News

६ अर्ब भन्दाबढि लगानी प्रतिबद्धतासहित १५ वटा उद्योग दर्ता हुँदा ठूला उद्योग दुईवटा मात्र

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनामा विभिन्न उद्योगले ६ अर्ब १२ करोड ९९ लाख २६ हजार रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागमा दर्ता भएका १५ वटा उद्योगले लगानी प्रतिबद्धता जनाएका हुन् । 

आठवटा साना, छवटा मध्यम र दुईवटा ठूला उद्योग गरी पुस महिनामा १५ वटा उद्योग दर्ता भएका छन् । जसमध्ये १ अर्ब ७६ करोड २९ लाख ८३ हजार रुपैयाँको संखुवासभा पावर डेभलेपमेन्ट प्रालि (सुपर सभाखोला ए जलविद्युत आयोजना) र १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ लगानीमा सुपर घलेम्दी हाइड्रो पावर प्रालि उद्योग दर्ता भएका छन् ।

दर्ता भएका उद्योगमध्ये ८ वटा उत्पादन क्षेत्रका उद्योग दर्ता भएका छन् । सेवा क्षेत्रका तीनवटा, जलविद्युत क्षेत्रका दुईवटा र एक/एक वटा उद्योग एग्रो एण्ड फरेष्ट्री र पर्यटन क्षेत्रका उद्योग दर्ता भएका छन् ।

साथै, पुस महिनामा वैदेशिक लगानीका ४ वटा उद्योग दर्ता भएका छन् । जसमा ८ करोड रुपैयाँको भैरवी इन्टरनेशनल कार्गो प्रालि, २ करोड लगानीमा जिन्दुओ ज्वेलरी इण्डष्ट्रि प्रालि, ५ करोड रुपैयाँको होस्ट इन्टरनेशनल होटल प्रालि र ५ करोड रुपैयाँ लगानीमा झुफेङ्ग यान्ये इन्जिनियरिङ प्रालि उद्योग दर्ता गरिएको छ ।

त्यसैगरी, १३ करोड रुपैयाँ लगानीसहित डिभाइन इण्डष्ट्रिज प्रालि उद्योग विभागमा दर्ता भएको छ । १५/१५ करोड रुपैयाँको लगानिमा ट्रान्स सिल्क टर्मिनल्स र गुरु शिवटेक्सटायल इण्डष्ट्रिज प्रालि, २५ करोड रुपैयाँमा मध्यपश्चित फिड इण्डष्ट्रिज प्रालि दर्ता भएका छन् । 

त्यसैगरी, ३ करोड १५ लाख रुपैयाँमा बाराही एग्रेगेट बालुवा प्रशोधन उद्योग र १७ करोड लगानीमा विजार्ड फ्रेग्रेन्स इण्डष्ट्रिज दर्ता भएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । 

४९ करोड २४ लाख रुपैयाँको सोना पोलिमर्स इण्डष्ट्रिज प्रालि दर्ता भएको छ भने ४९ करोड १३ लाख रुपैयाँ लगानीमा जयहरी एग्रो प्रालि दर्ता भएको छ । साथै ४३ करोड रुपैयाँ लगानीमा प्रेष्टिज भिनायल इण्डष्ट्रिज उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It