Market

फाप्ला त स्वेतालाई फलामको व्यापार !

Pinterest LinkedIn Tumblr

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्मात्री श्वेता खड्काले मेटल व्यवसाय सुरु गरेकी छन् । भरतपुर आनन्दनगरमा रहेको पुरानो भगवत मेटललाई उनले नयाँ नाम भुदेवी स्टिलबाट सञ्चालनमा ल्याएकी हुन् । 

सोमबार श्रीमद भागवत एक्का पाठ गर्दै भुदेवी स्टिलको विधिवत सुरुवात गरिएको छ । श्वेताले परिवारसँगको सहकार्यमा व्यवसाय सञ्चालनमा ल्याएकी हुन् । 

यो फ्याक्ट्रीमा हाइड्रोपावर, झ्यालढोका, रोडक्रस ब्यारिअर, रोलिङ सटर र ठूला भवनका पुलमा प्रयोग हुने फलामजन्य सामग्रीको उत्पादन हुने जनाइएको छ ।

भुदेवी स्टिलबाट आफूले अहिले करिब ३०० स्कुलको काम गरिरहेको श्वेताले बताएकी छन् । भुदेवी स्टिल हाल औपचारिक सुरु गरे पनि केही समयपछि प्रेसमिट मार्फत सबैमा जानकारी दिने योजना रहेको उनले बताइन् । 

यसअघि निर्माण, हस्पिटालिटी र रेष्टुरेन्ट व्यवसायी पनि सञ्चालन गरेकी श्वेताको यो नयाँ व्यवसाय हो । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It