Market

घरजग्गा कारोबारमा नयाँ आयाम, किन आवश्यक छ मल्टि लिस्टिङ प्रणाली ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरजग्गा एजेन्ट तथा एजेन्सीहरूको छाता संगठन नेपाल रियल स्टेट अर्गनाइजेसनले घरजग्गा कारोबारमा स्टक एक्सचेन्ज जस्तै मल्टि लिस्टिङ प्रणाली सञ्चालनमा ल्याएको छ । बुधबार आयोजना गरेको सदस्यता प्रमाणपत्र वितरण समारोहमा एनरियोले सो जानकारी दिइएको हो ।

घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सीहरूलाई व्यवस्थित, पारदर्शी, र अझ बढि व्यवसायीक बनाउने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याइएको जनाएको छ । 

कार्यक्रममै मल्टि लिस्टिङ प्रणालीको थालनी गर्दै संस्थाकी वर्तमान अध्यक्ष पूर्णिमा राजभण्डारीले यस प्रणाली मार्फत काम गर्दा कारोबार छिटो हुने, कानुनी झन्झट नहुने, किन्ने/बेच्ने र एजेन्टले गलत कार्य गर्ने सम्भावना न्यून हुने, सरकारी करमा वृद्धि हुने, उपयुक्त मूल्यमा प्रपर्टी बजारमा बिक्रीमा आउने लगायतका फाइदा हुने समेत बताएकी छन् । 

MLS

यो प्रणाली अबका दिनमा सरकारले नै लागू गर्नुपर्ने र त्यसका लागि यस संस्थाले निरन्तर पैरवी गर्ने तथा सरकारले चाहे हाल संचालनमा आएको उक्त प्रणाली सरकारलाई हस्तान्तरण गर्न सकिने बताइएको छ ।

नेपाल रियल स्टेट अर्गनाइजेशनले आगामी दिनमा रियल स्टेट डिस्कसन दोस्रो सत्र चाँडै लिएर आउने, र संस्थाको थप विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरूसँग आवद्ध तथा सहकार्य गर्दै अघि बढ्ने समेत घोषण गरिएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै वृहत ग्रुपका कार्यकारी अध्यक्ष तथा नेपाल रियल स्टेट अर्गनाइजेशनका बरिष्ठ सल्लाहकार डा. ओम राजभण्डारीले डेभलपरले निर्माणको काम मात्रै गर्नु पर्ने र त्यस्ता प्रपर्टीहरू बेच्ने कार्य एजेन्ट तथा एजेन्सीले मात्र गर्ने परिपाटी बसाउनु पर्ने धारण राखे । 

अन्तरराष्ट्रिय स्तरमा घर जग्गा व्यवसाय तीब्र व्यवसायीकता तर्फ बढिरहेको छ । यस्तोमा नेपालमा पनि घरजग्गा व्यवसायलाई त्यस्तो व्यवसायीकता तर्फ उन्मुख गराउन आउने बैशाख महिनाको २३ र २४ गतेका दिनमा नेपाल रियल स्टेट कन्फ्रेन्स हुने बताइएको छ । एनरियोका सदस्यहरूले कन्फ्रेन्समा उपस्थित भइ आफ्नो व्यवसाय र ज्ञान बढाउन समेत घर जग्गा व्यवसायी, घर जग्गा एजेन्ट तथा एजेन्सी लगायत घरजग्गामा रुचि राख्ने सबैलाई आह्वान गरेका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It