काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनामा घरजग्गा कारोबार केही वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चैतमा ४९ हजार ८ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब ३८ सयले बढि हो ।
फागुनमा देशभरबाट ४६ हजार ६९ लिखत पारित भएको थियो । त्यस्तै गत वर्षको चैतमा भने ५० हजार २ सय ५२ घरजग्गाको लिखत पारित भएको थियो ।
कारोबारमा वृद्धि भएसँगै सरकारले फागुनमा घरजग्गाबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार ८ सय ६७ रूपैयाँ संकलन गरेको छ । जबकि फागुनमा ४ अर्ब १२ करोड ३१ हजार ७४ रूपैयाँ संकलन गरेको थियो ।
गत आर्थिक वर्षको चैतमा संकलित राजस्व ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार ८ सय १६ रूपैयाँ थियो ।
उपत्यका भित्रको घरजग्गा कारोबारः
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ ।
भक्तपुरबाट १ हजार ६१ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट १७ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, लगनखेलबाट ९ सय ५१, कलंकीबाट ७ सय २७ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको घरजग्गा कारोबारः
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट १८ सय ९६ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय सिंजा, नराकोट, जुम्लाबाट २ वटा लिखत पारित भएको छ ।
क्र.सं |
मालपोत कार्यालय |
लिखत पारित |
राजस्व संकलन (रुपैयाँमा) |
१. |
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी |
१८९६ |
१० करोड ४७ लाख ४ हजार ९ सय ३६ |
२. |
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा |
१८०१ |
६ करोड २८ लाख ५८ हजार ५ सय ९७ |
३. |
मालपोत कार्यालय बेलवारी, मोरङ |
१७१४ |
७ करोड ५६ लाख ९४ हजार २ सय २८ |
४. |
भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा |
१५३८ |
५ करोड ४ लाख ९१ हजार ४ सय १८ |
५. |
भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी |
१४०९ |
३ करोड ४४ लाख ४३ हजार ५ सय ५१ |
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । फागुनमा लगनखेल मालपोतबाट सबैभन्दा धेरै ३७ करोड ८९ लाख १७ हजार ५ सय ४० रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।
यस्तै, कलंकीबाट ३३ करोड ४५ लाख ४४ हजार ८ सय ३४; डिल्लिबजारबाट ३१ करोड ५६ लाख ६७ हजार ८ सय २७; चाबहिलबाट २९ करोड ८९ लाख ५८ हजार ८ सय ५१ र भक्तपुरबाट २७ करोड २५ लाख ७९ हजार ५ सय ३४ रुपैयाँ राजस्व संकलन भएको छ ।
क्र.सं |
मालपोत कार्यालय |
लिखत पारित |
राजस्व संकलन |
१. |
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर |
१०६१ |
२७ करोड २५ लाख ७९ हजार ५ सय ३४ |
२. |
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर |
९५१ |
३७ करोड ८९ लाख १७ हजार ५ सय ४० |
३. |
मालपोत कार्यालय कलंकी, काठमाडौं |
७२७ |
३३ करोड ४५ लाख ४४ हजार ८ सय ३४ |
४. |
मालपोत कार्यालय साँखु, काठमाडौं |
४८७ |
१० करोड १ लाख ६६ हजार ६८ |
५. |
मालपोत कार्यालय चावहिल, काठमाडौं |
५४८ |
२९ करोड ८९ लाख ५८ हजार ८ सय ५१ |
६. |
मालपोत कार्यालय मनमैजु, काठमाडौं |
२६५ |
७ करोड ८९ लाख २७ हजार ४ सय ५३ |
७. |
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं |
२४७ |
३१ करोड ५६ लाख ६७ हजार ८ सय २७ |
८. |
मालपोत कार्यालय टोखा, काठमाडौं |
१७६ |
६ करोड ८९ लाख ११ हजार ९ सय ४४ |
९. |
मालपोत कार्यालय गोटीखेल, ललितपुर |
१७ |
५ लाख १५ हजार ८ सय ९१ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।