News

हाउजिङको अभावमा पोर्चुगलले ‘गोल्डेन भिसा’ बन्द गर्यो

Pinterest LinkedIn Tumblr

काठमाडौं । पोर्चुगलले आफ्नो विवादास्पद ‘गोल्डेन भिसा’ कार्यक्रमको अन्त्यको घोषणा गरेको छ । अत्यधिक मूल्य वृद्धि र हाउजिङ क्षेत्रमा संकट देखिएपछि विदेशी लगानीकर्तालाई रेसिडेन्सी अनुमति दिने भिसा कार्यक्रम रद्द गरिएको हो । 

कार्यक्रम अन्त्य गर्ने निर्णयको घोषणा गर्दै राज्य र अर्थमन्त्री पेड्रो सिजा भिइराले हाउजिङ मार्केटको दिगोपन सुनिश्चित गर्न र पोर्चुगलका नागरिकको लागि अफोर्डेवल हाउजिङ प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको दावी गरे । 

पोर्चुगलमा गोल्डेन भिसा कार्यक्रम सन् २०१२ देखि लागू भएको थियो । चीन, ब्राजिल र रुस जस्ता देशका धनी लगानीकर्तामाझ लोकप्रिय सो कार्यक्रमले पर्यटन क्षेत्रहरूमा सम्पत्तिको मूल्य वृद्धिलाई प्रोत्साहन गरेको विज्ञहरू बताउँछन् । जसले स्थानीय बासिन्दाहरूलाई ‘अफोर्डेवल हाउजिङ’ पाउन मुस्किल बनाएको छ ।

नयाँ नियमहरू अन्तर्गत, लगानीकर्ताले अझै पनि व्यवसायमा लगानी गरेर वा पोर्चुगलमा रोजगारी सिर्जना गरेर रेसिडेन्सी अनुमतिहरू प्राप्त गर्न सक्नेछन् । यद्यपि, सम्पत्ति लगानी मात्रको विकल्प भने अब उपलब्ध हुनेछैन ।

गोल्डेन भिसा कार्यक्रम अन्त्य गर्न लामो समयदेखि आह्वान गर्दै आएका आवास अधिवक्ताहरूले यो कदमलाई स्वागत गरेका छन् । गोल्डेन भिसाले दुई-स्तरीय हाउजिङ मार्केटको सिर्जना गरेको थियो । जसले गर्दा स्थानीयहरूलाई लोकप्रिय क्षेत्रहरू भन्दा बाहिरको मूल्य र कम रुचाइएको स्थानमा बस्न बाध्य पारिएको उनीहरूको तर्क गर्दै आएका थिए ।

सरकारले सस्तो आवासको आपूर्ति बढाएर र गैरकानूनी तथा छोटो अवधिको भाडामा कडाइ गरी सङ्कटको समाधान गर्ने बताएको छ । यसरी गोल्डेन भिसा कार्यक्रमको अन्त्यलाई सकारात्मक कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It