Research

घरजग्गा बजारमा सेवाग्राहीको व्यवहार र बजार प्रवृत्ति विश्लेषणः फागुन २०८०

बसोबास नेपालद्वारा प्रकाशित घरजग्गाको कारोबार सम्बन्धी 'मासिक प्रतिवेदन'ले नेपालको घरजग्गा बजारको वर्तमान अवस्थासम्बन्धी सूक्ष्म जानकारी प्रदान गरी सरोकारवालाहरूलाई उचित निर्णय गर्न सघाउने लक्ष्य राख्दछ ।
Pinterest LinkedIn Tumblr

विषयसूची

परिचय (Introduction)

यो घरजग्गाको कारोबार सम्बन्धी मासिक प्रतिवेदनको तेस्रो संस्करण हो । यस प्रतिवेदनमा सेवाग्राहीले उच्च प्राथमिकता दिएका स्थानहरू, बजार प्रवृत्ति (market trend), प्रपर्टी मूल्य, र सेवाग्राहीको व्यवहारमा दृष्टिगत गर्दै घरजग्गा बजारलाई आकार दिने प्रमुख पक्षहरूको खोजी गरिनेछ । यस प्रतिवेदनले नेपालको घरजग्गा बजारको वर्तमान अवस्थालाई सुक्ष्म जानकारी प्रदान गरी सरोकारवालाहरूलाई उचित निर्णय गर्न सघाउने लक्ष्य राख्दछ ।

प्रतिवेदनमा समाविष्ट विवरणहरू बसोबास डटकम तथा अन्य घरजग्गाका अनलाइन प्लेटफर्म र बसोबासको सेल्स टिमबाट संकलित तथ्यांक र अभ्यासमा आधारित छन् । बसोबासको सर्वेक्षणबाट प्राप्त तथ्यांकलाई सरकारले जारी गरेका घरजग्गा सम्बन्धी तथ्यांकसँग तुलनात्मक अध्ययन गरी व्यवहारिक निचोड निकालिएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय, नेपाल राष्ट्र बैंक, वित्तिय संस्था तथा वाणिज्य बैंकलगायतका आधिकारिक स्रोतबाट प्रक्षेपित तथ्यांकका आधारमा तयार गरिएको यो सामग्री बैंक तथा वित्तिय संस्था, सेवाग्राही, डेभलपर र एजेन्टलगायत अन्य सरोकारवाला निकायका लागि सान्दर्भिक हुनेगरि तयार पारिएको छ ।

यस प्रतिवेदनमा गत फागुनमा बसोबाससँग जोडिएका सेवाग्राही र उनीहरूको मागमा आधारित छ । जसमा घरजग्गा खोजीरहेका ९८६  जना नमूना सेवाग्राहीहरू समावेश छन् । यो नमुना तथ्यांकका आधारमा निकालिएको तथ्यांक वास्तविक आंकडासँग मिल्दोजुल्दो छ ।

उद्देश्यहरू (Objectives)

  • नेपालको घरजग्गा बजारको वास्तविक अवस्था विश्लेषण र सेवाग्राहीको माग पत्ता लगाउनु,
  • बसोबास डटकमसँग सम्बन्धित नमूना खरिदकर्ताबाट सेवाग्राहीको व्यवहार विश्लेषणको मूल्याङ्कन गर्नु,
  • घरजग्गा बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने वित्तीय गतिविधिसँग सम्बन्धित तथ्याङ्क प्राप्त गर्नु ।

१. सेवाग्राहीको व्यवहार विश्लेषण (Buyer Behavior Analysis)

१.१ सेवाग्राहीबाट प्राप्त सोधपुछको अवस्था

‘सेवाग्राहीको व्यवहार विश्लेषण’ प्रतिवेदन फागुन महिनामा बसोबास नेपालले प्राप्त गरेको सोधपुछमा आधारित छ । विभिन्न स्थानबाट विभिन्न प्रकारका प्रपर्टिका लागि ९ सय ८६ जनाबाट प्राप्त भएको विवरणलाई यस प्रतिवेदनमा समावेश गरिएको छ । जसको विस्तृत जानकारी निम्नानुसार छः

सेवाग्राहीको मागसंख्याप्रतिशत (%)
घर २९२२९%
जग्गा१७६१८%
अपार्टमेन्ट१०२१०%
व्यवसायिक भवन८७९%
प्रपर्टि भाडामा१४४१५%
हाउजिङ१८५१९ %
कूल९८६१०० %
तालिका नं. १

सेवाग्राहीबाट प्राप्त सोधपुछलाई वृत्तचित्रमा प्रस्तुत गर्दाः

वृत्तचित्र नं. १

वृत्तचित्र नं. १ मा देखाइएको अनुसार, फागुनको मासिक अनुसन्धानमा सेवाग्राहीले खोजेका प्रपर्टीका प्रकार निम्नानुसार छन्ः 

कूल सोधपुछमध्ये अधिकतम २९ प्रतिशत शेयर आवासीय घरका लागि पाइएको छ । न्यूनतम ९ प्रतिशत व्यवसायिक भवनका लागि सोधपुछ भएको पाइएको छ । त्यस्तै; जग्गा, अपार्टमेन्टका, प्रपर्टी भाडा र हाउजिङका लागि प्राप्त सोधपुछले क्रमशः १८, १०, १५ र १९ प्रतिशत शेयर ओगटेको छ ।

१.२ प्रपर्टीका प्रकार आवासीय, व्यवसायिक, जग्गा, आदि ) अनुसारको मूल्यदर (Pricing according to property type; residential, commercial, land, etc.)

