Development

६ महिनामै पुल तयार गर्ने कम्पनीले पाएन भुक्तानी रकम

Pinterest LinkedIn Tumblr

काठमाडौं । नुवाकोटको तादी गाउँपालिका–३ मा पक्की पुल निर्माण सम्पन्न भएको छ । काम सुरु भएको ६ महिनामै खरानीटार र उर्लेनीको सीमा जोड्ने पक्की पुल सम्पन्न भएको हो । 

दोर्खु खोलामा निर्माण भइरहेको ४१ मिटर लामो पुल ८.४ मिटर फराकिलो छ । गत बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पुलको उद्घाटन गरिसकेका छन् । 

निर्माण कम्पनी जयविष्णु निर्माण सेवा र पूर्वाधार विकास कार्यालयबीच ०७९ असार ३० गते दुई वर्षभित्र अर्थात २०८१ असार ३० पुल सम्पन्न गर्ने सम्झौता भएको थियो । तर पुल निर्माणको समय सिमा सकिन १४ महिना बाँकी रहँदै पुल प्रयाेगमा आइसकेको छ । 

ठाडो खोला र पानीको बहावले साउन १ देखि निर्माण कार्य सुरु गर्नुपर्ने थियो । तर विभिध कारणबश काम कात्तिकबाट सुरु हुनपुग्यो । यद्यपि निर्माण कम्पनीले २४ महिनामा पूरा गर्नुपर्ने काम ६ महिना नपुग्दै सम्पन्न गरेको छ । 

नुवाकाेटको विकट बस्तीको रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोध रहेको दोर्खु खोलामा बनेकाे पक्की पुलले स्थानीयमा उत्साह छाएको छ । 

पुल निर्माणका लागि ६ करोड ९९ लाख ३९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण समय अघिनै सम्पन्न गरेपनि निर्माण कम्पनीले भुक्तानी भने पाएको छैन । 

हाल पुलको निर्माण व्यवसायीलाई पाँच करोड ६२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It