Lifestyle

धनतेरसमा यस्ता भाँडा किन्दा वर्षभरी सुखसमृद्धि र धनलाभ हुने, 

Pinterest LinkedIn Tumblr

काठमाडौं । तिहारको समय धातुजन्य सामग्रीको विशेष किनमेल हुन्छ । धनतेरस विशेषगरी नेपाल र भारतमा प्रचलित छ । सामान्यतया धनधान्यका लागि लक्ष्मी पूजाको दिनलाई विशेष महत्व दिइन्छ । यद्यपि तिहारका पाँचदिन भित्रै पर्ने ‘धनतेरस’लाई पनि आर्थिक समृद्धिका लागि गरिने पुजाको लागि विशेष दिन हो । धनतेरस, कार्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात् काग तिहारका दिन मनाइन्छ ।

नेपाल र भारतमा धनतेरसका दिन स्टिल, हान्डालियमबाट बनेका भाडाँकुडा र सुनचाँदीका गरगहना किनमेल गर्नु शुभ मानिन्छ । सो दिन चाँदी, काँसा र स्टिलका भाडाहरू साथै परम्परागत रूपमा प्रयाेग हुँदै आएका माटाका भाडाँहरू वा जुनसुकै भातुबाट बनेका भाडाहरू घरमा ल्याइन्छ । र उक्त भाडाँकुडाँमा स्वस्तिक वा ॐ बनाई अक्षता, फूल र द्रव्य चढाएर पुजा गरिसकेपछि मात्र प्रयोग गर्नुपर्ने मान्यता रहेको छ । 

धनतेरस

धनतेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगति प्राप्त हुने धार्मिक विश्वास छ ।

घरमा आर्थिक समस्या आइरहन्छ वा पैसा टिक्दैन भने धनतेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ । यसोगर्दा धनसँग सम्वन्धी समस्या हल हुने जनविश्वास छ । धनतेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको खाँचो हुदैन भन्ने गरिन्छ ।

धनतेरसमा के किन्ने ?

  • धातुका भाँडा (पानी सञ्चित गर्ने भाँडा अति शुभ मानिन्छ),
  • माटो वा फलामको दीयो,
  • धन यन्त्र,
  • घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा,
  • आर्थिक लाभका लागि पानीका भाडा,
  • कारोबारमा विस्तारका लागि धातुको दियो,
  • सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली,
  • स्वास्थ्य तथा आयुका लागि घण्टी
  • गणेश र लक्ष्मीको मूर्ति ।

धनतेरसमा गर्नु पर्ने कामहरूः

धनतेरसको दिन साँझमा एउटा दियो बालेर त्यसको नजिक एउटा कौडा राखिदिनुपर्छ । त्यो कौडालाई रातो कपडामा बेरेर पैसा राख्ने ठाउँमा राख्नुपर्छ । साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन-धान्यधिपतये धन-धान्यसमृद्धिममदेहीदापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ । त्यसो गर्दा घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने धार्मिक मान्यता छ । 

राती बिउहरूबाट अभिमन्त्रित गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाँधेर लक्ष्मी र कुवेरको पूजा गर्नुपर्छ । अभिमन्त्रित गरिएको अक्षतालाई धनसँग राख्नुपर्छ । यसो गर्नाले सबै आर्थिक रुपमा भएका सम्पूर्ण समस्याहरू कम हुन्छ भन्ने धार्मिक मान्यता छ ।

धनतेरसदेखि भाइटीकासम्म नित्य रात्रिमा ११ वटा कौडालाई रातो वस्त्रमा राखेर श्रीसूक्तको पाठ गर्नुपर्छ । भाइटीकापछि त्यसलाई धनसँग राख्नुपर्छ । यसो गर्दा लाभ हुन्छ भन्ने विश्वास छ ।

ज्योतिषशास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याएर त्यसलाई बैठक कोठामा राख्नुपर्छ । यसो गर्नाले तपाईंको रोकिएको काम पूरा हुन्छ भन्ने गरिन्छ । धनतेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर पर्समा राख्नाले जिन्दगीमा धेरै सफलता प्राप्त हुने जनविश्वास छ ।

धर्मशास्त्र र आयुर्वेदमा धनतरेसः

आयुर्वेदका जानकारहरूले यस दिनलाई भगवान धन्वन्तरीको जन्मोत्सवको रूपमा पनि मनाउँदछन् । एक पौराणिक कथामा उल्लेख भएअनुसार;समुद्रमन्थनका क्रममा हातमा अमृत भरिएको कलशसहित धन्वन्तरिको उत्पत्ति भएको थियो । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरि’ रहेको शास्त्रमा उल्लेख छ ।

हिन्दु धर्मशास्त्रमा धन्वन्तरीलाई भगवान विष्णुको अवतार मानिने हुँदा धनतेरसको विशेष महत्व छ । यस दिन चामल पिसेर त्यसमा बेसार मिसाइ घरको ढोकामा लगाउदा माता लक्ष्मीको आगमन हुने धार्मिक विश्वास छ । 

धनतेरस

धनतेरसको दिन श्री विष्णुलाई प्रसन्न पार्न विष्णु सहस्नानम पाठ गर्ने र नारायणको पुजा अर्चना गरि प्रसाद चढाउने गरिन्छ । धनतेरसमा किनिएका भाडाँकुडाँमा खीर बनाएर भोग अर्पण गर्दा परिवारका सदस्य स्वस्थ र दिर्घायू रहने धार्मिक विश्वास छ ।

धनतेरसको दिनदेखि मृत्यूका देवता मानिने यमराजलाई प्रसन्न पार्न यमपञ्चकको पाँच दिन लगातार यमदीप प्रज्वलन गरिन्छ । यसोगर्दा परिवारमा आइपर्ने अकाल मृत्युको सम्भावना टर्ने र  यमयातनाबाट छुटकारा पाइने विश्वास छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It