क. तलको तालिकाले सेवाग्राहीबाट सोधपुछ गरिएका घरका मूल्यदरको प्रतिनिधित्व गर्दछ ।

मूल्यदर (करोडमा)सोधपुछ संख्याप्रतिशत (%)
१ – २३२११
२ – ३१३४४६
३ – ४५४१८
४ – ५३५१२
५ – ६२०
६ >१७
कूल२९२१००
तालिका नं. २

तालिका नं. २ को तथ्यांकलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. १

अधिकतम शेयर ४६ प्रतिशत (२–३) करोड खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ६ प्रतिशत (६ >) करोड खण्डले ओगटेको छ । त्यस्तै; (१–२), (३–४), (४–५), र (५–६) करोड खण्डले क्रमशः ११ प्रतिशत, १८ प्रतिशत, १२ प्रतिशत र ७ प्रतिशत शेयर पाएका छन् ।

ख. तलको तालिकाले सेवाग्राहीबाट सोधपुछ गरिएका जग्गाको मूल्यदरको प्रतिनिधित्व गर्दछः

जग्गाको मूल्यदर (करोडमा)सोधपुछ संख्याप्रतिशत(%)
< २०२३१३
२० – ४०६२३५
४० – ६०५०२८
६० – ८०२६१५
८० >१५
कुल१७६१०० 
तालिका नं. ३

माथिको तालिकालाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. २

लेखाचित्र नं. २ मा देखाइए अनुसार, फागुनको मासिक अनुसन्धानमा सेवाग्राहीले सबैभन्दा बढी खोजेका जग्गाको मूल्यदर निम्नानुसार छन्ः

अधिकतम शेयर ३५ प्रतिशत (२०–४०) लाख प्रतिआना खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ९ प्रतिशत (८०≥) लाख प्रतिआना खण्डले ओगटेको छ । त्यस्तै; < २०, (२०–४०), र (६०–८०) लाख प्रतिआना खण्डले क्रमशः १३ प्रतिशत, २८ प्रतिशत र १५ प्रतिशत शेयर पाएका छन् ।

ग. सेवाग्राहीबाट अपार्टमेन्टका लागि आएका सोधपुछको संख्याः

प्रकार सोधपुछ संख्याप्रतिशत (%)
1BHK२०२०
2BHK४१४०
3BHK२७२६
4BHK१४१४
जम्मा १०२१००
तालिका नं. ४

तालिका नं. ४ लाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. ३

लेखाचित्र नं. ३ मा देखाइए अनुसार, फागुनको मासिक अनुसन्धानमा अपार्टमेन्टमा सेवाग्राहीबाट निम्नानुसारको सोधपुछ पाइएको छः 

अधिकतम शेयर ४० प्रतिशत 2BHK अपार्टमेन्ट खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर १४ प्रतिशत (4BHK) अपार्टमेन्ट खण्डले ओगटेको छ । त्यस्तै; 1BHK र 3BHK खण्डले क्रमशः २० र २६ प्रतिशत शेयर पाएका छन् ।

घ. सेवाग्राहीबाट व्यवसायिक भवनका लागि आएका सोधपुछको संख्याः

एकाइ (वर्गफिटमा)सोधपुछको संख्या प्रतिशत (%)
१००० <   १८२१
१०००-२००० २०२३
२०००-३००० २३२६
३०००-४००० १७२०
४००० > १०
कूल८७१००
तालिका नं. ५

तालिका नं. ५ को तथ्यांकलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. ४

लेखाचित्र नं. ४ मा देखाइए अनुसार, माघको मासिक अनुसन्धानमा व्यवसायिक भवनमा सेवाग्राहीबाट निम्नानुसारको सोधपुछ पाइएको छः 

अधिकतम शेयर २६ प्रतिशत (२०००-३०००)वर्गफिट खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर १० प्रतिशत (४००० >)वर्गफिट अपार्टमेन्ट खण्डले ओगटेको छ । त्यस्तै; (१००० <), (१०००-२०००), र (३०००-४०००) वर्गफिट खण्डले क्रमशः २१, २३ र २० प्रतिशत शेयर पाएका छन् ।

१.३ सम्भावित खरिदकर्ताले प्राथमिकता दिएका स्थानहरू (Location preferences by potential buyers)

