Finance

अब घरजग्गा किन्दा आम्दानीको ७०% सम्म ऋण लिन पाइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । राष्ट्र बैंकले घरजग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचिलो नीति लिएको छ ।

शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंकले घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टू ग्रस इनकम रेसियो) लाई सहजीकरण गरेको हो । 

यो व्यवस्था लागू भएपछि ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । यसअघि आम्दानीको ५० प्रतिशतसम्म मात्रै त्यसरी भुक्तानी गर्न पाइने व्यवस्था थियो ।

‘घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

राष्ट्र बैंकको यस व्यवस्थापश्चात बैंकिङ प्रणालीबाट २ करोड रुपैयाँसम्मको घर जग्गा खरिद बढ्ने देखिएको छ । यस व्यवस्थाले राम्रो आम्दानी भएकाहरूका लागि घरजग्गा खरिद सहज भएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It