News

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि, पुसमा मात्रै ४ अर्ब २५ राजस्व संकलन

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पुष महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । यससँगै सरकारले घरजग्गा कारोबारबाट संकलन हुने राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ ।

पुषमा देशभरबाट ४८ हजार १५६ लिखत पारित भएको छ । यो अघिल्लो महिनाको तुलनामा करिब ९ प्रतिशतले बढी हो । मंसिरमा देशभरबाट ४३ हजार ३७९ मात्रै थियो । त्यस्तै  गत वर्षको पुषमा ४५ हजार दुई सय ७५ संख्यामा घरजग्गाको लिखत पारित भएको थियो ।

पुषमा कारोबार बढेसँगै राजस्व समेत वृद्धि भएको छ । पुषमा ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७ सय १६ संकलन भएको छ । मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ संकलन भएको थियो । गत आर्थिक वर्षमा संकलित राजस्व ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५ सय ३० थियो ।

उपत्यका भित्रको घरजग्गा कारोबारः

उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ । 

भक्तपुरबाट ९ सय ४३ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट २२ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, लगनखेलबाट ८ सय १४, कलंकीबाट ५ सय ९४ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिरको घरजग्गा कारोबारः

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट १८ सय ६७ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय, मनाङबाट ३ वटा लिखत पारित भएको छ ।

राजस्व संकलनको अवस्थाः

राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । पुसमा लगनखेल मालपोतबाट सबैभन्दा धेरै ४० करोड ९४ लाख ४२ हजार ७ सय ३२ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।

यस्तै, भक्तपुरबाट २९ करोड ७६ लाख १३ हजार २ सय ७१, चाबहिलबाट २२ करोड ९३ लाख ८० हजार ३ सय ६७,

कलंकीबाट २१ करोड ९३ लाख ७१ हजार ७ सय ९२, र डिल्लिबजारबाट २१ करोड ९० लाख ९९ हजार ६ सय ८५ रुपैयाँ राजस्व संकलन भएको छ ।

उपत्यकाबाहिरका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं मालपोत कार्यालय लिखत पारित राजस्व संकलन
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी १८६७ १० करोड ९३ लाख ७४ हजार २ सय ५७
२. मालपोत कार्यालय बेलवारी, मोरङ १६३२ ७ करोड ३३ लाख ६२ हजार ५ सय ९३
३. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १६२३ ६ करोड ४५ लाख ७२ हजार ९ सय ४५
४. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा १५३४ ५ करोड १९ लाख ५७ हजार ४ सय ४
५. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १२८५ २ करोड ६८ लाख ६० हजार ३ सय ४९

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं मालपोत कार्यालय लिखत पारित राजस्व संकलन
१. भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर ९४३ २९ करोड ७६ लाख १३ हजार २ सय ७१
२. भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर ८१४ ४० करोड ९४ लाख ४२ हजार ७ सय ३२ रुपैयाँ
३. मालपोत कार्यालय कलंकी, काठमाडौं  ५९४ २१ करोड ९३ लाख ७१ हजार ७ सय ९२
४. मालपोत कार्यालय साँखु, काठमाडौं  ४४९ १० करोड ३२ लाख ५९ हजार ६ सय २२
५. मालपोत कार्यालय चावहिल, काठमाडौं  ४३० २२ करोड ९३ लाख ८० हजार ३ सय ६७
६. मालपोत कार्यालय मनमैजु, काठमाडौं  २५८ ६ करोड ६८ लाख २९ हजार ५ सय ६१
७. भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं  २००

२१ करोड ९० लाख ९९ हजार ६ सय ८५ रुपैयाँ
८. मालपोत कार्यालय टोखा, काठमाडौं  १७९ ६ करोड ७७ लाख ३४ हजार ६ सय ९७
९. मालपोत कार्यालय गोटीखेल, ललितपुर २२ २ लाख ८९ हजार ८४

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It