काठमाडौं । पछिल्लो समय पुरानो नेवार गाँउ ‘मनमैंजु’ बसोबासका लागि धेरैले रुचाएको क्षेत्र हो । उपत्यकाको उत्तरपश्चिमी भेगमा अवस्थित यस क्षेत्रमा स्थानिय नेवारहरू र देशका विभिन्न पहाडी भेगबाट आएका मानिसहरूको बाहुल्यता छ ।
धादिङ, नुवाकोट, रसुवा लगायतका पहाडी भेगबाट बसाईं सरेर आउनेहरू धेरै छन् । पेसागत रुपमा हेर्दा यस क्षेत्रमा इन्जिनियर, वकिलजस्ता पेशागत पृष्ठभूमि भएका बासिन्दा छन् । बसाइसराइको परिपाटी विकसित भइरहेको अवस्थामा रिङरोड नजिकै भएका कारण पनि यस क्षेत्रमा मानिसको चहलपहल बढि नै छ । यस्तै विविध कारणले यस क्षेत्रमा जग्गाको मूल्य वृद्धि गराउनमा विशेष भूमिका खेलेको छ ।
भूकम्प र नाकाबन्दी अघिसम्म खासै चहलपहल नहुने उपत्यका बाहिरका काठ क्षेत्र भूकम्प र नाकाबन्दीपछि आवासीय क्षेत्रको रुपमा विकास भएको छ । २०५२/५३ सालदेखि मनमैंजु क्षेत्रमा बस्ति विकास हुन थालेको फुटुङ निवासी ८० वर्षिय हर्षनारायण महर्जनले बताए । उनले भने ‘वि.सं २०११ सालमा मनमैजु क्षेत्र खेतियोग्य हिलाम्य क्षेत्र थियो । सडकहरू सागुँरा थिए । मानिसहरू खेतिकिसानीमा नै अवद्ध थिए । तर २०५२/५३ पछि मानिसहरू वैदेशिक रोजगारमा जाने प्रचलन भित्रियो । पहाडी क्षेत्रबाट उपत्यका भित्रिने मानिसको संख्या वृद्धि हुन थाल्यो ।’
भूकम्प र नाकाबन्दी पछि यहाँको जग्गाको मूल्यमा २५ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । महर्जनका अनुसार २०४६ सालमा उनले २ रोपनी (१६ आना बराबर १ रोपनी) जग्गा ३५ हजारमा खरिद गरेको बताए । हाल यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ३५ देखि ४० लाख पर्न जान्छ ।
आर्थिक वर्ष २०७२/२०७३ मा सरकारले निर्धारण गरेको मनमैजु क्षेत्रका जग्गाको न्युनतम मुल्यहरू (तालिका सहित)
मनमैजु (१ र ९ मात्र) |
||
क्र.सं. |
जग्गाको प्रकति |
मूल्य प्रति आना (रुपैयाँमा) |
१ |
पिच सडकसँग जोडिएको |
७ लाख |
२ |
कच्ची मोटरबाटो भएको |
६ लाख |
३ |
गोरेटो बाटोसँग जोडिएको |
४ लाख |
४ |
बाटो नभएको |
२ लाख |
मनमैजु (१ र ९बाहेक) |
||
क्र.सं. |
जग्गाको प्रकृति |
मूल्य प्रति आना (रुपैयाँमा) |
१ |
पिचसडकसँग जोडिएको |
६ लाख |
२ |
कच्ची मोटरबाटो भएको |
४ लाख ५० हजार |
३ |
गोरेटो बाटोसँग जोडिएको |
२ लाख ५० हजार |
४ |
बाटो नभएको |
१ लाख |
आर्थिक वर्ष २०८१/२०८२ मा सरकारले निर्धारण गरेको मनमैजु क्षेत्रका जग्गाको न्युनतम मुल्यहरू (तालिका सहित)
क्र.सं. |
जग्गाको प्रकृति (वर्ग ‘क’) |
मूल्य प्रति आना (रुपैयाँमा) |
१. |
भित्री पक्की मोटरबाटो |
१६ लाख ५० हजार |
२. |
कच्ची मोटरबाटो |
११ लाख ५० हजार |
३. |
गोरेटो बाटो |
९ लाख ५० हजार |
४. |
बाटो नभएको |
४ लाख ५० हजार |
साविक मनमैजु गा. वि.स का सबै वडाहरू
क्र.सं. |
जग्गाको प्रकृति (वर्ग ‘ख’) |
मूल्य प्रति आना (रुपैयाँमा) |
१. |
भित्री पक्की मोटरबाटो |
१३ लाख ५० हजार |
२. |
कच्ची मोटरबाटो |
१० लाख ५० हजार |
३. |
गोरेटो बाटो |
८ लाख |
४. |
बाटो नभएको |
४ लाख |
क्र.सं. |
जग्गाको प्रकृति (वर्ग ‘ग’) |
मूल्य प्रति आना (रुपैयाँमा) |
१. |
भित्री पक्की मोटरबाटो |
११ लाख ५० हजार |
२. |
कच्ची मोटरबाटो |
१० लाख |
३. |