क्र.संस्थानसंख्या 
१.धापाखेल१४५
२.बुढानिलकण्ठ१२५
३.भैँसेपाटी९०
४.धापासी५६
५.कलंकी ५५
६.सानोभर्याङ४२
७.इमाडोल३९
८.सानेपा२८
९.कार्यविनायक२६
१०.नेपालटार २४
११.गोंगबु२३
१२.किर्तिपूर२३
१३.बालकोट२१
१४.चावहिल १८
१५.बालुवाटार१७
१६.एकान्तकुना १४
१७.धुम्बाराही १४
१८.डिल्लिबजार१४
१९.लाजिम्पाट१३
२०.लैनचौर१३
२१.टिकाथली १३
२२.झम्सिखेल१३
२३.टोखा११
२४.ग्वार्को
२५.नख्खिपोट
२६.शङ्खमूल
२७.स्युचाटार
२८.मैतिदेवी
२९.भङ्गाल
३०.न्यूरोड
३१.चितवन, भरतपुर
३२.बालकुमारी 
३३.ठमेल
जम्मा ९८६
तालिका नं. ६

तालिका नं. ३ अनुसार, गत महिनामा सबैभन्दा बढि (१४५) संख्यामा धापाखेल क्षेत्रका लागि सोधपुछ प्राप्त भएको पाइएको छ । र, सबै भन्दा कम ठमेल, बालकुमारी र उपत्यका बाहिर चितवन, भरतपुर क्षेत्रका लागि (५)/(५) संख्यामा सोधपुछ प्राप्त भएको छ । र अन्य सोधपुछ भएका क्षेत्रमा बुढानिलकण्ठ, भैँसेपाटी, धापासी, कलंकी, सानोभर्याङ, र इमाडोल क्षेत्रका लागि क्रमशः १२५, ९०, ५६, ५५, ४२ र ३९ वटा सोधपुछ प्राप्त भएको छ । त्यसैगरी सानेपा, कार्यविनायक, नेपालटार क्षेत्रमा क्रमशः २८, २६, २४ किर्तिपूर र गोंगबुमा २३/२३ वटा र बालकोट क्षेत्रमा २१ वटा सोधपुछ प्राप्त भएको छ । 

त्यसैगरी; चावहिल, बालुवाटार, क्षेत्रका लागि क्रमशः १८, १७, वटा सोधपुछ प्राप्त भएको छ । एकान्तकुना, धुम्बाराही र डिल्लिबजार क्षेत्रका लागि १४/१४ वटा; लाजिम्पाट, लैनचौर, टिकाथली र झम्सिखेल क्षेत्रका लागि १३/१३ वटा; टोखा क्षेत्रका लागि ११ वटा; सोधपुछ प्राप्त भएको छ । 

ग्वार्को र नख्खिपोट क्षेत्रका लागि ९/९ वटा; शङ्खमूल क्षेत्रका लागि ८ वटा; स्युचाटार, मैतिदेवी र भङ्गाल क्षेत्रका लागि ७/७ वटा; न्यूरोडका लागि ६ वटा सोधपुछ प्राप्त भएको छ ।

सम्भावित खरिदकर्ताले रुचाएका ५ मूख्य स्थानहरू (Top 5 location preferred by potential buyers)

क्र.संस्थानसंख्या प्रतिशत (%)
१.धापाखेल१४५१५ %
२.बुढानिलकण्ठ१२५१२.७%
३.भैँसेपाटी९०९.१%
४.धापासी५६५.७%
५.कलंकी५५५.५%
अन्य५१५५२%
तालिका नं. ७

सम्भावित खरिदकर्ताले रुचाएका ५ मुख्य स्थानलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

वृत्तचित्र नं. २

वृत्तचित्र नं ३ मा देखाएअनुसार, सम्भावित १५ प्रतिशत अर्थात् १४५ जना खरिदकर्ताले सर्वाधिक रुचाएका क्षेत्रमा धापाखेल रहेको पाइएको छ । त्यस्तै; खरीदकर्ताले रुचाएका क्षेत्रहरूमा बुढानीलकण्ठ, भैँसेपाटी, धापासी र कलंकी क्रमशः १२.७ प्रतिशत, ९.१ प्रतिशत, ५.७ प्रतिशत, र ५.५ प्रतिशत रहेको पाइएको छ ।

२. बजार प्रवृत्ति र मूल्य विश्लेषण (Market Trends and Pricing Analysis)

क.  विभिन्न क्षेत्रमा प्रपर्टिको औसत मूल्यांकन अथवा (अधिकतम-न्यूनतम) तालिका फारमः

