Vaastu

वास्तुअनुसार कस्ता बिरुवा घरमा लगाउनु अशुभ हुन्छ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । वातावरणलाई शुद्ध राख्नमा बोटबिरुवाको विशेष भूमिका रहन्छ । बिरुवाको प्रकृतिअनुसार तीनिहरूले संचार गर्ने ऊर्जा पनि फरक हुन्छ । केही बिरुवाले हावाको अशुद्धतालाई सफा गर्छन् भने कतिपय बिरुवाले हावामा विषाक्त तत्व फैलाइरहेका हुन्छन् । वास्तुशास्त्रले पनि सकारात्मक ऊर्जा संचार हुनबाट रोक्ने बिरुवालाई घरभित्र नलगाउन सुझाएको छ ।

१. गुलाबको फूल

वास्तुशास्त्र अनुसार गुलाबलाई पनि घरभित्र राख्नु अशुभ मानिन्छ । यसमा भएको तीखो काँडाले नकारात्मक ऊर्जालाई आकर्षण गर्ने हुँदा घरमा कलह सिर्जना हुन्छ । घरमा राख्नै परे झट्ट नदेखिने ठाउँमा राख्नु राम्रो हुन्छ ।
Rose plant
२. बोन्साइ प्लान्ट

बोन्साइ प्लान्ट हेर्दा निकै सुन्दर देखिने भएपनि घरभित्रै राख्नु चाहिँ अशुभ मानिन्छ । विस्तारै बढ्ने यो प्लान्टले समृद्धि र सफलतामा बाधा पैदा गर्ने वास्तुशास्त्रमा उल्लेख छ ।

bonsai plant

३. काँडे ताज (crown of thorns)

रातो फूल फुल्ने यो बिरुवामा तिखा काँडाहरू हुन्छन् । यसले नकारात्मक उर्जालाई आकर्षण गर्ने हुँदा घरमा कलह सिर्जना हुन्छ । त्यसकारण वास्तुले थ्रोनी प्लान्टलाई शुभ मान्दैन ।

crown thorn plant

४. paper flower 
रातो, गुलाबी, बैजनी जस्ता विभिन्न रङ्गमा फूल्ने bougainvillea लाई पेपर फ्लावर पनि भनिन्छ । हेर्दा निकै सुन्दर देखिने यो प्लान्टमा पनि काँडा हुने हुँदा घरभित्र राख्नु अशुभ मानिन्छ ।
paper plant
५. क्याक्टस (Cactus)

वास्तुशास्त्रअनुसार घरभित्र क्याक्टसको बिरुवा हुनुलाई अशुभ मानिन्छ । वास्तुशास्त्र र फेंग शुईमा विश्वास गर्नेले घरमा क्याक्टसले नकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास राख्छन् । क्याक्टसमा हुने तीखो काँडाले नकारात्मक ऊर्जा सञ्चित गर्छ । यसलाई घरमा राख्दा परिवारमा तनाव र चिन्ता पनि निम्त्याउँछ । यदि सही स्थानमा राखियो भने, क्याक्टस लाभदायक पनि बन्ने जनविश्वास छ । 

Cactus

यसबाहेक घरमा सुकेको वा मर्न लागेका वा मरेका प्लान्टहरू राख्नु अशुभ मानिन्छ । वास्तुअनुसार यी प्लान्टहरूले घरमा प्रवाह हुने सकारात्मक ऊर्जालाई रोकि नकारात्मक ऊर्जाको सञ्चार गराउँछ । त्यस्तै घरमा दूधे बिरुवा लगाउनु पनि अशुभ मानिन्छ । वास्तुअनुसार दूध जस्तो पदार्थहरू निस्किने बिरुवाले नकारात्मक ऊर्जा प्रवाह गराउँछ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It