Lifestyle

प्लास्टर किन चर्किन्छ, चर्किन नदिन के गर्ने?

Pinterest LinkedIn Tumblr

काठमाडौं नयाँ होस् वा पुराना, घरहरूमा स-साना चिरा र चर्किने समस्या देखिनु नौलो कुरा होइन । स-साना चिराहरू हानिकारक नभएपनि घरको सुन्दरतालाई भने अवश्य बिगार्छन् । तर निर्माणका बेला थोरै सावधानी अपनाइयो भने यसबाट छुटकारा पाउन सकिन्छ ।

इन्जिनियरिङको भाषामा घर चर्काइको स्वरुपलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छः संरचनात्मक र गैरसंरचनात्मक । संरचनात्मक चर्काइ 3 mm देखि 8 mm सम्म वा सो भन्दा ठुलो हुनसक्छ । यस्तो चर्काइ आद्रता (moisture Change) परिवर्तन, संकुचन, कमजोर निर्माण सामग्री, गलत डिजाइन, खराब निर्माणशैलि वा अधिक भारको कारण हुन्छ । यी कारणहरू मध्ये पनि सही क्रंकिटको प्रयोगको अभावमा धेरै जसो घर चर्किने गरेको देखिन्छ ।

क्रंकिट भनेको सिमेन्ट, बालुवा गिट्टी, रडको उचित मिश्रण हो । तर यो मिश्रण तयार गर्दा गुणस्तरहीन सामग्रीको प्रयोग भएमा वा उचित अनुपातमा तयार नगरिँदा क्रंकिट बलियो बन्दैन । क्रंकिट बलियो नहुँदा कालान्तरमा त्यसभित्र पानी र अन्य रसायनहरू सजिलै पस्ने हुँदा त्यसको भारबहन क्षमतामा ह्रास आउने र मसिना प्वाल तथा चर्केको देखिन थाल्छ ।

hairline-plaster-crack

गैरसंरचनात्मक चर्काइ भवन निर्माण सामाग्रीहरूमा उत्पन्न हुने आन्तरिक कारणले गर्दा आउँछ । यस्तो चर्काइलाई हेयरलाइन crack पनि भनिन्छ । यस्तो crack 3 mm भन्दा कम हुन्छ । यस्तो crack चिल्लो सतहहरूमा मात्र देखिन्छ । यी crack सामान्यतया सुरक्षाको दृष्टिकोणबाट खतरापूर्ण हुँदैनन् तर हेर्दा भने असहज देखिने खालका हुन्छन् । सुरुवातमै यस्ता स-साना प्वाल र चर्काइले खासै असर गर्दैन । तर समयक्रमसँगै तापमानमा भिन्नता, मौसम र भारको अवस्थामा आएको परिवर्तनका कारण बढ्ने जान्छन् र चर्केको स्पष्टसँग देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस्ः  ढलान र वालमा नियमित क्युरिङ नगर्दा के हुन्छ ? यस्ता छन्, जान्नै पर्ने कुराहरू

चर्किन नदिन के गर्ने ?

१. इँटाको लेवल

प्लास्टर चर्किनुको मुख्य कारण इँटाको लेवल नमिल्नु हो । प्लास्टरले इँटाको लेवल नमिलेको भागलाई छोप्ने गरिन्छ । जसकारण प्लास्टरको लेवल बाक्लो हुन जान्छ । र प्लास्टर उप्किन सक्छ । 

wall-levaling

२. फाइवर मेसको प्रयोग

पर्खाल र वालको जोडाइ भएको स्थानमा सामान्य तरिकाले प्लास्टर गर्दा पछि त्यहाँ चर्किने सम्भावना ज्यादा हुन्छ । यो समस्याबाट समाधान पाउन त्यस्तो जोडाइमा फाइवर मेसको प्रयोग गर्नुपर्छ । त्यस्तै वायरिङको लागी पाइप राखिएको स्थानमा पनि चर्किने सम्भावना ज्यादा हुन्छ। त्यसको माथि पनि फाइवर मेस राखेर प्लास्टर गर्दा भित्ता चर्किने समस्याबाट बच्न सकिन्छ ।

using fiber mesh on plaster

३.प्लास्टर गर्दा ध्यान दिने

ढलान र प्लास्टरमा प्लास्टरमा छुट्टाछुट्टै सिमेन्टको प्रयोग हुन्छ । त्यसैले प्लास्टरमा पिपिसी सिमेन्ट मात्र प्रयोग गर्नुपर्छ । त्यस्तै मसलामा प्रयोग हुने सिमेन्ट बालुवा मात्र नभइ पानी पनि सफा हुनुपर्छ । बालुवा र पानीमा माटो मिसिएको हुनु हुँदैन । बालुवा धेरै मसिनो पनि हुनु हुँदैन । त्यस्तै प्लास्टर गरिने भित्ता राम्ररी क्युरिङ अर्थात् भिजाइएको हुनुपर्छ ।

गारो लगाउन पनि बलियो र गुणस्तरिय इँटाको प्रयोग गर्नुपर्छ । इँटा ठोक्याउँदा फलामले हानेको जस्तो सुख्खा आवाज निस्कनुपर्छ । यस्तो इँटालाई गुणस्तरीय इँटा मानिन्छ ।

यो पनि पढ्नुहोस्ः बलियो घर बनाउन ‘सिमेन्ट, बालुवा, इँट्टा तथा गिट्टी’ कसरी छान्ने ?

इँटालाई प्रयोग गर्नुअघि भिजाएर सही अनुपात मसला राखेर वाल लगाउँदा बलियो हुन्छ । राम्रोसँग भिजेपछि मसलासँग इँटा राम्ररी जोडिन्छ । 

plaster

कंक्रिट सतहमा प्लास्टर गर्दा सुरूमा ह्याकिङ गर्नुपर्छ । ढलानको सतहमा प्लास्टर राम्ररी बसोस् बनेर बनाइने ससाना खाल्डोलाइ ह्याकिङ भनिन्छ । चिल्लो सतहमा प्लास्टर गर्नु हुँदैन । प्लास्टर राम्रो बस्दैन । त्यस्तै प्लास्टर गर्न राम्रो गुणस्तरको बालुवा चाहिन्छ । र प्लास्टरमा पिपिसी सिमेन्ट मात्र प्रयोग गर्नुपर्छ ।

४. क्युरिङ गर्ने

प्लास्टर गर्नु पहिले वाललाई राम्रोसँग पानीले भिजाउनु पर्छ । भिजेको इँटामा सिमेन्ट बालुवाको मिश्रणले राम्रो मजबुती पाउँछ । इँटाले पानी साेस्न छोडेपछि मात्र प्लास्टर गर्नुपर्छ । प्लास्टर गरिसकेपछि ७ देखि १० दिनसम्म दिनको ३ पटक क्युरिङ अर्थात पानी हाल्नु पर्छ । पानीले भिजाइराख्नाले सिमेन्टले राम्रोसँग मजबुती पाउँछ । र पछि चर्किने सम्भावना पनि कम हुन्छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It