गोरेटो बाटो |
६ लाख ५० हजार |
४. |
बाटो नभएको |
३ लाख ५० हजार |
क्र.सं. |
जग्गाको प्रकृति (वर्ग ‘घ’) |
मूल्य प्रति आना (रुपैयाँमा) |
१. |
भित्री पक्की मोटरबाटो |
१० लाख |
२. |
कच्ची मोटरबाटो |
९ लाख |
३. |
गोरेटो बाटो |
४ लाख ५० हजार |
४. |
बाटो नभएको |
३ लाख |
क्रम.सं. |
जग्गाको प्रकृति (वर्ग ‘घ’) |
मूल्य प्रति आना (रुपैयाँमा) |
१. |
भित्री पक्की मोटरबाटो |
९ लाख ५० हजार |
२. |
कच्ची मोटरबाटो |
९ लाख |
३. |
गोरेटो बाटो |
४ लाख |
४. |
बाटो नभएको |
२ लाख ५० हजार |
उत्तरमा फुटुङ, पश्चिममा गोलढुङ्गा, दक्षिणमा बालाजु र पूर्वमा गोङ्गबुले घेरिएको मनमैजूमा नेपालको नवौँ राष्ट्रिय जनगणना २०४८ अनुसार यस क्षेत्रमा ८५३ घरपरिवारमा ४५ सय ९० जना मानिसको बसोबास थियो । त्यस यता यहाँको जनसंख्या दिन प्रतिदिन बढ्दो अवस्थामा छ । त्यस्तै एघारौँ राष्ट्रिय जनगणना २०६८ मा यहाँ १० हजार ९ सय ४९ घरधुरी रहेको थियो ।
धार्मिक र ऐतिहासिक महत्वः
यस क्षेत्रको नाम धार्मिक र ऐतिहासिक महत्व बोकेको मनमैंजु देवीको मन्दिरबाट आएको हो । एक ऐतिहासिक किंवदन्ती अनुसार लिच्छविकालमा राजा गुण कामदेव एक दिन नागार्जुन डाँडा (बालाजु रानीवन) मा सिकारका क्रममा त्यहीँ बास बसेको र राती मनमैजु देवी (अजिमा; ईन्द्रायणी) प्रकट भई चैत्र शुक्ल पूर्णिमाका दिन पुजा अर्चना गरी जात्रा चलाएमा मनोकांक्षा पूरा हुने भनी सपना देखेछन् ।
भोलिपल्ट बिहान अग्लो स्थानबाट चारैतिर हेर्दा पानीको दह भएको, काँडाहरूको झ्याङैझ्याङ बिच एउटा मन्दिर र स-साना वस्तीहरू देखेपछि गुणकाम देवले उक्त मन्दिरसम्म पुग्ने बाटो निर्माण गरी त्यहाँको स्थानीयवासीलाई जागृत गराई ईन्द्रायणीको नित्य पुजा अर्चना सहित चार दिनसम्म जात्रा गरी पाँचौँ दिनमा ईन्द्रायणी देवीको चिनो स्वरुप छोडिएको हिरामोतीले जडिएको भोटो देखाउँदा गुण कामदेव र स्थानीय वासीको मनको आकाङक्षा पुरा भएकोले त्यस समयदेखी नै मनमैंजु देवी नामबाटै यस गाँउको नाम मनमैजु रहन गएको मानिन्छ ।
मनमैजुलाई नेपाल भाषीहरू फुसिखः, खुसिखः, मदनपुर पनि भन्ने गर्छन् । नेपाल भाषामा “फुसे” भनेको फेदी र “खः” भनेको चौर वा खेल्ने ठाँउ बुझिन्छ । यी दुबै शब्दको मेलबाट फुसिखः बनेको हो, जस अर्थ डाँडाको फेदीमा रहेको गाँउ हो । त्यसरी नै “खुसी” खोला र “खः” खेल्ने ठाँउ मली खुसिंखः बनेको हो । यसको अर्थ खोला खेल्ने ठाँउ हो । मनमैजुलाई पश्चिम र दक्षिणमा महादेव खोला र पूर्वमा साङ्गले खोलाले घेरेको हुनाले खुसिखः भनिएको हुनुपर्छ भन्ने किम्बदन्ती पनि छ ।
बसोबासमा बाहुल्यताः
मनमैजु बसोबासको हिसाबले सर्वाधिक रुचाइएको क्षेत्र हो । रिङरोडबाट नजिकै भएकाले पनि यस क्षेत्रमा मानिसको आकर्षण बढेको हो । प्राचीन नेवारी बस्तिको रुपमा परिचित यस क्षेत्रमा महर्जन उपजातीको बाहुल्यता रहेको पाइन्छ । यसबाहेक यहाँ मास्के, शाक्य, महर्जन, श्रेष्ठ र अन्य जातजाती, धर्मिक सम्प्रदायका मानिसहरूको बसोबास बढ्दो छ । कालक्रम परिवर्तनसँगै मनमैजू क्षेत्र भरिभराउ भएको छ । खेतिपातीका लागि प्रयोग हुने जमिनमा अग्ला अग्ला कङ्क्रिटका संरचनाहरू निर्माण भएका छन् ।
घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।