काठमाडौं । साउन महिनामा घरजग्गा कारोबारमा पुनः गिरावट देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार साउनमा देशभर ४३ हजार ८ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ । जबकि असारमा देशभरका मालपोत कार्यालयबाट ४६ हजार १ सय ७९ संख्यामा घरजग्गाको लिखत पारितभएको थियो ।
कहाँ, कति भयो किनबेच ?
काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट ६ सय ५४ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम टोखा मालपोत कार्यलयबाट १ सय ७१ छ ।
त्यसैगरी, भक्तपुरबाट ८ सय ३० को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ । मालपोत कार्यालय लगनखेलबाट ९ सय ८ र मालपोत कार्यालय गोटीखेलबाट १३ वटा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट १९ सय ४ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम मालपोत कार्यालय, सिर्दिवासबाट १ संख्यामा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको कारोबारको अवस्थाः
क्र. सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | १,९०४ | ९ करोड २१ लाख ८८ हजार १ सय ३१ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | १,६०८ | ३ करोड १४ लाख ३५ हजार १ सय २२ |
३. | मालपोत कार्यालय बेलवारी, मोरङ | १,५२० | ५ करोड ६२ लाख ९२ हजार ८ सय २५ |
४. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १,४६५ | ९ करोड १६ लाख ९० हजार १ सय ६६ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १,२१५ | ४ करोड ७९ लाख ४६ हजार ७ सय ५७ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
राजस्व संकलनको अवस्थाः
कारोबार घटेसँगै साउनमा राजस्व संकलनमा समेत गिरावट आएको छ । साउनमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५ राजस्व प्राप्त गरेको छ । गत असारमा ४ अर्ब ६१ करोड २५ लाख रूपैयाँ संकलन भएको थियो ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
असारमा सरकारले सेवाकर बापत देशभरबाट कुल २६ करोड ६८ लाख ७८ हजार ८ सय ५८ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब ५५ करोड १९ लाख ५१ हजार १ सय ९५ रुपैयाँ संकलन गरेको छ । र पुँजीगत लाभकरबाट १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार ८ सय ६६ रुपैयाँ संकलन गरेको छ ।
साउनमा उपत्यकाका मालपोत कार्यलयहरूले नै सबैभन्दा बढि राजस्व संकलन गरेका छन् ।
उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजश्व संकलनको अवस्थाः
क्र. सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | मालपोत कार्यालय कलंकी, काठमाडौं | ६५४ | २२ करोड २७ लाख ८ हजार ७ सय १ |
२. | मालपोत कार्यालय चावहिल, काठमाडौं | ४५३ | २२ करोड ४२ लाख ७७ हजार २ सय १६ |
३. | मालपोत कार्यालय साँखु, काठमाण्डौं | ४१४ | ८ करोड ९८ लाख ५१ हजार ३ सय ३५ |
४. | मालपोत कार्यालय मनमैजु, काठमण्डौं | २९४ | ९ करोड ५३ लाख ९५ हजार ४ सय ५० |
५. | भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौ | १८४ | २९ करोड ३९ लाख ६७ हजार १७ |
६. | मालपोत कार्यालय टोखा, काठमाण्डौं | १७१ | ५ करोड ४३ लाख ५८ हजार ७ सय २१ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
देशभरबाट सबैभन्दा धेरै राजस्व संकलन भएका मालपोतहरूः
क्र. सं | मालपोत कार्यालय | राजस्व संकलन |
१. | भू.मा.का लगनखेल, ललितपुर | ३४ करोड २७ लाख ४१ हजार ५ सय ४६ रुपैयाँ |
२. | भू.मा.का डिल्लीबजार, काठमाडौं | २९ करोड ३९ लाख ६७ हजार १७ रुपैयाँ |
३. | भू.मा.का भक्तपुर | २३ करोड ३७ लाख २२ हजार ४ सय २७ रुपैयाँ |
४. | मालपोत कार्यालय चावहिल, काठमाडौं | २२ करोड ४२ लाख ७७ हजार २ सय १६ रुपैयाँ |
५. | भू.मा.का कलंकी, काठमाडौं | २२ करोड २७ लाख ८ हजार ७ सय १ रुपैयाँ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।