क्र.सं.स्थान ( काठमाडौं)मूल्यदर २०२४(न्यूनतम – अधिकतम)
१. बसुन्धरा४५ – ६० लाख प्रति आना
२.बुढानीलकण्ठ२७ – ६५ लाख प्रति आना
३.गोकर्णेश्वर१७ – ३५ लाख प्रति आना
४.कपन२७ – ५५ लाख प्रति आना
५.सितापाइला२० – ६५ लाख प्रति आना
६.बालुवाटार६५ – १ करोड ५० लाख प्रति आना
७.हात्तीगौंडा३६ – ७० लाख प्रति आना
८.महाराजगञ्ज७० – १ करोड ५० लाख प्रति आना
९.धापासी३५ – ६५ लाख प्रति आना
१०.कलंकी३५– १ करोड प्रति आना
११.टोखा२१ –  ५५ लाख प्रति आना
१२.भंगाल२५ – ५३ लाख प्रति आना
१३.जोरपाटी२७ – ७० लाख प्रति आना
१४.बानेश्वर६५ –  १ करोड ५० लाख प्रति आना
१५.काँडाघारी२५ –  ४६ लाख प्रति आना
१६.लाजिम्पाट७५ – १ करोड ५० लाख प्रति आना
१७.गोल्फुटार४५–  ७० लाख प्रति आना
१८.सामाखुशी४५ –  ८० लाख प्रति आना
१९.सुकेधारा५० – ७५ लाख प्रति आना
२०.बालाजु३२ – ८० लाख प्रति आना
२१.चावहिल६०–  १ करोड ८० लाख प्रति आना
२२.मन्डिकाटार४० –  ७० लाख प्रति आना
२३.धुमबाराही४८ – १  करोड प्रति आना
२४.विशालनगर६५ – १ करोड प्रति आना
२५.पेप्सीकोला४० – १ करोड प्रति आना
२६.तारकेश्वर१७ – ४५ लाख प्रति आना
२७.बाफल४० – ८५ लाख प्रति आना
२८.बौद्ध५५ – १ करोड प्रति आना
२९.गोदावारी१५.५ – ३० लाख प्रति आना
३०.बाँसबारी३५ – ७५ लाख प्रति आना
३१.ठमेल/दरबारमार्ग१.५ – ५ करोड प्रति आना
३२.नक्साल७५ – १ करोड ५० लाख प्रति आना
३४.चण्डोल७५ – १ करोड ५० लाख प्रति आना
३५.मूलपानी२२ – ५५ लाख प्रति आना
३६.स्युचटार२५ – ६५  लाख प्रति आना
३७.कोटेश्वर६० – १ करोड प्रति आना
३८.गोंगबु३५ –  ८० लाख प्रति आना
३९.सानोभर्याङ४० – ६५ लाख प्रति आना
४०.गोठाटार३० – ४० लाख प्रति आना
४१.स्वयम्भू४० – ८० लाख प्रति आना
तालिका नं. ८

तालिका नं. ८ अनुसार काठमाडौंका विभिन्न क्षेत्रमा चलेको जग्गाको मूल्यदर निम्नानुसार छन्ः 

बसोबास सेल्स टिम तथा अन्य सरोकारवालाहरूबाट प्राप्त जानकारी अनुसार काठमाडौं जिल्लामा जग्गाको अधिकतम मूल्यदर ठमेल/दरबारमार्ग क्षेत्रमा १ करोड ५० लाख देखि ५ करोड प्रति आना रहेको छ । अन्यमा बसुन्धरा क्षेत्रमा जग्गाको मूल्य ४५ देखि ६० लाख प्रति आना रहेको छ ।

त्यसैगरी; बुढानीलकण्ठ, गोकर्णेश्वर, कपन, सितापाइला, बालुवाटार, हात्तीगौंडा, महाराजगञ्ज, धापासी, कलंकी, टोखा, भंगाल, जोरपाटी, बानेश्वर, काँडाघारी, लाजिम्पाट, गोल्फुटार, सामाखुशी, सुकेधारा, बालाजु, चावहिल, मन्डिकाटार, धुमबाराही, विशालनगर, पेप्सीकोला, तारकेश्वर, बाफल, बौद्ध, गोदावारी, बाँसबारी, नक्साल, चण्डोल, मूलपानी, स्युचटार, कोटेश्वर, गोंगबु, सानोभर्याङ, गोठाटार, स्वयम्भूलगायतका क्षेत्रहरूमा जग्गाको मूल्य क्रमशः (२७ – ६५ लाख), (१७ – ३५ लाख), (२७ – ५५ लाख), (२० – ६५ लाख),  (६५– १ करोड ५० लाख), (३६  – ७० लाख), (७० – १ करोड ५० लाख), (३५ – ६५ लाख), (३५– १ करोड), (२१ – ५५ लाख), (२५ – ५३ लाख), (२७ – ७० लाख), (६५ –  १ करोड ५० लाख ), (२५ – ४६ लाख), (७५ – १ करोड ५० लाख), (४५–  ७० लाख), (४५ – ८० लाख), (५० – ७२ लाख), (३२ – ८० लाख), (६० – १ करोड ८० लाख), (४० – ७० लाख), (४८ – १ करोड), (६५ -१ करोड), (४० – १ करोड), (१७ – ४५ लाख), (४० – ८५ लाख), (५५ – १ करोड लाख), (१५.५ – ३० लाख), (३५ – ७५ लाख), (७५ – १ करोड ५० लाख), (७५ – १ करोड ५० लाख), (२२ – ५५ लाख), (२५ – ६५ लाख), (६० – १ करोड), (३५ –  ८०), (४० – ६५ लाख), (३० – ४० लाख), (४० – ८० लाख) प्रति आना रहेको छ ।

ख. ललितपुरका विभिन्न क्षेत्रमा चलेको जग्गाको मूल्यदर

क्र.सं.स्थान (ललितपुर)मूल्यदर २०२४(न्यूनतम-अधिकतम)
१. भैंसेपाटी३५ लाख – १ करोड ३० लाख प्रति आना
२.नखीपोट३८ – ७५ लाख प्रति आना
३.नख्खु३८ – ७५ लाख प्रति आना
४.सानेपा६५ लाख – १ करोड २० लाख प्रति आना
५.इमाडोल३८ – ५५ लाख प्रति आना
६.टीकाथली३० – ३५ लाख प्रति आना
७.हात्तीवन३५ – ५५ लाख प्रति आना
८.धापाखेल30 – 60 लाख प्रति आना
तालिका नं. ९

