजु र मालपोत कार्यालय डिल्लीबजारले क्रमशः (१५ करोड ६ लाख ८६ हजार ९ सय ६२), (८ करोड ३५ लाख ५५ हजार ७ सय ७४) र (५ करोड ९४ लाख २ हजार ६ सय ४३) रुपैयाँ राजश्व संकलन गरेका छन् ।

घ. पछिल्लो ७ महिनामा सबैभन्दा बढी कारोबार भएका मालपोत कार्यालयहरू (Malpot Offices with the highest turnover in the last ७ months):

क्र.संमालपोत कार्यालयलिखत पारित
१.भूमि सुधार तथा मालपोत कार्यालय इनरूवा, सुनसरी१२,७९५
२.भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा१०,७६२
३.भूमि सुधार तथा मालपोत कार्यालय बेलबारी, मोरङ९,८४८
४.भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा९,१२२
तालिका नं. १३

तालिका नं. १३ अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ७ महिनामा सबैभन्दा धेरै कारोबार भूमि सुधार तथा मालपोत कार्यालय इनरूवा, सुनसरीबाट भएको पाइएको छ । उक्त मालपोत कार्यालयबाट १२ हजार ७ सय ९५ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । त्यसैगरी उल्लेख्य कारोबार गर्ने अन्य मालपोत कार्यालयहरू भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा; भूमि सुधार तथा मालपोत कार्यलय बेलबारी, मोरङ; र भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट क्रमशः १० हजार ७ सय ६२, ९ हजार ८ सय ४८, र ९ हजार १ सय २२ संख्यामा लिखत पारित भएको पाइएको छ ।

निष्कर्षः

माघ महिनामा बसोबास नेपालले प्राप्त गरेको सोधपुछ, विभिन्न सरकारी निकाय, बैंकिङ संस्था लगायत विभिन्न सरोकारवाला निकायबाट प्राप्त तथ्यांकलाई विश्लेषण गर्दा गत महिना घरजग्गा बजार चलायमान रहेको पाइएको छ । बैंकिङ क्षेत्रमा देखिएको उतारचढाव र सरकारको पहल तथा नितीगत व्यवस्थाका कारण सेवाग्राहीहरू प्रभावित छन् ।

सेवाग्राहीको व्यवहारलाई आधार मानेर हेर्दा, धेरैजसोले सेवाग्राहीले बैंकबाट राम्रो मूल्य दिनसक्ने किसिमका घरजग्गाहरू खोजेको पाइएको छ । जसमा ३ आना भन्दा बढी जग्गामा बनेका घर र बंगलाहरूमा ८ देखि १६ आना जग्गा क्षेत्रफललाई प्राथमिकता दिइएको छ । त्यसैगरी, माथिको तथ्यांकअनुसार वर्तमान अवस्थामा अधिकांश सेवाग्राहीहरू साढे दुई देखि ४ करोड मूल्यका आवासिय घरमा ईच्छुक देखिन्छन् । 

आधुनिक सुविधाहरू जस्तै मोड्युलर किचन र संलग्न सुविधाहरू उपभोक्ताहरू द्वारा अत्यधिक खोजी गरिन्छ। बैंकिङ क्षेत्र नीतिहरू, सरकारी नियमहरू, र मौद्रिक नीतिहरू जस्ता कारकले सेवाग्राहीको व्यवहार प्रभावित हुन्छ ।  

गत महिना नेपालको घरजग्गा बजारमा विभिन्न आर्थिक परिदृष्य, लचिलो मौद्रिक नीति र नियामक परिमार्जन लगायतले सकारात्मक प्रभाव पारेको पाइएको छ ।  साथै सरकारको सहयोगी नीति र कर्जा प्रवाहमा भएको वृद्धिले आगामी महिनामा घरजग्गा बजारको पुनरुत्थान हुने संकेत गर्दछ । लाइसेन्सको अनिवार्यता र अन्य नियामक संशोधनको कार्यान्वयनले घरजग्गा उद्योगमा स्थिरताको तह थपेको छ । यस्तो सकारात्मक गतिलाई कायम राख्नको लागि विश्वव्यापी र क्षेत्रीय आर्थिक चुनौतिहरूको निरन्तर अनुगमन आवश्यक छ ।

यद्यपि पछिल्लो समय देशको आर्थिक परिदृष्य हेर्दा ग्राहकहरूले निर्धक्कका साथ घरजग्गामा लगानी गर्ने वातावरण बनिसकेको पाईंदैन । यसोहुँदा सरकार, राष्ट्र बैंक लगायत सम्बन्धित सरोकारवाला निकायहरू यसप्रति संवेदनशिल रहनु जरुरी देखिन्छ । 

सम्बन्धित निकायका लागि सुझावः

डेभलपर्सः

नेपालको आर्थिक अवस्था र सेवाग्राहीमा गरिएको अध्ययनबाट संकलित तथ्याङ्कलाई मध्येनजर गर्दा डेभलपर्सहरूले २ देखि ४ करोड सम्मका र जग्गा डेभलपर्सले २० देखि ४० लाख प्रतिआनासम्म जग्गा डेभलप गर्न सके बजारको मागलाई पूर्ति गर्न सकिने देखिन्छ । 

बैंकः

बैंकिङ सेवाहरूबारे गरिएको अध्ययनअनुसार आम सर्वसाधारणमा बैंकिङ सेवाहरूबारे त्यति सचेतता नभएको पाइएको छ । सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्न सहज र सरलका साथै सेवा प्रवाहको प्रक्रियालाई छिटो बनाउन सके बैंकिङ सेवाहरू प्रभावकारीता बढ्ने देखिन्छ । सेवाग्राहीमा रहेको अन्योललाई सम्बोधन गर्न बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धि सूचना अझ प्रभावकारी ढङ्गले प्रवाह गर्ने र सम्भावित खरिदकर्तामा बैंकिङ सेवाको सहज पहुँच पुर्याउन आवश्यक छ ।

लगानीकर्ताः

घरजग्गामा लगानी गर्दा यस सम्बन्धि सम्पूर्ण कानुनी पक्षको अध्ययन गरेर मात्रै लगानी गर्नु राम्रो हुन्छ । यदि आफुले अध्ययन गर्न सम्भव नभएको खण्डमा सम्बन्धित विज्ञहरूसँग परामर्श लिएर मात्र अघि बढ्नु उपयुक्त हुन्छ । पछिल्लो समय घरजग्गा बिक्रीको परम्परागत शैलीको विकल्पमा थुप्रै प्लेटफर्मको उपयोग भइरहेका छन् । हिजोआज सम्पति सूचिकरण, प्रपर्टिको भर्चुअल भिजिट, र कारोबारमा पनि डिजिटल माध्यमको फाइदा लिन सकिन्छ । यसले कारोबारमा पहुँच फराकिलो बनाउनुका साथै खरिदकर्ता र विक्रेता दुवैको लागि प्रक्रिया सरल बनाउँछ ।

सन्दर्भ सामग्रीः

१. भूमि व्यवस्थापन तथा अभिलेख विभाग. (२०८० माघ १). २०८० माघ महिनाको मासिक कारोवार विवरण 

२. भूमि व्यवस्थापन तथा अभिलेख विभाग. (२०८० माघ १). २०८० माघ महिनाको राजश्व संकलन विवरण

३. बैंक ब्याज डटकम. (२०८० माघ १). घर कर्जा

४. बसोबास डटकम 

प्रतिक्रिया दिनुहोस्
Pin It