Lifestyle

के हो ‘घर लिफ्टिङ’ ? यसरी सुरु भएको थियो बनिसकेको घरलाई उचाल्ने चलन प्रविधि

Pinterest LinkedIn Tumblr

काठमाडौंपछिल्लो समय तराई क्षेत्रमा घर लिफ्टिङ गरेर घरलाई माथि उठाउने प्रवृत्ति बढ्दो छ । सडक नजिक पर्ने तथा डुबान र बाढीको समस्या भएका घरहरूमा हुने संरचनागत क्षति कम गर्न यो प्रविधिको प्रयोग बढेको हो । 

विशेषगरी तराइका विराटनगर, जनकपुर, वीरगञ्ज लगायतका शहरहरूमा यो प्रविधिको प्रयोग भइरहेको छ । नेपालमा हालसम्म यो प्रविधिबाट करिब १५० भन्दा बढी घरहरू उठाउने र सार्ने कार्य भइसकेको छ ।

के हो घर लिफ्टिङ ?

घर लिफ्टिङ भनेको घरको सम्पूर्ण संरचनालाई सुरक्षित रूपमा समान उचाइमा उठाउने प्रक्रिया हो । घर लिफ्टिङ गर्दा भवनको तलको भागलाई नष्ट नगरी संरचनालाई सोझै उठाइन्छ । जसबाट भवनको फाउन्डेसन मर्मत वा सुधार गर्न सहज हुन्छ ।

यो पनि पढ्नुहोस्ः 

घर लिफ्टिङको थालनीः

घर लिफ्टिङको अवधारणा सर्वप्रथम १८५०/६० को दशकमा संयुक्त राज्य अमेरिकाको शिकागोबाट आएको हो । त्यतिबेला  शिकागो शहर बाढी र जलनिकासको समस्याबाट ग्रस्त थियो । जलनिकास समस्याका कारण बाढीको जोखिम बढेपछि जेम्स बोगार्डस र जोन बी. जेर्विस जस्ता इन्जिनियरहरूले भवनको तल्लो संरचनालाई सुरक्षित रूपमा उठाएर जलनिकास प्रणाली सुधार्ने योजना बनाए । सोही अनुरूप यो प्रविधि विकास भयो । यसरी लिफ्ट गरिएका ठूला भवनहरूमा ब्रिग्स हाउस होटल र द ट्रेमन्ट हाउस प्रमुख थिए । शिकागोमा सफल प्रयासपछि यो प्रविधि विश्वभरका बाढी प्रभावित क्षेत्रहरूमा बिस्तार हुँदै गयो । १९६० को दशकमा यो प्रविधिले आधुनिक रूपमै व्यावसायिक रूप लिन थाल्यो ।  

House-Lifting

कसरी गरिन्छ ?

घर लिफ्टिङ गर्नुअघि भवनको अवस्थाको जाँच गरि भवन लिफ्टिङका लागि उचित छ/छैन भन्ने यकिन गरिन्छ । यदि घर लिफ्टिङका लागि उचित ठहरिएमा लिफ्टिङ प्रकृया अघि बढ्छ । जसका लागि घरको चारैतिर खनेर अस्थाई सपोर्ट राखिन्छ । सपोर्टका लागि विशेष खालको हाइड्रोलिक ज्याकको प्रयोग गरिन्छ । यो ज्याकले घरलाई स्थिर राख्न र बिस्तारै घरलाई उठाउन मद्दत मिल्छ ।

House-Lifting

घर लिफ्टिङ गर्दा घरको बेसमेन्टमा हाइड्रोलिक ज्याक प्रयोग गरी सावधानीपूर्वक उठाइन्छ । र नयाँ जग निर्माण गरी घरलाई सोही स्थानमा पुनः स्थापित गरिन्छ । यो प्रविधि घर पुनःनिर्माणको तुलनामा  सस्तो हुने भएकोले धेरै प्रभावकारी मानिन्छ । नेपालमा मुख्यतया भारतीय प्राविधिकहरूसँग मिलेर यो कार्य भइरहेको छ । यो प्रविधि नेपालमा हालैका वर्षहरूमा मात्र प्रयोगमा आएको हो​ । 

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It