तालिका नं. ९ अनुसार  ललितपुरका विभिन्न क्षेत्रमा चलेको जग्गाको मूल्यदर निम्नानुसार छन्ः

बसोबास सेल्स टिम तथा अन्य सरोकारवालाहरूबाट प्राप्त जानकारी अनुसार ललितपुर जिल्लामा जग्गाको अधिकतम मूल्यदर भैंसेपाटी क्षेत्रमा ३५ लाख देखि १ करोड ३० लाख प्रति आना रहेको पाइएको छ । त्यसैगरी अन्य क्षेत्रहरू नखीपोट, नख्खु, सानेपा, इमाडोल, टीकाथली, हात्तीवन, धापाखेलमा क्रमशः ३८- ७५ लाख प्रति आना, ३८- ७५ लाख प्रति आना, ६५ लाख – १ करोड २० लाख प्रति आना, ३८ – ५५ लाख प्रति आना, ३०- ३५ लाख प्रति आना, ३५ – ५५ लाख प्रति आना, ३० – ६० लाख प्रति आना रहेको छ ।

कर्जाका लागि प्राप्त सोधपुछलाई तालिकामा प्रस्तुत गर्दा,

घरकर्जामा इच्छुक/अनिच्छुकसंख्या प्रतिशतमा 
घरकर्जामा इच्छुक देखिएका३३१३४
घरकर्जामा इच्छुक नदेखिएका६५५६६
कूल९८६१००
तालिका नं. १० 

माथिको तालिकालाई वृत्तचित्रमा प्रस्तुत गर्दा,

वृत्तचित्र नं.

वृत्तचित्र नं. ३ मा देखाएअनुसार, घरजग्गा कर्जामा इच्छुक रहे नरहेका सेवाग्राहीहरू छुट्याउँदा ३३१ जना इच्छुक देखिएका छन्, जुन कूल सेवाग्राहीको ३४ प्रतिशत हो । त्यसैगरी, घरकर्जामा इच्छुक नदेखिएका सेवाग्राहीहरू ६५५ जना अर्थात् ६६ प्रतिशत रहेका छन् ।

ख) मासिक घरजग्गाको मूल्यमा देखिएको उतारचढाव (Monthly Real Estate Price Fluctuations)

तालिका नं. २ र ३ मा उल्लेख गरिएको जग्गाको मूल्य पछिल्लो महिनामा पनि स्थिर रहेको पाइएको छ । यसको अर्थ गत महिना घरजग्गाको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

ग) सेवाग्राहीले रुचाएका प्रपर्टिको आकार र सुविधाहरू (Trends in property sizes and amenities sought by buyers)

अ. अत्यधिक रूचाइएका प्रपर्टिको आकार (Trends in property sizes)

प्रायजसो सेवाग्राहीले प्रपर्टीको खरिदमा बैंकबाट प्राप्त हुने घरकर्जासँग निर्भर रहने गरेको पाइन्छ । जसले गर्दा बैंकबाट राम्रो मुल्यांकन पाउनेगरी अधिकांशले ३ आनाभन्दा बढी जग्गा खोजिरहेको पाइएको छ । यसबाहेक बंगलामा बस्न चाहने सेवाग्राहीले आठ देखि १६ आना जग्गामा चासो देखाएका छन् ।

आ. सेवाग्राहीले खोज्ने सुविधाहरू (Amenities sought by buyers)

अधिकांश सेवाग्राहीले आवासिय घरमा आधुनिक सुविधाको खोजी गरेको पाइएको छ । जसमा मोड्युलर किचन, अट्याच दराज तथा पार्केटिङ, प्यानलिङ र अट्याच बाथरुम आदि छन् । 

३. सेवाग्राहीको व्यवहार विश्लेषणलाई प्रभाव पार्ने तत्वहरू (Factors affecting buyers behavior Analysis)

घरजग्गाको कारोबारमा बैंकिङ क्षेत्र र कर्जा प्रवाह, सरकारी नीति तथा कार्यक्रम, मौद्रिक नीति जस्ता विभिन्न पक्षले प्रभाव पार्दछ । यस सेग्मेन्टमा, फागुन महिनामा परिमार्जन तथा परिवर्तन भएका घटनाहरूको संक्षिप्त समिक्षा गरिएको छ ।

३.१ माघ महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर(Deposit interest rates of commercial banks)

फागुन महिनाका लागि वाणिज्य बैंकहरूले निर्धारण गरेको निक्षेपको ब्याजदर गत महिनाको दरलाई नै कायम गरिएको छ ।

वाणिज्य बैंकद्वारा फागुन महिनाका लागि तोकिएको घरकर्जा दर (Home loan rates set by commercial banks for the month of Magh):

