Luxury Living

पाँचतारे होटेल स्तरका अपार्टमेन्टहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येको एक पोखरा पनि हो । जहाँ अधिकांश मानिस स्थायी तथा अस्थायी रुपमा बसोबास गर्न रुचाउँछन् । यसैबीच अतिथि ग्रुपले पोखराको प्राइम लोकेसनमा अत्याधुनिक सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरिरहेको छ । 

प्रपर्टि भाडामा लगाएर पनि राम्रो आम्दानी गर्न सकिने स्थानमा रहेको अतिथि ग्रुपको यो अपार्टमेन्ट आवासीय तथा व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त छ । व्यवसायिक प्रयोजनका लागि अपार्टमेन्ट सञ्चालकले १० वर्षको सम्झौता गरी लालपूर्जा उपलब्ध गराउनेछ । र ग्राहकबाट लिजमा लिएको युनिटलाई पाँचतारे होटेलका रुपमा उपयोग गरिनेछ । १० वर्षपछि सो सम्झौता नविकरण तथा खारेज गर्न सकिनेछ ।

पाँचतारे होटेलस्तरका अपार्टमेन्टहरू बिक्रीमा

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराको फेवालेकमा निर्माणाधीन ‘अतिथि सुइट्स’ अपार्टमेन्टमा पाँचतारे होटल स्तरका सबै सुविधा उपलब्ध हुने बताइएको छ ।

अवस्थित यस परियोजनाका अपार्टमेन्ट कोलाहलमुक्त जीवनशैलीको आनन्द लिन चाहनेका लागि उपयुक्त छ ।

५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको अपार्टमेन्ट आठ तलाको हुनेछ । जसमा गोल्डेन, प्लाटिनम र डायमन्ड गरी तीन किसिमका ४९ वटा लग्जरियस युनिटहरू रहनेछन् । 

पाँचतारे होटेलस्तरका अपार्टमेन्टहरू बिक्रीमा

सुविधा र क्षेत्रफलका आधारमा 1BHK, 2BHK र 3BHK अपार्टमेन्टहरू निर्माण हुदैछन् । पेन्ट हाउस समेत रहेको अपार्टमेन्टमा रहेको रुफटप स्विमिङ पुल नेपालकै सबैभन्दा ठूलो भएको कम्पनीको दावी छ ।

अपार्टमेन्टका सबै भान्छाकोठामा सेन्ट्रलाइज्ड स्मार्ट ग्यास पाइपलाइन सिस्टम (पाइपलाईनमार्फत् ग्यास आउने) राखिएकाले सिलिन्डर बोकेर ग्यास ओसार्नुपर्ने झन्झट हुनेछैन । 

हरेक युनिटमा रहेका आकर्षक बाल्कोनीबाट फेवाताल र घनाजंगलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 

जिम र हेल्थ क्लब, स्पा, इन हाउस ग्रोसरी, कन्फरेन्स हल र पाँचतारे स्तरकाे रेष्टुरेन्ट रहने यो अपार्टमेन्ट लगानीमैत्री परियोजना हो ।

पाँचतारे होटेलस्तरका अपार्टमेन्टहरू बिक्रीमा

चौबीसै घण्टा हाउसकीपिङ र मर्मत सेवाको व्यवस्था गरिएको यस अपार्टमेन्टसँग २० फीटको सडकको पहुँच छ । पर्याप्त बेसमेन्ट पार्किङ सहितको अपार्टमेन्टको मूल्य प्रति वर्गफिट २५ हजार रुपैयाँ तोकिएको छ । 

अतिथी ग्रुप तथा बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । साथै, ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गरेर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It