काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा घरजग्गा कारोबार स्थिर देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर देखिएको हो ।
फागुनमा देशभरबाट ४६ हजार ६१ लिखत पारित भएको छ । जुन गत माघको तुलनामा आठ अंकले मात्र कम हो । माघमा ४६ हजार ६९ लिखत पारित भएको थियो । त्यस्तै गत वर्षको फागुनमा ५० हजार ९ सय ९८ संख्यामा घर जग्गा लिखत पारित भएको थियो ।
कारोबारमा गिरावट देखिएपनि सरकारले फागुनमा घरजग्गाबाट ४ अर्ब १२ करोड ३१ हजार ७४ रूपैयाँ संकलन गरेको छ । जबकि माघमा घरजग्गाबाट ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६ सय ४७ रूपैयाँ संकलन गरेको थियो ।
गत आर्थिक वर्षको फागुनमा संकलित राजस्व ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार ८१ रूपैयाँ थियो ।
उपत्यका भित्रको घरजग्गा कारोबारः
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ ।
भक्तपुरबाट ९ सय ८ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट २३ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, लगनखेलबाट ८ सय ४०, कलंकीबाट ६ सय २१ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको घरजग्गा कारोबारः
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट १८ सय ४७ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय, मनाङबाट ४ वटा लिखत पारित भएको छ ।
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । फागुनमा लगनखेल मालपोतबाट सबैभन्दा धेरै ३८ करोड २८ लाख २ हजार ६ सय ८८ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।
यस्तै, भक्तपुरबाट २५ करोड ८७ लाख २५ हजार ७ सय ९२, डिल्लिबजारबाट २५ करोड ८१ लाख ६७ हजार ९ सय ७८, कलंकीबाट २२ करोड ६० लाख ९९ हजार ६ सय ५४ र चाबहिलबाट २१ करोड ६८ लाख ५२ हजार ८ सय ५६ रुपैयाँ राजस्व संकलन भएको छ ।
उपत्यकाबाहिरका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं |
मालपोत कार्यालय |
लिखत पारित |
राजस्व संकलन (रुपैयाँमा) |
१. |
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी |
१८४७ |
१३ करोड ७ लाख ६० हजार ७ सय ८ |
२. |
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा |
१७१२ |
९ करोड ६२ लाख ७८ हजार ८ सय १२ |
३. |
मालपोत कार्यालय बेलवारी, मोरङ |
१५७५ |
५ करोड ६६ लाख २२ हजार ५ सय २ |
४. |
भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा |
१५४९ |
५ करोड ६३ लाख ३४ हजार ७ सय ८१ |
५. |
भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी |
११८७ |
२ करोड ७५ लाख ७० हजार ७ सय २६ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं |
मालपोत कार्यालय |
लिखत पारित |
राजस्व संकलन |
१. |
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर |
९०८ |
२५ करोड ८७ लाख २५ हजार ७ सय ९२ |
२. |
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर |
८४० |
३८ करोड २८ लाख २ हजार ६ सय ८८ |
३. |
मालपोत कार्यालय कलंकी, काठमाडौं |
६२१ |
२२ करोड ६० लाख ९९ हजार ६ सय ५४ |
४. |
मालपोत कार्यालय साँखु, काठमाडौं |
४६८ |
१० करोड ४६ लाख ८३ हजार ८ सय ७९ |
५. |
मालपोत कार्यालय चावहिल, काठमाडौं |
४६७ |
२१ करोड ६८ लाख ५२ हजार ८ सय ५६ |
६. |
मालपोत कार्यालय मनमैजु, काठमाडौं |
२५२ |
७ करोड ७९ लाख ९० हजार ८ सय ३८ |
७. |
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं |
१६० |
२५ करोड ८१ लाख ६७ हजार ९ सय ७८ |
८. |
मालपोत कार्यालय टोखा, काठमाडौं |
१५१ |
५ करोड ३२ लाख ५७ हजार ३ सय १७ |
९. |
मालपोत कार्यालय गोटीखेल, ललितपुर |
२३ |
६ लाख ४८ हजार ८ सय ७२ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।