क्र.सं बैंकको नामब्याजदर सेवा शुल्क
१.एनआईसी एसिया बैंक९.९२ % देखि ११.९२ % _
२.कुमारी बैंक१०.४९ % (स्थिर व्याजदर ७ वर्ष) _
३.प्रभु बैंक१२.९९ % (स्थिर व्याजदर ५ वर्ष) _
४.लक्ष्मी सनराइज बैंक९.९९ देखि १२.९९ % _
५.नेपाल बैंक लिमिटेड८.५७ देखि १२.५७ % ०.७५ % 
६.राष्ट्रिय वाणिज्य बैंक१०.४२ % (स्थिर व्याजदर ५ वर्ष) ०.७५ % 
७.नेपाल इन्भेस्टमेन्ट बैंक ९.४१ देखि १४.४१ % ०.७५ % 
८. सिद्धार्थ बैंक१०.२५ %  _
९.सिटिजन बैंक १०.९९ % (हाउजिङ कर्जा) _
१०.माछापुच्छ्रे बैंक लिमिटेड१२ % (५ वर्ष) _
११.नबिल बैंक१०.३६ देखि ११.८६% ०.७५ % 
१२.एभरेष्ट बैंक१०.२१ देखि १२.२१ % ०.७५ % 
१३.एनएमबि बैंकसुलभ होम लोन ९.९९% (१० वर्ष)_
१४.प्राइम कर्सियल बैंक१२ देखि १४ % (स्थिर व्याजदर २० वर्ष)_
१५.सानिमा बैंक१०.७७ देखि १२.७७% _
१६.मुक्तिनाथ विकास बैंक१०.६९ देखि १५.१९ % _
१७.ग्लोबल आइएमई बैंक९.३८ देखि १२.८८ % _
१८.नेपाल एसबीआई बैंक१४.५० % (स्थिर व्याजदर ५ वर्ष)_
२९.हिमालयन बैंक११.२५ %  (५ वर्ष)०.७५ % 
२०.स्टाण्डर्ड चार्टर्ड बैंक११ % (५ वर्ष)_
२१.महालक्ष्मी बैंक १०.३६ देखि १४.११ % _
२२.कृषि विकास बैंक१३.२२ % (५ वर्ष)_
तालिका नं. ११ 
तालिका नं. ११ मा देखाएअनुसार, फागुन महिनाका लागि वाणिज्य बैंकहरूले दिएको घरकर्जाको अधिकतम ब्याजदर नेपाल एसबीआई बैंकको १४.५० (स्थिर ब्याजदर ५ वर्ष) प्रतिशत रहेको छ । र, न्यूनतम ब्याजदर नेपाल बैंक लिमिटेडले ८.५० प्रतिशत देखि १२.५७ प्रतिशत तोकेको छ । माघ महिनामा बैंकहरूले दिएको निक्षेपको अधिकतम ब्याजदरको तुलनामा फागुनमा औसत ब्याजदर ०.४ प्रतिशत बिन्दु कम छ ।

४. घरजग्गाको मासिक कारोबार र राजस्व संकलन (Monthly real estate transactions and revenue collection)

४.१ मासिक राजश्व संकलन

तलको रेखाचित्रमा गत महिनामा देशभरका मालपोत कार्यालयबाट संकलित राजश्वको विवरण प्रस्तुत गरिएको छः

लेखाचित्र नं. ४ अनुसार, गत महिनामा देशभरका मालपोत कार्यालयबाट संकलित राजश्व निम्नानुसार छः 

गत महिनामा भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरले अधिकतम (३२ करोड ५८ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ) राजश्व संकलन गरेको पाइएको छ । त्यसैगरी गत महिना उल्लेख्य राजश्व संकलन गर्ने मालपोत तथा भूमि सुधार कार्यालयहरूमा मालपोत कार्यालय चाबहिल (२३ करोड ३० लाख ५९ हजार १ सय ४६ रुपैयाँ), भू.मा.का भक्तपुर (२३ करोड १७ लाख ३७ हजार ४ सय ४४ रुपैयाँ), मा.का कलंकीबाट (२२ करोड १२ लाख ६९ हजार ८ सय ९९ रुपैयाँ),  भू.मा.का डिल्लिबजार (१९ करोड १७ लाख ३७ हजार ८ सय ९९ रुपैयाँ) र मा.का चितवनबाट (१४ करोड ८१ लाख ८० हजार ४ सय ६९ रुपैयाँ) रहेका छन् । 

४.२ मासिक लिखत पारित (Monthly Registrations)

तलको रेखाचित्रमा गत महिनामा देशभर सबैभन्दा धेरै लिखत पारित भएका मालपोत कार्यालयहरूको विवरण प्रस्तुत गरिएको छः

क्र.संमालपोत कार्यालयलिखत पारित
१.भू.मा.का इनरुवा, सुनसरी२००६
२.भू.मा.का जनकपुरधाम, धनुषा१९९७
३.भू.मा.का भद्रपुर, झापा१८५०
४.मा.का बेलवारी, मोरङ१६४३
५.भू.मा.का राजविराज, सप्तरी१३६५
६.भू. मा.का जलेश्वर, महोत्तरी१२८४
तालिका नं. १२

रेखाचित्र नं. १ अनुसार, गत महिनामा देशभरका मालपोत कार्यालयबाट भएको घरजग्गाको लिखत पारित अर्थात कारोबारको विवरण निम्नानुसार छः

