News

घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका

Pinterest LinkedIn Tumblr

काठमाडौं । जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्रै पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य नक्सा पासको नियम लागू गरेको हो । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । 

यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन । 

पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि अनिवार्य रुपमा गाउँपालिकाबाट नक्सा पास गराएर मात्र निर्माण गर्न नौवटै वडालाई परिपत्र गरिएको छ । 

नक्सा पास नगरी निर्माण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाइएको छ । 

नक्सा पासका लागि नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्र पुर्जाको एक/एकप्रति प्रतिलिपि, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि, ट्रेस नक्सालगायत कागजात नक्सा पास गर्ने स्थानीयवासीले ल्याउनुपर्ने तिला गाउँपालिकाको नक्सा शाखाले जनाएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It