Lifestyle

पोखराको भाइब्स दिने बिजी बि क्याफे अब काठमाडौंमा पनि 

Pinterest LinkedIn Tumblr

काठमाडौं । पोखरा लेकसाइडको सबैभन्दा प्रसिद्ध र व्यस्त क्याफे मध्ये एक हो  ‘बिजी बी क्याफे’ । पोखरा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल बिजी बी ले राजधानी काठमाडौंमा पनि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ठमेलस्थित चाक्सीबारी सञ्चालित यस क्याफेले पोखराकै बिजी बी को झल्को दिन्छ । 

१७ वर्षको लामो अनुभव बटुल्दै ‘पोखरा भाइब्स’ काठमाडौंमै दिने उद्देश्यसहित बिजी बि सञ्चालन आएको छ । नयाँ बिजी बि ले पोखराकै एम्वियन्स अगालेको छ । ग्राउन्ड फ्लोर र पहिलो तल्लामा निर्मित क्याफे करिब २ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

म्युजिक, फुड र ड्रिङ्क्सका लागि प्रसिद्ध बिजी बी ‘स्क्यान्डिनिभियन डिजाइन’मा सजिएको छ, जहाँ इन्डोर, आउटडोर रूफटप, लाइभ म्युजिकले झन आकर्षण थपेको छ । 

busy bee cafe

उपत्यकाका पुराना भवनहरूको निर्माण शैलीको अनुसरण गर्दै क्याफे निर्माण भएको छ । भने क्याफेमा ‘सिम्प्लिसिटी’, ‘फङ्सनालिटी’ र ‘कम्फर्ट’ तीनवटै कुराहरूलाई ध्यानमा राखी निर्माण भएको पाइन्छ । 

क्याफेमा थप आकर्षण प्रदान गर्न कोरिडोरको दाँयाबाँयाका भित्तामा ‘क्यालिग्राफि’ र ‘ग्राफिटि’ अर्थात् हस्तलिखित आर्ट प्रयोग भएको छ । सिलिङमा बाँसबाट बनेका सामग्रीहरूको सजावट देख्न सकिन्छ, जसले पोखराको बिजी बि कै अनुभव दिलाउँछ।   

सहरी क्षेत्रमा प्रकृतिसँग रमाउन चाहनेहरूका लागि बिजी बी राम्रो गन्तव्य हुन सक्छ । सादगी र ग्राहकको कम्फर्टलाई ध्यानमा राखी क्याफे सञ्चालन गरिएको छ । 

busy bee cafe

स्क्यान्डिनिभियन डिजाइनले प्रकृतिसँग र प्राकृतिक कुराहरूलाई समेट्छ । सो को चित्रण गर्न क्याफे प्राङ्गणमा भएको रूखलाई टेबल सिटिङका रूपमा व्यवस्थित गरिएको छ । पर्खाल र भित्ता दुवैमा पोखरामा प्रयोग हुने ढुङ्गाहरूको प्रयोग भएको छ । 

क्याफे निर्माण गर्दा नेचुरल लाईटलाई विशेष ध्यान दिइ मुख्य भवनमा ठूला झ्याल र ढोकाहरू राखिएको छ । टेरेस र खुला स्पेसमा प्राकृतिक लाइटिङ छ । भर्याङ र बारिस्टामा दुईवटा मुख्य फोकल लाइट प्रयोग भएको छ । सम्पूर्ण स्पेसहरूमा वार्म लाइटहरूको प्रयोग भएको छ जसले ग्राहकलाई स्वागत गरिरहेको अनुभव दिन्छ ।  

क्याफेमा थप आकर्षण प्रदान गर्न पहिलो तलाको झ्याल ‘लुभ्रे डिजाइन’मा निर्माण गरिएको छ । 

बीजी बी ‘लाइभ म्युजिक’को लागि प्रख्यात छ । ग्राहकलाई लाइभ म्युजिकका भरपुर मजा प्रदान गर्न स्टेज  लाइटको प्रयोग गरिएको छ । 

busy bee cafe

मुख्य बिल्डिङको संरचना प्रवेशद्वार र इन्डष्ट्रियल फ्यानले गर्दा भवनमा ‘इन्डष्ट्रियल लुक्स’ समेत देख्न सकिन्छ ।वालहरूलाई विभिन्न प्रकारका फ्रेम र वालअर्टहरूले सजाइएको छ । प्रवेशद्वारमा ग्राफिटि र क्यालिग्राफि छ भने मुख्य भवनमा ‘ब्यान्ड’ र ‘आर्टिस्ट’ हरूको पेन्टिङले सजाइएको छ । स्पेसलाई थप आकर्षक बनाउन पिल्लर र चेयरहरूमा ‘रस्टिक चक पेन्ट’ गरिएको छ । 

विशेष सेलिब्रेसन र उत्सवका लागि क्याफेको पहिलो तल्लामा ‘नर्थ अन्नपूर्ण’ रुमको पनि व्यवस्था गरिएको छ । जहाँ नर्थ अन्नपूर्ण का फोटो र पेन्टिङहरूले सजाइएको छ । 

busy bee cafeखाना वा खाजाको लागि होस् वा नाइट लाइफ, हरकोही बीजि बि क्याफे भ्रमण गरि प्रकृति र बिजि बि को सुन्दरतासँग रमाउने गरेका छन् । पोखरामा धेरै सेवाग्राहीको विश्वास जित्न सफल बिजि बी को काठमाडौं शाखाले पनि ग्राहक तथा सेवाग्राहीको उतिनै  माया पाउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It