Lifestyle

भाडाको कोठा, होस्टल र अपार्टमेन्टमध्ये कुनमा बस्नु राम्रो ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । शहरी क्षेत्रको बसाइ अधिकांश मानिसको सपना र कतिपयको बाध्यता हो । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअुसार विभिन्न शिलशिलामा शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ६६ दशमलब ०८ प्रतिशत रहेको छ । यसमा कूल परिवार संख्या मध्येबाट १२.८ प्रतिशत परिवार भाडाको घरमा बस्छन् । 

हिजोआज मानिसको अस्थायी शहर बसाइलाई सहज र सुविधाजनक र कम खर्चिलो बनाउने थुप्रै विकल्पहरू छन् । एकल कोठा, होस्टल र साना अपार्टमेन्ट लगायत समसामयिक बसाइका विकल्प हुन् । यी मध्ये कुन उपाय धेरै फाइदाजनक हुन्छ भन्ने विषयमा छलफल गरौँ । 

एकल कोठाः

काठमाडौंको सन्दर्भमा कुरा गर्नुपर्दा अधिकांश निम्न वर्गीय परिवार र एक वा दुईजना मात्र भएको खण्डमा एकल कोठा भाडामा लिएर बस्दछन् । यस्तो बसाइ सुविधाका हिसाबले धेरै सम्झौता गर्नुपर्ने हुन्छ । पर्याप्त ठाउँ नहुने र सफासुग्घरमा पनि सास्ती हुने गर्छ । यद्यपि थोरै कमाइ भएको खण्डमा यस्ता समस्यालाई नजरअन्दाज गर्नुपर्ने बाध्यता नै हुन्छ । काठमाडौंमा सामान्यतया ५ हजारदेखि १० हजारसम्मको मासिक भाडामा एउटा कोठा पाइन्छ । जसमा पानी, बत्ति र फोहोरको पैसा छुट्टै लाग्ने पनि हुनसक्छ । र थप नियमित उपभोग्य सामग्री जुटाउन लाग्ने खर्च औसतमा ७ देखि १० हजार खर्च लाग्छ । यसरी हेर्दा एकजना व्यक्तिलाई उपत्यकामा बस्न न्यूनतम १५ हजार देखि २० हजार खर्च लाग्न सक्छ । 

होस्टेलः

एकल कोठा लिएर एक्लै बस्दाको अनुभव झन्झटिलो नै हुन्छ, र तुलनात्मक रुपमा बढि खर्चिलो पनि । यस्तोमा विद्यार्थीका लागि उपयुक्त अस्थायी बसाइको विकल्प नै होस्टेल हो । होस्टेलमा कम खर्चमा आनन्दले खान, बस्न, र पढ्न पाउने व्यवस्था हुन्छ । उपत्यकामा स्थान र सेवासुविधा अनुसार मासिक ९ देखि १५ हजारसम्ममा सुविधायुक्त होस्टलहरू उपलब्ध छन् । होस्टेलमा यसबाहेक कुनै अनावश्यक खर्च पनि हुँदैन । 

अपार्टमेन्टः

स्तरीय र सबैजसो सेवासुविधा युक्त सहज बसाई चाहनेहरू अपार्टमेन्ट भाडामा लिएर बस्न रुचाउँछन् । अपार्टमेन्टमा बस्दा जीम, स्वीमिङ पुल, खेल मैदान, खुला ठाउँ, प्रशस्त पार्किङ लगायत सुविधाहरू पनि उपभोग गर्न पाइन्छ । तर, अपार्टमेन्टमा जति धेरै सुविधाहरू उपलब्ध हुन्छन्, त्यति धेरै भाडा बुझाउनुपर्ने हुन्छ । उपत्यकामा 1 BHK अपार्टमेन्टको मूल्य स्थान, तला र सेवासुविधाका आधारमा २० देखि ४० हजारसम्म पर्छ । यसबाहेक कम्युनिटी सर्भिस चार्ज प्रति वर्गफिट २ रुपैयाँदेखि ५ रुपैयाँसम्म थप हुन्छ । र थप नियमित उपभोग्य सामग्री जुटाउन लाग्ने खर्च औसतमा ७ देखि १० हजार खर्च लाग्छ । यसरी हेर्दा एकजना व्यक्तिलाई अपार्टमेन्टमा बस्न न्यूनतम ५० हजार खर्च लाग्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It