गत महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट अधिकतम २ हजार ६ संख्यामा घरजग्गा लिखत पारित भएको पाइएको छ ।  यसबाहेक, जनकपुरधाम, धनुषाबाट १९ सय ९७; भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट १८ सय ५०; मालपोत कार्यालय बेलबारी, मोरङबाट १६ सय ४३; भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीबाट १३ सय ६५; र भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर, महोत्तरीबाट १२ सय ८४ संख्यामा घर जग्गाको लिखत पारित भएको पाइएको छ ।

४.३ मासिक कारोबार (Monthly Transactions)

फागुन महिनामा काठमाडौंका विभिन्न मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबारको अवस्था

क्र.संमालपोत कार्यालयलिखत पारितराजश्व संकलन
१.मालपोत कार्यालय कलङ्की, काठमाडौं७०७२२,१२,६९,८०९
२.मालपोत कार्यालय चावहिल, काठमाडौं४५१२३,३०,५९,१४७
३.मालपोत कार्यालय साँखु, काठमाडौं४०२८,४२,७४,७२३
४.मालपोत कार्यालय, मनमैजु, काठमाडौं३१५७,४९,३५,५३१
५.भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं२१११९,१७,३७,८९९
६.मालपोत कार्यालय टोखा, काठमाडौं१९१८,२२,५३,५५५
तालिका नं. १३

तालिका नं. १३ मा प्रस्तुत भएअनुसार, काठमाडौं जिल्लामा अधिकतम राजश्व संकलन गर्नेमा मालपोत कार्यालय चाबहिल रहेको छ । चावहिलबाट ४ सय ५१ लिखत पारित हुँदा (२३ करोड ३० लाख ५९ हजार १ सय ४७) रुपैयाँ राजश्व संकलन भएको छ । भने न्यूनतम मालपोत कार्यालय मनमैजुबाट ३ सय १५ लिखत पारित हुँदा (७ करोड ४९ लाख ३५ हजार ५ सय ३१) रुपैयाँ राजश्व संकलन भएको छ । 

त्यस्तै, मालपोत कार्यालय कलङ्कीबाट ७ सय ७ लिखत पारित हुँदा (२२ करोड १२ लाख ६९ हजार ८ सय ९ रुपैयाँ), डिल्लीबजार मालपोत कार्यालयबाट २ सय ११ लिखत पारित हुँदा  (१९ करोड १७ लाख ३७ हजार ८ सय ९९), साँखु मालपोत कार्यालयबाट ४ सय २ लिखत पारित हुँदा (८ करोड ४२ लाख ७४ हजार ७ सय २३) र टोखा मालपोत कार्यालयबाट १ सय ९१ संख्यामा लिखत पारित गर्दा (८ करोड २२ लाख ५३ हजार ५ सय ५५ रुपैयाँ) राजश्व संकलन गरेको छ ।

पछिल्लो ८ महिनामा सबैभन्दा बढी कारोबार भएका मालपोत कार्यालयहरू (Malpot Offices with the highest turnover in the last 8 months):

क्र.संमालपोत कार्यालयलिखत पारित
१.भूमि सुधार तथा मालपोत कार्यलय इनरूवा, सुनसरी१४,८०१
२.भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधाम, धनुषा१२,७५९
३.भूमि सुधार तथा मालपोत कार्यलय बेलबारी, मोरङ११,४९१
४.भूमि सुधार तथा मालपोत कार्यलय भद्रपुर, झापा१०,९७२
तालिका नं. १४

तालिका नं. १४ अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ८ महिनामा सबैभन्दा धेरै कारोबार भूमि सुधार तथा मालपोत कार्यलय इनरूवा, सुनसरीबाट भएको पाइएको छ । उक्त मालपोत कार्यालयबाट १४ हजार ८ सय १ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । त्यसैगरी उल्लेख्य कारोबार गर्ने अन्य मालपोत कार्यालयहरू भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधाम, धनुषा; भूमि सुधार तथा मालपोत कार्यलय बेलबारी, मोरङ; र भूमि सुधार तथा मालपोत कार्यलय भद्रपुर, झापाबाट क्रमशः १० हजार ७ सय ६२, ९ हजार ८ सय ४८, र ९ हजार १ सय २२ संख्यामा लिखत पारित भएको पाइएको छ ।

निष्कर्ष (Conclusion)

फागुन महिनामा बसोबास नेपालले प्राप्त गरेको सोधपुछ, विभिन्न सरकारी निकाय, बैंकिङ संस्था लगायत विभिन्न सरोकारवाला निकायबाट प्राप्त तथ्यांकलाई विश्लेषण गर्दा गत महिना घरजग्गा बजार चलायमान रहेको पाइएको छ । यद्यपि बैंकिङ क्षेत्रमा देखिएको उतारचढाव र सरकारको पहल तथा नीतिगत व्यवस्थाका कारण सेवाग्राहीहरू प्रभावित छन् ।

