Lifestyle

तिहारका लागि घरमै बनाउनुहोस् खेरजाने चिजबाट आकर्षक बत्तिहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज चाडपर्व या विशेष अवसरमा विभिन्न आधुनिक चिजवस्तुहरूको प्रयोग गरी घर सजाउने प्रवृत्ति बढेको छ । यस्ता आधुनिक र विद्युतीय सजावटका सामग्रीहरूको प्रयोग कतिपय अवस्थामा खतराको कारण र खर्चिलो बन्न जान्छ । यस्तोमा सौहार्द रुपमा घर सजावटका वैकल्पिक उपायहरू अपनाउन सकिन्छ । तल, केही उपयुक्त सुन्दर उपायको चर्चा गरिएको छः 

पेपर व्याग ल्युमिनारिज (luminaries)
पेपर व्याग ल्युमिनारिज (luminaries)

हामीले सपिङ गर्दा विभिन्न कम्पनीका कागजका झोला घर ल्याएका हुन्छौं । खेर जाने तीनै झोलालाई पुनः प्रयाेग गरेर आकर्षक लाइटहरू बनाउन सकिन्छ । उक्त झाेलाकाे चारै तिर प्वाल पारी विभिन्न आकृति बनाएर ब्याट्रीबाट चल्ने बत्तीहरू राख्दा आकर्षक बत्ती तयार हुन्छ । जसले घरको सुन्दरता बढाउन मद्दत गर्दछ । 

बोत्तल-अप (Bottled-up)

बोत्तल-अप (Bottled-up)

हामी सबैकाे घरमा पुराना सिसा तथा प्लास्टिकका बोतलहरू हुन्छन् । तिनै बोतलको प्रयोग गरेर आकर्षक बत्ती बनाउन सकिन्छ । हामीसँग साधारण किसिमको लहरे बत्ती वा चिम त सबैको घरमा हुन्छ । साेही बत्तिलाई बोतलमा राखेर नयाँ स्वरूप दिन सकिन्छ । यसो गर्दा घरमा आकर्षक सजावट सामग्री त बन्यो नै, साथै फोहोरको हिस्सा बनिसकेका बोतलको पनि सदुपयोग हुन्छ ।

लेजर लाइटः

लेजर लाइट

घर उज्यालो बनाउन प्रयाेग हुने बत्तिहरू मध्य लेजर लाइट पनि एक हाे । यसलाई उचाइमाभुईँ दुबै ठाउँमा राखेर बाल्न सकिन्छ । उचाइमा राख्ने हो भने यो लाइटले भुईँमा थरिथरिको आकृति बनाउँछ । यसले निकै टाढासम्म प्रकाश फ्याँक्न सक्दछ । यसो हुँदा घरलाई सुन्दर र आकर्षक देखिन्छ ।

माटाकाे पालाः

माटाका पाला

घर उज्यालो बनाउने परम्परागत तरिका हाे माटाेकाे पाला । थालमा फूलहरू राखी त्यस माथि माटाकाे ३/४ ओटा  पालामा घ्यु वा तेल हाली बाल्न सकिन्छ । यो परम्परागत र आकर्षक बत्ती सजावटको उत्कृष्ट उपाय पनि हो । 

मैन बत्तीः 

मैन बत्ति

हिजोआज बजारमा विभिन्न आधुनिक बत्तिको प्रयोग बढेसँगै मैनबत्तीको प्रयोग हराउँदै गएको छ । मैनबत्तीलाई पनि आधुनिक तरिकाले उपयोग गरेमा घर अधिक सुन्दर देखिन्छ । मैनबत्तीलाई होल्डरमा राखेर टेबल घरको कुना उज्यालो बनाउन सकिन्छ । त्यसबाहेक मैनबत्तीलाई सिसाको गिलासभित्र राखेर बाल्दा यसको प्रकाशले फरकपन ल्याउँदछ । मैनबत्तीलाई एउटा भाडामा पानी भरेर फूलहरू राखी त्यसमाथि ३/४ ओटा मैनबत्ती बालेर राखेर पनि आकर्षक देखाउन सकिन्छ ।  

प्रतिक्रिया दिनुहोस्
Pin It