News

घटस्थापनाको दिन पद्मा कोलोनी चौथो फेज उद्घाटन हुँदै, सहभागी हुनेलाई ७ प्रतिशत सम्म छुट

Pinterest LinkedIn Tumblr

काठमाडौं । भोली घटस्थापनाको दिन निर्माणाधीन पद्मा कोलोनी चौथो फेजमा उद्घाटन तथा ओपन हाउस कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम मार्केटिङ पार्टनर बसोबासले सञ्चालन गर्न लागेको जनाइएको छ  ।

कम्पनीले निर्माण गरिरहेका घरहरूको सेवा सुविधा लगायत विस्तृत जानकारी गराउने उद्देश्यले ओपन हाउस कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । भोलि असोज १० गते घटस्थापनाको सुभ साइत पारेर आयोजना गरिएको उक्त कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता हुनेछ । कार्यक्रम बिहान १० देखि ५ बजेसम्म तय भएको छ भने १२ः३० मा मेयरले रिबन काटेर कार्यक्रमको उद्घाटन गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले वडा दशैँको अवधि पारेर अफरहरू सार्वजनिक गरेको छ । यस अवसरमा बुकिङ गर्नेहरूका लागि कम्पनीले ५ प्रतिशत छुटको व्यवस्था गरेको छ भने ओपन हाउसमा सहभागीहरूका लागि अतिरिक्त २ प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । 

सीतापाइला चोकबाट २.२ किलोमिटरको  दूरीमा रहेको कोलोनी आधुनिक बक्स मोडलमा निर्माण भएको छ । १७ रोपनीमा निर्माणाधिन कोलोनीमा ४५ वटा घरहरू रहेका छन् । कोलोनीमा ३ आनादेखि ५ आना क्षेत्रफलमा साढे दुई तलाका घरहरू रहेका छन् । भने घरहरू बेसमेन्ट भएका र नभएका गरी दुइ थरि र ननफर्निसिङ, सेमिफर्निसिङ फुल फर्निसिङ गरि तिन प्रकृतिका छन् । किराले खाने समस्याबाट छुटकारा पाउनका लागि कम्पनीले घरका झ्याल, ढोका, भर्याङको पार्केटिङ र प्यानलिङको लागि स्पेसल सिसौ काठको प्रयोग गरेको छ । 

भर्याङ

चौथो फेजका घरहरूमा ३ BHK देखि ४ BHK अर्थात् बेडरूम, लिभिङ रुम र भान्छाकोठा छन् । घरको मूल्य घरको साइज, जग्गाको फैलावट, अवस्थिति र तलाको आधारमा निर्धारण गरिएको छ । प्रत्येक बिल्डिङमा नेचुरल लाइट र भेन्टिलेसनलाई विशेष जोड दिइएको छ । भूकम्प प्रतिरोधि र NBC अर्थात् राष्ट्रिय भवन कोडका प्यारामिटर अनुसार घर निर्माण गरिएका छन् । 

कम्पनीले जग्गाको क्षेत्रफल र घरअनुसार मूल्य २ करोडदेखि ३ करोड ५० लाखसम्म पर्ने जानकारी दिएको छ । उपभोक्ताको चाहनाअनुसार ननफर्निसिङ, सेमिफर्निसिङफुल्ली फर्निसिङ सहितका घर बनाउने कम्पनीले जनाएको छ ।

 फिनिसिङको चरणमा रहेका घरहरूमा हाल फल्स सिलिङ, टायल, मार्बलपार्केटिङको काम भइरहेको छ । कोलोनी शान्त, शीतल र रमणिय स्थानमा अवस्थित छ । कोलोनीबाट उँदाउदो पारिलो घाम र अस्ताउँदो घामको मजा लिन सकिन्छ । 

कोलोनी

यसअघि कम्पनीले पहिलो चरणमा सीतापाइला, दोस्रो ललितपुरको कुसुन्ती र तेस्रो चरणमा नागार्जुन नगरपालिकाको रामकोटमा निर्माण गरी बिक्री गरिसकेको छ । भने हाल चौथो चरणमा निर्माण गरेका घरहरू बुकिङ खुल्ला भएको कम्पनीले जनाएको छ । हाउजिङमा विशेष छुटसहित बुकिङ खुल्ला गरिएको हो ।

कम्पनीले कोलोनीमा बस्न चाहनेहरूका लागि भुक्तानी प्रक्रियामा समेत सहजिकरण गरेको छ । तत्कालै  तपाईंसँग पर्याप्त रकम छैन भने सुरुवातमा ३० प्रतिशत भुक्तानी गर्न सक्नुहुन्छ । साथै स्वामित्व हस्तान्तरणको लागि २ महिना भित्र सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने हुन्छ । भने कम्पनीले एभरेष्ट बैंकबाट १४.५ देखि १५ प्रतिशत ब्याजदरमा ६० प्रतिशत सम्म घर लोन समेत व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It