सेवाग्राहीको व्यवहारलाई आधार मानेर हेर्दा, व्यवसायिक भवनहरूमा सेवाग्राहीले औसत चासो देखाएका छन् । यसबाहेक जग्गा, अपार्टमेन्ट, भाडा, र हाउजिङमा पनि उल्लेखनीय सोधपुछ पाइएको छ । जसमा ३ आना भन्दा बढी जग्गामा बनेका घर र बंगलाहरूमा ८ देखि १६ आना जग्गा क्षेत्रफललाई प्राथमिकता दिइएको छ । त्यसैगरी, माथिको तथ्यांकअनुसार वर्तमान अवस्थामा अधिकांश सेवाग्राहीहरू साढे दुई देखि ४ करोड मूल्यका आवासीय घरमा इच्छुक देखिन्छन् ।

आधुनिक सुविधाहरू जस्तै मोड्युलर किचन र संलग्न सुविधाहरू उपभोक्ताहरू द्वारा अत्यधिक खोजी गरिन्छ । बैंकिङ क्षेत्र नीतिहरू, सरकारी नियमहरू, र मौद्रिक नीतिहरू जस्ता कारकले सेवाग्राहीको व्यवहार प्रभावित हुन्छ ।

वाणिज्य बैंकहरूले फागुन महिनाका लागि प्रवाह गरेको घर कर्जाको ब्याजदरमा विविधता पाइएको छ । जसमा नेपाल एसबीआई बैंकले १४.५० प्रतिशतमा उच्चतम् दर प्रस्ताव गरेको छ । नेपाल बैंक लिमिटेडले ८.५० प्रतिशतदेखि १२.५७ प्रतिशतसम्मको दायरा तोकेको छ । माघको तुलनामा फागुनको ब्याजदर घटेको पाइएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालयहरूबाट राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि देखिएको छ, जसले कारोबारमा गतिशीलतालाई सङ्केत गर्दछ । राजश्व संकलनमा उपत्यकाका मालपोत कार्यालयहरू अघि देखिएपनि तराइका जिल्लाहरूमा अधिकतम लिखत पारित भएको पाइएको छ ।

समग्रमा, नेपालको रियल इस्टेट क्षेत्रको वर्तमान अवस्था चलायमान देखिन्छ । सेवाग्राहीको सोधपुछमा देखिएको विविधता, बढेको कारोबार तथा राजश्व संकलन र घटेको बैंकको ब्याजदरले बजारको गतिशीलता झल्काउँछ । यसले बजार सकारात्मक बन्दै गएकाले सरोकारवालाहरूका लागि लगानीको अवसरहरू प्रदान गर्छ ।

सम्बन्धित निकायका लागि सुझाव (Suggestion for concerned bodies)

डेभलपर्सः  गत महिनाको अनुसन्धानलाई मध्यनजर गर्दा, २० देखि ४० लाख प्रतिआना सम्ममा बनेका घरहरूले बजारको मागलाई पूर्ति गर्न सकिने देखिन्छ । तसर्थ,  डेभलपरहरूले २ देखि ४ करोड सम्मका घर निर्माण गर्दा उपयुक्त हुने देखिन्छ । त्यसैगरी लक्जरी लिभिङमा सेवाग्राहीहरूले हाउजिङ भन्दा भाडाका अपार्टमेन्टहरूमा चासो देखाएको हुँदा ‘रेन्टल अपार्टमेन्ट’ निर्माणलाई प्राथमिकता दिनु राम्रो हुने देखिन्छ ।डेभलपर्सः  

बैंकः बैंकिङ सेवाबारे गरिएको अध्ययनअनुसार आम सर्वसाधारणमा बैंकिङ सेवाबारे त्यति सचेतता नभएको पाइएको छ । सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्न सहज र सरलका साथै सेवा प्रवाहको प्रक्रियालाई छिटो बनाउन सके बैंकिङ सेवाहरू प्रभावकारिता बढ्ने देखिन्छ । सेवाग्राहीमा रहेको अन्योललाई सम्बोधन गर्न बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धी सूचना अझ प्रभावकारी ढङ्गले प्रवाह गर्ने र सम्भावित खरिदकर्तामा बैंकिङ सेवाको सहज पहुँच पुर्याउन आवश्यक छ ।बैंकः

लगानीकर्ताः घरजग्गामा लगानी गर्दा यस सम्बन्धी सम्पूर्ण कानुनी पक्षको अध्ययन गरेर मात्रै लगानी गर्नु राम्रो हुन्छ । यदि आफूले अध्ययन गर्न सम्भव नभएको खण्डमा सम्बन्धित विज्ञहरूसँग परामर्श लिएर मात्र अघि बढ्नु उपयुक्त हुन्छ । पछिल्लो समय घरजग्गा बिक्रीमा प्राविधिक हस्तक्षेप बढेको छ । जसलाई मध्यनजर गर्दै, सम्पत्ति सूचिकरण, प्रपर्टीको भर्चुअल भिजिट, र कारोबारमा पनि डिजिटल माध्यमको फाइदा लिन सकिन्छ । यसले कारोबारमा पहुँच फराकिलो बनाउनुका साथै खरिदकर्ता र बिक्रेता दुवैको प्रक्रिया सरल बनाउँछ ।

सन्दर्भ सामग्री (References)

प्रतिक्रिया दिनुहोस्
Pin It